२०८२ असार ३२, बुधबार १२:११
२०८२ असार ३२, बुधबार १२:११
दार्चुला। दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेका छन्। नारायण बुढाथोकी दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइनमार्फत जाँदै गर्दा डोरी चुँडिएको थियो। उनीसँगै अन्य दुई जना स्थानीय पनि एकै पटक तुइन तरिरहेका थिए। डोरी चुँडिएपछि सँगै तरिरहेका दुई जना सकुशल रहे पनि नारायण भने महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। नेपालतर्फको दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा अवैध रूपमा तुइन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। बेपत्ता नारायणको खोजीकार्यका लागि मातहतका प्रहरी युनिटहरूलाई निर्देशन…