Breaking News 1

गृहजिल्लामै भयो सिडिओको आलोचना, लाग्यो पार्टीको ट्याग

गृहजिल्लामै भयो सिडिओको आलोचना, लाग्यो पार्टीको ट्याग

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सबैतिर आलोचना भएको छ । साथै उनलाई एमाले पार्टीको ट्याग समेत लागेको छ । वि. सं. २०७६ असोज २ गते हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको पालामा निर्णय भएको थियो । ६६ वर्षको लामो इतिहासलाई नामेट गर्दै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद ६ दफा १५(२) बमोजिम नयाँ स्थापना भएको मानिने गरी हेटौंडा अस्पताललाई प्रतिष्ठान अस्पताल बनाउने नीति प्रदेश संसदबाट पास गरेको थियो । त्यस्तै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद २ को (३) मा प्रतिष्ठानले आफ्नो चल अचल सम्पत्ति व्यक्ति सरह किनबेच गर्न सकिने…
Read More
हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो । अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार…
Read More
अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यही ११ गते हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। साथै परीक्षा बोर्डले परीक्षार्थी विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा तयारी गर्न पनि आग्रह गरेको छ। अहिले भइरहेको शिक्षक तथा कर्मचारीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने नहुने अन्यल रहेको थियो। आज बसेको बैठक बोर्डले सबै तहका जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालनको तयारी गर्न पनि विशेष अनुरोध गरेको छ।
Read More
नागरिकको बलमा हेटौंडा अस्पतालको बोर्डद्वारा प्रतिष्ठानको बोर्ड विस्थापित

नागरिकको बलमा हेटौंडा अस्पतालको बोर्डद्वारा प्रतिष्ठानको बोर्ड विस्थापित

मकवानपुर । हेटौंडा अस्पतालमा झुन्ड्याइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी अभियान टोलिको नेतृत्वमा हेटौंडा बासिले हेटौंडा अस्पतालको बोर्ड राखेको छ । हेटौंडा अस्पताललाई संस्थाको नाममा ल्याउने उद्देश्यले राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड अब राख्न नहुने भन्दै अभियान टोलिले उक्त कार्य अघि बढाइएको अभियानकर्ताको भनाइ छ । चैत्र २७ गते हावाहुरिका कारण झरेको  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड पुन राख्ने कि नराख्ने भन्ने विषयको छलफलमा उपस्थित हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान टोलिले अब उक्त बोर्ड नराख्न अनुरोध गरेकोमा अटेर गर्दै तत्काल बोर्ड राखेकोले चैत्र ३१ गते आइतबार अभियान टोलिले उक्त बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखेको हो…
Read More
जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोट। जाजरकोटमा पछिल्लो दिनहरूमा भूकम्पको धक्का पटकपटक गइरहेको छ। हिजो सोही अनुरूप राति ९:११ मिनेट जाँदा जाजरकोटको पैक भन्ने स्थानलाई मुख्य केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको र फेरि पुनः ७ घण्टाको अन्तरालमा आज बिहान ४ बजेर ५३ जाँदा अर्को भूकम्पको धक्का गएको छ। पटकपटक सात घण्टाको अन्तरालले गएको भूकम्प बिहान कुशे गाउँपालिकाको पैकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यस अघि पनि गत चैत्र २१ गते साँझ ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटकसम्म भूकम्प गएको थियो। गएको पहिलो भूकम्प भने…
Read More
निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हेटौंडा। जसपा नेपाल बागमती प्रदेश समितिले पार्टीको साधन सदस्य नरहने गरी कारबाहीमा परेका व्यक्ति निवर्तमान सोमबहादुर घलानलाई एक प्रेस विज्ञप्ति मार्फत पार्टीलाई अराजकता तर्फ लैजाने क्रियाकलापहरू अथवा विधान विपरीत कुनै पनि गैर जिम्मेवारी कार्य नगर्न नगराउन सचेत गराइएका छन्। आज एक प्रेस विज्ञप्ति मार्फत जसपा नेपाल बागमती प्रदेश समितिका अध्यक्ष जीवन लामाले उक्त विषयमा जानकारी गराएका हुन्। निवर्तमान अध्यक्ष सोमबहादुर घलानले आफू कुनै पनि साधारण सदस्य नरहेको बखत पनि पार्टीको विधान विपरीत हुनेगरी लेटर,प्याड,छाप र लोगो आदिको दुरुपयोग गरिएको विषयमा जसपा नेपाल बागमती प्रदेश समितिको आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। साथै निवर्तमान अध्यक्ष घलानलाई आजैको मितिबाट त्यस प्रकारका कुनै पनि…
Read More
इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत  मकवानपुरगढी-२  धरमपानीमा  काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरको इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी  ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने  १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र…
Read More
झुटा मुद्दामा थुनिएका अभियन्ताहरु थुना मुक्त

झुटा मुद्दामा थुनिएका अभियन्ताहरु थुना मुक्त

हेटौंडा । हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखिएको कारण अभद्र व्यवहारको झुटो मुद्दा  लगाई थुनामा राखिएका अभियन्ताहरु थुना मुक्त भएका छन् । बिहीवार थुनामा परेका अभियन्ताहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयले धरौटीमा रिहा गरेको हो । सार्वजनिक सम्पत्ती हेटौंडा अस्पताललाई जीवन्त राख्नुपर्छ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै बिकास गर्नुपर्छ भन्दै बिगत लामो समयदेखी नै आन्दोलनरत हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिका संयोजक विशालराज महत सहित ६ जनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले बिहीवार थुनामा राखिएको थियो । राम्रो कार्य गर्दागर्दै चैत्र ३१ गते प्रतिष्ठानको बोर्डमाथी अस्पतालको बोर्ड राख्नु गलत हो भन्दै प्रतिष्ठान…
Read More
जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

हेटौडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने र समर्थन रहने पार्टी निकट केन्द्रीय समिति,प्रदेश समिति,तामसालिङ राष्ट्रिय समिति,जिल्ला स्थानीय तह,जनवर्गीय संगठनहरू साथै जिल्लागत रूपमा निर्वाचित कार्यसमितिमा रहेका सम्पूर्ण सदस्यहरूलाई प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको छ। जसपा नेपाल मकवानपुरले आज एक प्रेस विज्ञप्ति मार्फत आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्ति र पार्टी निकटम सबैलाई एक प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको हो। साथै जिल्ला अधिवेशन पश्चात पनि पूर्व अध्यक्ष सोमबहादुर घलानले पार्टीमा गम्भीर आघात पुर्याउने षड्यन्त्रका साथ निरन्तर रुपमा सामाजिक सञ्जाल मार्फत शीर्ष केन्द्रीय सचिवालय नेताहरूको मानमर्यादा,पार्टीको झण्डा,ब्यानर,छाप…
Read More
राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्छ

राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्छ

मकवानपुर । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्छ भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आयोजना गरेको मसाल जुलुस सहितको कोणसभामा बोल्दै उनले यस्तो भनेका हुन् । पछिल्लो चरणमा केही प्रतिगमनकारी समूहले देशमा पुन हिन्दु राज्य सहितको राजतन्त्र माग गर्दै गुण्डागर्दी शैलीमा नेपाली नागरिकको हत्या गर्ने, जनताका घर, उद्योग, सवारी साधन जलाउने जस्ता हिंसात्मक कार्यको विरुद्ध नेकपाले हेटौंडामा मसाल जुलुस गरेको हो । हेटौंडा-१ जरुवाटोलबाट सुरु भएको मसाल जुलुस राप्तिरोड हुँदै बुद्धचोकमा पुगि कोणसभामा परिणत बहेको छ । कोणसभामा बोल्दै नेकपा मकवानपुरका सेक्रेटरी पेमा सेले विकासको सिधाान्तले सुरुवाती चरणतिर होइन अगाडि बढी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.