Breaking News 2

गाजाको युद्धभूमिमा विपिन छुटे, तर सरकार मौन—हर्क साम्पाङले भने: ‘हाम्रा युवाहरू विदेशी भूमिमा सडिरहेका छन्, देश निन्द्रामा छ

गाजाको युद्धभूमिमा विपिन छुटे, तर सरकार मौन—हर्क साम्पाङले भने: ‘हाम्रा युवाहरू विदेशी भूमिमा सडिरहेका छन्, देश निन्द्रामा छ

काठमाडौं, अशोज २७ गते । गाजाको युद्धभूमिमा नेपाली युवा विपिन छुटेका खबरसँगै सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। यस्तै सन्दर्भमा "हर्क साम्पाङ A Revolution ID" नामक सामाजिक सञ्जाल खाताबाट एउटा भावनात्मक भनाइ सार्वजनिक भएको छ— “नेपालका लाखौं युवाहरू रोजगारी र भविष्यको खोजीमा विदेशिएका छन्। तर ती मध्ये कति जना सुरक्षित छन्, र कति जना भेडा–बाख्राझैं अपमान र कठोर श्रम सहँदै सडिरहेका छन् भन्ने प्रश्न अनुत्तरित छ।” पोस्टमा वैदेशिक रोजगारमा जाने नेपालीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भनिएको छ कि—सरकार तथ्यांकमा मात्रै सीमित भएको छ, तर ती तथ्यांकभित्र लुकेका “पीडा, आँसु र रगतका कथा” को कुनै हिसाब छैन। हरेक वर्ष सयौँ नेपाली…
Read More
टङ स्लिप’ का कारण ट्रोल बनेकी एमाले जेनजी नेतृको माफी : “नियत थिएन, पहिलो पटक हस्तोत्साहित भएकी थिएँ

टङ स्लिप’ का कारण ट्रोल बनेकी एमाले जेनजी नेतृको माफी : “नियत थिएन, पहिलो पटक हस्तोत्साहित भएकी थिएँ

काठमाडौं, अशोज २७ गते । एमालेकी जेनजी नेतृ एक कार्यक्रममा ‘टङ स्लिप’ का कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन्। कार्यक्रममा बोल्दै उनले ‘जागरण सभा’ भन्नुपर्ने ठाउँमा ‘सधारणसभा’ र ‘घोर भत्सर्ना गर्दछु’ भन्नुपर्ने ठाउँमा ‘घोर भ्रष्टाचार गर्दछु’ भनेकी थिइन्। उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीप्रति टीका–टिप्पणी र व्यङ्ग्यको वर्षा भएको थियो। सामाजिक सञ्जालमा आलोचनाको सामना गरेपछि उनले सार्वजनिक रूपमा माफी माग्दै भनिन्, “मैले कहिल्यै कार्यक्रममा बोलेकी थिइनँ। नियतबस वा नजानेर होइन, पहिलो पटक भएकाले हस्तोत्साहित भएकी थिएँ।” उनले आफ्नो गल्तीप्रति खेद प्रकट गर्दै भनिन्, “यो केवल ‘टङ स्लिप’ थियो, न कि कुनै नियोजित कुरा।” साथै उनले सामाजिक सञ्जालका आलोचनाले आफू विचलित…
Read More
पत्रकार दिवाकर शाहको स्पष्टिकरण: “भ्रामक होइन, सप्रमाण प्रस्तुत गरेको हुँ — मुद्दा हाल्न चाहनेहरू प्रमाण बालुवाटारमा खोज्नुस्”

पत्रकार दिवाकर शाहको स्पष्टिकरण: “भ्रामक होइन, सप्रमाण प्रस्तुत गरेको हुँ — मुद्दा हाल्न चाहनेहरू प्रमाण बालुवाटारमा खोज्नुस्”

काठमाडौं, अशोज २६ गते । खोजमूलक पत्रकारितामा सक्रिय पत्रकार दिवाकर शाहले पछिल्ला दिनमा आफूविरुद्ध फैलाइएका भ्रम र आरोपहरूप्रति सार्वजनिक स्पष्टीकरण दिएका छन्। शाहले भिडियो मार्फत आफूमाथि आएको “भ्रामक समाचार सम्प्रेषण” गरेको आरोप अस्वीकार गर्दै आफूले प्रस्तुत गरेका सबै सामग्रीहरू सप्रमाण र तथ्यमा आधारित रहेको दाबी गरेका छन्। शाहका अनुसार आफ्नो च्यानलले टीआरपीका लागि भ्रामक समाचार बनाएको भन्ने कुरा निराधार छ। उनले भने, “हामी पत्रकार हौं, न्यायाधीश होइनौं। हामीलाई सूचना जसरी सप्रमाण प्राप्त हुन्छ, त्यसैका आधारमा समाचार तयार पारिन्छ।” उनले भनेका छन् कि निर्मल निवास (प्रधानमन्त्री निवास) वरपर रातको १२ बजे अन्तर्राष्ट्रिय दूतावासको नम्बर प्लेट भएको गाडी आएको भिडियो प्रत्यक्ष प्रमाणका…
Read More
रोमाञ्चक अन्त्यमा यूएईमाथि नेपालको एक रनको जित

रोमाञ्चक अन्त्यमा यूएईमाथि नेपालको एक रनको जित

काठमाडौं, अशोज २६ गते । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले एशोसियट राष्ट्रबीचको परम्परागत प्रतिद्वन्द्वितामा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनायो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पनि उत्कृष्ट लय देखाए तर अन्तिम क्षणमा दबाब झेल्न नसक्दा २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै समेटियो। नेपालका बलरहरू निर्णायक अवस्थामा चम्किए। दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३…
Read More
भीमफेदीमा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’को संगठन विस्तार, सरसफाई अभियानसहित श्रमद्वारा पहिचान खोज्ने अभियान

