Breaking News 1

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मोरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल…
Read More
भारतले गर्यो सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय,पाकिस्तानलाई पठायो पत्र

भारतले गर्यो सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय,पाकिस्तानलाई पठायो पत्र

नयाँ दिल्ली। पहलगाममा भएको आतंककारी हमलापछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको छ। बिहिबार राति भारतले पाकिस्तानलाई पत्र पठाएर उक्त विषयमा जानकारी दिएको कुरा भारतीय अनलाइन पत्रिका दैनिक भास्करले लेखेको छ। भारतको जलशक्ति मन्त्रालयका सचिव देवाश्री मुखर्जीले पाकिस्तानी जलस्रोत मन्त्रालयका‌ सचिव मूर्तजालाई असल मनसायले गरिएको सन्धि असल सम्बन्ध नभएकै कारण निरन्तरता दिन नसकिने कुरा पठाएको पत्रमा‌ लेखेका छन्। भारतको वैशरण उपत्यकामा अप्रिल २२ का दिन भएको आतंककारि हमलामा २६ पर्यटकहरूको हत्या भएको थियो। जसमा परि बुटवलका सुदीप न्यौपानेको पनि मृत्यु भएको छ। भने १० भन्दा बढी व्यक्तिहरू घाइते भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। २६ जनाको मृत्यु…
Read More
मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाउन सुरु

मकवानपुर । मकवानपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । आजबाट सुरु गरिएको खोप अभियान भोलि आइतबार पनि चलाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुइदिने अभियानमा ३३ हजार ३ सय १० जना बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।जसका लागि जिल्लाभरीमा ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी…
Read More
बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ को दोश्रो बोर्ड बैठक सम्पन्न

बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ को दोश्रो बोर्ड बैठक सम्पन्न

हेटौंडा । बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ को दोश्रो बोर्ड बैठक सम्पन्न भएको छ । बैठक हेटौंडा-१९, बस्तिपुर स्थित आफ्नै सचिवालयमा भएको हो । शनिबार भएको बैठकमा प्रथम बैठकको निर्णय अनुमोदन गरेको छ । साथै बोर्ड २५ का सबै सदस्यहरुको उपस्थितिमा जेष्ठ २ र ३ गते चितवनको सौराहामा लोम ट्रेनिङ आयोजना गर्ने निर्णय गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, पत्रकारिता सम्बन्धि कार्यक्रमको तयारी गर्ने निर्णय पनि बोर्ड बैठक गरेको छ । वर्ष २०२५ का अध्यक्ष जेसि सन्तोष उप्रेतीको सभाध्यक्षतामा भएको बोर्ड बैठकको सन्चालन वर्ष २०२५ का महासचिव जेसि सोवित वाइबाले गरेका हुन् ।
Read More
चैत्र ७ गते हुने राप्रपाको कार्यक्रममा निषेधित क्षेत्र तोड्ने भनिएको विषयप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

चैत्र ७ गते हुने राप्रपाको कार्यक्रममा निषेधित क्षेत्र तोड्ने भनिएको विषयप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत्र ७ गते राप्रपाले आयोजना गरेको कार्यक्रममा उपस्थित भइ अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा सहभागी नहुन अनुरोध गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ । संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा विज्ञप्ति मार्फत सूचित गरेको छ । साथै, विज्ञप्ति…
Read More
मजदुर युनियनद्वारा सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग

मजदुर युनियनद्वारा सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग

हेटौंडा । नेपाल फलफूल तथा तरकारी लोड अनलोड मजदुर युनियनले सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग गरेको छ । सुकुलाल सी र आइते सिं घलानको नेतृत्वमा सहयोग हस्तान्तरण गरेको हो । नेपाल फलफूल तथा तरकारी व्यापारी संघ हेटौंडामा लोड अनलोड तर्फ कार्यरत मजदुरहरुले संयुक्त रुपमा प्रतिष्ठानलाई कुर्सी सहयोग गरेको हो । आइतबार युनियनले रु. २५,००० बराबरको ३५ थान कुर्सी सहयोग गरेको हो । हेटौंडा-११, सिमलटारमा निर्माणाधीन अवस्थामा रहेको सहिद स्मृति प्रतिष्ठानलाई युनियनले उक्त कुर्सी प्रदान गरेको हो । मजदुर युनियनले नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी मार्फत प्रतिष्ठानलाई कुर्सी हस्तान्तरण गरेको छ ।
Read More
गृहजिल्लामै भयो सिडिओको आलोचना, लाग्यो पार्टीको ट्याग

गृहजिल्लामै भयो सिडिओको आलोचना, लाग्यो पार्टीको ट्याग

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सबैतिर आलोचना भएको छ । साथै उनलाई एमाले पार्टीको ट्याग समेत लागेको छ । वि. सं. २०७६ असोज २ गते हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको पालामा निर्णय भएको थियो । ६६ वर्षको लामो इतिहासलाई नामेट गर्दै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद ६ दफा १५(२) बमोजिम नयाँ स्थापना भएको मानिने गरी हेटौंडा अस्पताललाई प्रतिष्ठान अस्पताल बनाउने नीति प्रदेश संसदबाट पास गरेको थियो । त्यस्तै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद २ को (३) मा प्रतिष्ठानले आफ्नो चल अचल सम्पत्ति व्यक्ति सरह किनबेच गर्न सकिने…
Read More
हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो । अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार…
Read More
जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोट। जाजरकोटमा पछिल्लो दिनहरूमा भूकम्पको धक्का पटकपटक गइरहेको छ। हिजो सोही अनुरूप राति ९:११ मिनेट जाँदा जाजरकोटको पैक भन्ने स्थानलाई मुख्य केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको र फेरि पुनः ७ घण्टाको अन्तरालमा आज बिहान ४ बजेर ५३ जाँदा अर्को भूकम्पको धक्का गएको छ। पटकपटक सात घण्टाको अन्तरालले गएको भूकम्प बिहान कुशे गाउँपालिकाको पैकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यस अघि पनि गत चैत्र २१ गते साँझ ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटकसम्म भूकम्प गएको थियो। गएको पहिलो भूकम्प भने…
Read More
अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यही ११ गते हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। साथै परीक्षा बोर्डले परीक्षार्थी विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा तयारी गर्न पनि आग्रह गरेको छ। अहिले भइरहेको शिक्षक तथा कर्मचारीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने नहुने अन्यल रहेको थियो। आज बसेको बैठक बोर्डले सबै तहका जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालनको तयारी गर्न पनि विशेष अनुरोध गरेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.