२०८२ जेष्ठ २०, मंगलवार १३:३२
२०८२ जेष्ठ २०, मंगलवार १३:३२
झापा। झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार जंगलभित्र रहेको फलामको बिजुलीको पोलमा हात्तीले धक्का दिएको कारण हाईटेन्सन लाइनबाट करेन्ट प्रवाह भई हात्तीको सुड र एक दाँत जलेको थियो। करेन्टले गम्भीर चोट लागेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो।