Breaking News 1

कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्। पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै ६ वर्षअघि प्रहरीमा निवेदन दर्ता गराएकी शाहीको शव आइतबार दिउँसो १ बजेर ५० मिनेटमा उनी डेरा गरी बस्ने लक्ष्मीश्वर महतोको तीन तले घरको कोठाभित्रै फेला परेको हो। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव भेटिएको हो। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। शाहीको शरीरमा बाहिर कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ। रोशनी शाही…
Read More
पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

पथरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–मंगलबारे सडकखण्डमा मालबाहक ट्रक पल्टिएको छ। आज करिब २५ मिनेटअघि घटेको दुर्घटनामा ट्रकमा लोड गरिएका सामग्री सडकमा छरिएर परेको दृश्य देखिएको छ। दुर्घटनापछि सडकको एक भाग अवरुद्ध बनेको छ भने ट्राफिक प्रहरीले तत्काल घटना स्थलमा पुगेर आवागमन सहज बनाउन पहल गरिरहेको जनाएको छ। दुर्घटनाको कारण र मानवीय क्षति भएको/नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ।
Read More
उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

मोरङ। उर्लाबारी नगरपालिका वडा नं ३ स्थित त्रिवेणी चोक आसपास क्षेत्रमा अब्यवस्थित रूपमा राखिएका केवल तथा इन्टरनेटका तारलाई व्यवस्थित गर्न नगरपालिकाले ७ दिनको अल्टिमेटम दिएको छ। बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाले ती तारले नगरको सौन्दर्यमा नकारात्मक असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उल्लेख गरेको छ। नगरपालिकाले त्रिवेणी चोक क्षेत्र वरपर अनियन्त्रित रूपमा टाँगिएका इन्टरनेट तथा केवलका तारले सडक तथा सार्वजनिक स्थानहरू कुरुप देखिनुका साथै पैदल यात्री तथा सवारी साधन चलाउनेहरूका लागि खतरा उत्पन्न गरेको जनाएको छ। साथै सूचनामा तोकिएको समयसीमा भित्र तारहरू व्यवस्थित नगरेमा नगरपालिका स्वयंले हटाउने चेतावनी दिइएको छ र त्यसबाट हुने खर्च सम्बन्धित कम्पनीबाट असुल उपर गरिने…
Read More
हेटौँडामा पहिलो पटक १ लाख पुरस्कार राशिको ‘फ्रि फायर’ ई-स्पोर्ट्स प्रतियोगिता आजदेखि सुरु

हेटौँडामा पहिलो पटक १ लाख पुरस्कार राशिको ‘फ्रि फायर’ ई-स्पोर्ट्स प्रतियोगिता आजदेखि सुरु

हेटौडा। हेटौँडामा पहिलो पटक ई-स्पोर्ट्स अन्तर्गतको 'फ्रि फायर' प्रतियोगिता आजदेखि सुरु भएको छ। हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा आज (बिहीबार) देखि यो प्रतियोगिता सुरु भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा एक हजारभन्दा बढी सहभागी निश्चित भइसकेको जानकारी दिएको छ। प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईका अनुसार, प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत सञ्चालन गरिनेछन्। क्वार्टरफाइनल चरणदेखिका खेलहरू भने हेटौँडा-१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा भौतिक उपस्थितिमा खेलाइनेछन्। जेठ १७ गते फाइनल हुने यो प्रतियोगितामा कुल १ लाख रुपैयाँको पुरस्कार राशि तोकिएको छ। यो प्रतियोगिताले हेटौँडामा ई-स्पोर्ट्सको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।
Read More
गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग हस्तान्तरण

गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग हस्तान्तरण

मनहरी । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कुमारी गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै समूहका सबै सदस्यहरुबाट सहयोग संकलन गरि शोक सन्तप्त परिवारजनलाई आर्थिक सहयोग पनि गरेको छ । मिति २०४३ मंसिर २२ गते जन्मेका कुमारी गोङ्बा विगत लामो समयदेखी मुटु सम्बन्धि रोगबाट पीडित थिए । उपचारका लागि सबै ठाउँमा पुर्‍यए पनि उनको उपचार हुन सकेन । अन्ततः मिति २०८२ वैशाख २५ गते उनको असामयिक निधन भयो । ३९ वर्षको अल्पायुमै भएको उनको निधनले परिवार जन लगायत सबै आफन्त जन शोकमा डुबेका छन् । कुमारी गोङ्बा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्य पन्चलाल गोङ्बाकी जीवन संगिनी हुन्…
Read More
जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। राजधानी भित्रिने मुख्य सडकमार्गको रूपमा रहेको नागढुंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी निर्माण कार्य अघि बढाइनेछ। यो निर्णय काठमाडौं र धादिङ जिल्ला प्रशासनको समन्वयमा भएको हो। यसअघि यो सडकखण्डमा रातिको समयमा काम हुँदै आएको थियो। आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने आवश्यकता रहेको बताएपछि स्थानीय प्रशासनले अनुमति दिएको हो। प्रजिअ तिवारीका अनुसार, प्राविधिक रूपमा दिउँसो नै निर्माण कार्य गर्नुपर्ने भएपछि सोही अनुरूप अनुमति दिइएको हो। सडक बन्द हुने समयमा…
Read More
हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हेटौंडा। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गौरीटारमा सडक भासिएर पुरिएको गाडी आज १९ दिनपछि गाडीको पाटपुर्जा भेटिएको छ। गत वैशाख १६ गते माछा बोक्ने बोलेरो गाडी सडक भासिदा उक्त स्थानमा पुरिन पुगेको थियो। आज १९ दिन समयपश्चात् पुरिएको बोलेरो गाडीको पाठपुर्जा भेटेको हो। प्रहरीका अनुसार आज बोलेरो गाडी भासिएको स्थानमा खोजी गरिएको जेसिबीले निकालिएको माटोको भागहरूमा गाडीको केही टुक्राहरू भेटिन थालिएको बताएको छ। जब गाडी भाँसियो त्यो दिनदेखि उक्त स्थानमा भूगर्भविधको विशेष टोलीले खोजीकारी गाडीको गरिरहेको थियो।
Read More
रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले आज उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रहरीले विष्टलाई झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा राखिएको थियो। विष्टले लेखेको पत्रका आधारमा रेशम चौधरी पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। शाखा अधिकृत विष्टको पत्रकै…
Read More
सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, नेताचोकमा एक युवकले नशाको अवस्थामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। २५ वर्षीय ती युवकले ३९ वर्षीया आमामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो। पीडित पक्षका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनास्थलमा पुग्नेबित्तिकै युवकलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Read More
सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

हेटौँडा। हेटौँडा–काठमाडौं छोटो मार्ग अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा शुक्रबार भएको सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २४२९ नम्बरको टाटा सुमो उकालो चढ्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भारतको बिहार राज्य मोतिहारी जिल्लाका ६० वर्षीय ललन चौधरीको उपचारका क्रममा शनिबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा परी उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। यसैबीच, प्रहरीले सुमो चालक बारा जिल्लाको गढीमाई नगरपालिका–११ का २८ वर्षीय मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.