२०८२ बैशाख २९, सोमबार १८:००
२०८२ बैशाख २९, सोमबार १८:००
मकवानपुर । मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६० वर्षीय महिलाले बाटो ‘क्रस’ गर्ने क्रममा ठक्कर दिइ मृत्यु भएको हो । मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मनहरी गाउँपालिका–६ का ३२ वर्षीय मन्शु गुरुङलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।