२०८३ बैशाख १०, बिहीबार २३:१०
२०८३ बैशाख १०, बिहीबार २३:१०
काठमाडौं,बैशाख १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उम्मेदवार छनोटलाई व्यवस्थित र पारदर्शी बनाउन विशेष समिति गठन गरिएको हो। समितिमा पार्टीका सह-महामन्त्री तथा संयोजक विपिनकुमार आचार्यसहित विभिन्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। समितिमा सचिव, सदस्य लगायतका पदाधिकारीहरू समेटिएका छन्। उम्मेदवार छनोटका लागि वडा, पालिका, जिल्ला र प्रदेश तहबाट सिफारिस संकलन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ। प्राप्त सिफारिसहरूको अध्ययन गरी अन्तिम उम्मेदवार टुंगो लगाइने जनाइएको छ। पार्टीले सबै तहका समितिहरूलाई निर्धारित समयसीमाभित्र…