२०८१ चैत्र १४, बिहीबार १६:१८
२०८१ चैत्र १४, बिहीबार १६:१८
मोरङ। मोरङको उर्लाबारीमा भोलदेखि हुने अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार देखि हुने सो प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लब उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए । नगर भित्रका ११ टीमले प्रतिस्पर्धा गर्ने भोलिहुने पहिलो खेल उर्लाबारी–६ को मोरङ मोडल र उर्लाबारी–३ को विद्या ज्योति इङ्लिस बोर्डिङ स्कुलबीच हुने खेल संयोजक बिशाल तामाङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने चैत्र २५ गते हुने छ । क्लबका अध्यक्ष दिपेन्द्र धिमालका अनुसार प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी,…