Breaking News 1

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

राप्रपा हेटौंडा नगरको अधिवेशन भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही भोलि हेटौँडा उपमहानगरपालिकामा आउने भएका छन् । हेटौँडा उपमहानगरपालिकामा आयोजना हुन लागेको राप्रपा हेटौँडा उपमहानगरपालिकाको सातौं नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह हेटौँडा उपमहानगरपालिका आउने कार्यक्रम रहेको राप्रपा हेटौँडा नगरका अध्यक्ष अरुन लामाले जानकारी दिए। भोलि हेटौडा ४ स्थित बालकुमारी पार्टी प्यालेसमा राप्रपाको सातौँ नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला अध्यक्ष सागर थापाले जानकारी दिए।
Read More
कुलेखानी–कलंकी सडक २० दिन बन्द

कुलेखानी–कलंकी सडक २० दिन बन्द

मकवानपुर। कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज जेठ २ गतेदेखि २० गतेसम्म बन्द गरिएको छ। सडकमा कालोपत्रेको काम गर्नुपर्ने भएकाले सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यात्राका लागि कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।
Read More
६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरद्वारा ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै संगठनले उक्त अवसर पारि विद्यालय अनुगमन अभियान पनि उद्घाटन गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर २ मा श्री सीता माध्यमिक विद्यालय र श्री त्रिरत्न प्राथमिक विद्यालय गरि दुइवटा विद्यालय पर्दछन् । ठाडोखोला दोभान स्थित त्रिरत्न प्राथमिक विद्यालयमा गोगनघारी, सर्सिधाप, दोभान, मेलटोल, तीनतले, झुल्यान र घट्टेपाखाका विद्यार्थीहरु पड्न आउँछन् । संगठनका जिल्ला इन्चार्ज सुर्य सी, अध्यक्ष सुबास…
Read More
फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

पाँचथर,जेठ १ गते। पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया किशोरीले सौचालयमै शिशु जन्माएपछि गाउँभरि सनसनी फैलिएको छ। मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी ती किशोरीले अचानक सौचालयभित्रै शिशु जन्माएकी हुन्। दुर्भाग्यवश, जन्मिएको शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको खबर पाएपछि प्रहरी चौकी नांगीनबाट खटिएको टोलीले ती किशोरीलाई तत्काल नियन्त्रणमा लिएको छ। साथै, उनीसँग बस्दै आएका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ। स्थानीयस्तरमा भने यो घटनाले बालबालिकाको यौन सुरक्षा, शिक्षा र अभिभावकीय जिम्मेवारीबारे गम्भीर प्रश्न…
Read More
धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

पोखरा,वैशाख ३१ गते। धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज (बुधबार) पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्। मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाकी झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसैगरी, दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बस्नेतले हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको बताए। जिल्ला प्रहरी कार्यालय…
Read More
सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

काठमाडौं,३१ वैशाख। सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यसअघि पनि वैशाख महिनामा विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भएका थिए। वैशाख १४ गते डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड र वैशाख ११ गते रुकुम पूर्वमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा लगातार भूकम्पका साना धक्का महसुस भइरहेका छन्।
Read More
मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आज भीषण आगलागी भएको थियो। जुन आगलागि अहिले दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको छ। काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी छ। प्रहरीले दिएको जानकारी अनुसार, सुरज आर्केडको पछाडि रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको चार तले कच्ची घरको तेस्रो तल्लाबाट ग्यास चुहिएर आगलागी सुरु भएको थियो। आगोले दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दा…
Read More
जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दुईजना जिल्ला नेत्री महिला साथीहरूलाई बधाई तथा सम्मान गरेको छ। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका दुई जिल्ला नेत्री महिला साथीहरुलाई आफ्नो पार्टी कार्यालयमा राखेर बधाई तथा सम्मान कार्यक्रम गरेको हो। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा जसपा नेपाल मकवानपुरको उपाध्यक्ष पदमा रहेकी गीता कार्की र जिल्ला भातृ संगठन समाजवादी महिला सङ्घका अध्यक्षमा रहेकी सुशीला घलान निर्वाचित भएको हो। उनीहरू दुवैजना गएको वैशाख २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।…
Read More
जिफन्ट बागमती प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिफन्ट बागमती प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेशको आयोजनामा “श्रम कानुन कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका” विषयमा बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश समितिको आयोजनामा उक्त अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। अन्तर्क्रिया कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै कार्यक्रमका सभाध्यक्ष तथा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सबै मजदुरहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा समावेश गराउन कानुन निर्माण गर्न आग्रह गरे। अध्यक्ष नेपालले जिफन्ट सक्रिय हुँदा सरकारले धेरै कुरामा सहजता पाएको हुँदा सरकारले पनि जिफन्टले राखेका जायज मागहरू पूरा गर्नुपर्ने बताए। त्यस्तै, कार्यक्रमका प्रमुख…
Read More
प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

चितवन। जनता समाजवादी पार्टी नेपाल चितवन जिल्लाले आज आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। आज भएको प्रथम जिल्ला अधिवेशनबाट चितवन जिल्लाले समाजवादी युवा भोलेन्टियर फोर्स नेपालका केन्द्रीय सदस्य अनुस जोशीलाई सर्वसहमतमा अध्यक्षमा चयन गरेका छन्। त्यस्तै पार्टी उपाध्यक्ष पदको लागि सरस्वती बर्देवा र इमान सिंह लामा, सचिव पदमा शोभा बिष्ट सहसचिवमा आशिष मिया र अनुरोध चौधरी र कोष अध्यक्ष पदमा राजु टमाटा सर्वसमतिमा चयन भएका छन्। सोही अधिवेशनले २९ जना कार्यसमिति जिल्ला कमिटीमा गठन गर्न सफल भएको छ। अधिवेशन कार्यक्रममा सहभागी हुनेहरूमा पार्टीको महासचिव राजकुमार शर्मा,कार्यकारणी सदस्य तारा बिक,बागमती प्रदेश उपाध्यक्ष जीवन तामाङ,ताम्सालिङ अध्यक्ष ज्ञानु लामा र मकवानपुर जिल्लाका अध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.