भीमफेदीमा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’को संगठन विस्तार, सरसफाई अभियानसहित श्रमद्वारा पहिचान खोज्ने अभियान

भीमफेदी, अशोज २५ गते । भीमफेदी गाउँपालिकामा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’ले आफ्नो सांगठनिक संगठन विस्तार गरेको छ। शनिबार सम्पन्न संगठन विस्तार कार्यक्रममा दिपेन्द्र पुडासैनीलाई संयोजकका रूपमा चयन गरिएको छ भने मदन सिंह सिन्तान र गोविन्द पुडासैनीलाई सल्लाहकारका रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ। पार्टीले पछिल्लो समयमा मकवानपुर जिल्लाभर श्रम, माटो र स्वाभिमानलाई जोड्ने अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। “देशको विकास माटो र श्रमसँग जोडिनुपर्छ” भन्ने नारा अघि सार्दै पार्टीले भीमफेदी बजार क्षेत्रमा पार्टीका सदश्यहरुको बिशेष उपस्थितिसँगै सरसफाई अभियान समेत सञ्चालन गरेको छ। कार्यक्रमका संयोजक दिपेन्द्र पुडासैनीले भने, “हामीले फोहोर मैला व्यवस्थापन र सफा वातावरण सिर्जना…
Read More
पत्रकार दिवाकर शाहको सनसनीपूर्ण खुलासा : “देश विदेशी कब्जातर्फ, मध्यरातमा दूतावासका गाडीहरू प्रधानमन्त्री निवास पुग्छन्

पत्रकार दिवाकर शाहको सनसनीपूर्ण खुलासा : “देश विदेशी कब्जातर्फ, मध्यरातमा दूतावासका गाडीहरू प्रधानमन्त्री निवास पुग्छन्

काठमाडौं, अशोज २५ गते । खोजमूलक पत्रकारितामा सक्रिय पत्रकार दिवाकर शाहले एक सनसनीपूर्ण तथ्य सार्वजनिक गर्दै देश अब विदेशी शक्तिको चङ्गुलमा फस्न लागेको गम्भीर दाबी गरेका छन्। मध्यरातमा प्रधानमन्त्री सुशील कार्कीको निवासमा ‘दूतावासका गाडीहरू’ प्रवेश गर्ने गरेको उल्लेख गर्दै शाहले यस विषयमा तत्कालीन सिसीटिभी फुटेज सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। पत्रकार शाहका अनुसार पछिल्ला राजनीतिक घटना र आन्दोलनका क्रममा देशभित्र विदेशी चलखेल तीव्र रूपमा बढ्दै गएको छ। उनले भने, “देशलाई प्रयोगशालाको रूपमा प्रयोग गर्न खोजिएको छ। केही आइएनजी व्यक्तिहरू ‘जिन जि’ नाममा नेतृत्व भूमिकामा देखिँदैछन्, जसले देशलाई रणभूमि बनाउन खोजिरहेका छन्।” शाहले आफू २३ र २४ गतेका ‘जिन जि…
Read More
आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

काठमाडौं, अशोज २४ गते । नेपाल प्रहरीले पछिल्ला दिनमा विभिन्न पत्रपत्रिकामा प्रकाशित तथा सञ्चारमाध्यमहरूमा प्रसारित ‘प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिएको’ भन्ने आशयका समाचारहरूलाई भ्रामक र असत्य रहेको बताएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ कि महानिरीक्षक खापुङले कहीँकतै त्यस्तो आशय प्रकट नगरेको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएको सुरक्षा बैठक तथा प्रतिवेदनहरूमा समसामयिक घटनाक्रम र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे मात्र विश्लेषण गरी शान्ति–सुव्यवस्था कायम गर्ने विषयमा सोहार्दपूर्ण छलफल भएको हो।” नेपाल प्रहरीका…
Read More
रातोमाटे प्रहरीले ५० हजार बराबरका प्रतिबन्धित पटाका बरामद

रातोमाटे प्रहरीले ५० हजार बराबरका प्रतिबन्धित पटाका बरामद

हेटौंडा, अशोज २४ गते । मकवानपुरको रातोमाटे प्रहरी चौकीले करिब ५०० प्याकेट प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार साँझ वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ नम्बरको यात्रुवाहक ईभी गाडीको छतमा लुकाएर ल्याइएका पटाका प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरिएका करिब ५० हजार रुपैयाँ बराबरका प्रतिबन्धित पटाका रातोमाटे प्रहरी चौकीको टोलीले नियमित चेकजाँचका क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

काठमाडौँ, अशोज २३ गते । माइतीघरमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेका अभियान्ता डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको भन्ने समाचार बाहिरिएपछि उनले सो दाबीलाई अस्वीकार गरेका छन्। केही सञ्चारमाध्यमहरूले भुसाललाई ‘गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाइएको’ भनेर समाचार प्रसारण गरेपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका हुन्। भुसालले अनलाइन लाइभ मार्फत् प्रतिक्रिया दिँदै भने, “मलाई गाँजा सेवन गरेको भनेर हल्ला फैलाइएको समाचार पूर्णतः झूटो हो। ती ठूला भनिएका पत्रकारहरूले प्रचार गरेको कुरा सत्य होइन।” उनका अनुसार आफूलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको कारण मात्र पक्राउ गरिएको हो, नकि मादक पदार्थ सेवनको कारण। यसअघि माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा…
Read More
आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

चितवन, अशोज २३ गते । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं।” आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.