Breaking News 2

श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो

श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो

काठमाडौं। सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरी १९ हजार ५ सय ५० रुपैयाँ पुर्‍याएको छ। यो वृद्धि साउन १ गतेदेखि नै लागू भएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार चिया बगानबाहेकका क्षेत्रमा कार्यरत श्रमिकका लागि नयाँ पारिश्रमिक तोकिएको हो। यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो, जसमा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा यो निर्णय गरिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन सहमतिको आधारमा तलब निर्धारण गरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत यो जानकारी…
Read More
बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ

बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ

वीरगन्ज। वीरगन्जस्थित बाल सुधारगृहका एक चौकीदारलाई कैदीबन्दीहरूलाई धम्क्याएर १० लाखभन्दा बढी रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लागूऔषध सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका सिरहाको लहान नगरपालिका-३ का २४ वर्षीय प्रमानन्द गुप्तालाई बुधबार छुट्ने दिन पक्राउ गरिएको हो। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, गुप्ताले बाल सुधारगृहमा चौकीदारको हैसियतमा रहँदा १० जना बाल कैदीबन्दीलाई दबाब र प्रभावमा पारी नगद तथा इसेवा मार्फत १० लाख १५ हजार रुपैयाँ असुल गरेको आरोप छ। गुप्ता छुट्ने दिन पीडित बाल कैदीबन्दीहरूले सुधारगृह प्रशासन र त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। प्रहरीले गुप्तालाई हिरासतमा राखी ठगी, आपराधिक विश्वासघात तथा…
Read More
विदेशबाट मतदानको व्यवस्था तत्काल गर्न सर्वोच्चद्वारा ताकेता

विदेशबाट मतदानको व्यवस्था तत्काल गर्न सर्वोच्चद्वारा ताकेता

काठमाडौं। सर्वोच्च अदालतले विदेशमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आफ्नो यसअघिको आदेशलाई तत्काल कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आज (साउन १ गते) निर्वाचन आयोगलाई यस्तो ताकेता सहितको आदेश दिएको हो। सर्वोच्च अदालतले २०७४ चैत ७ गते नै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो। अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त महत्वपूर्ण आदेश दिएको थियो। अदालतको उक्त आदेश लामो समयसम्म कार्यान्वयन नभएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले निर्वाचन आयोगलाई पुनः ताकेता गरेको हो।…
Read More
लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार, रौतहटबाट धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो। भुस लिन आएको ट्रकबाट त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा उनी गम्भीर घाइते भएका थिए। उनको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते…
Read More
इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

इलाम। इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति छुरा प्रहारबाट २२ वर्षीय एक युवकको हत्या भएको छ। हत्या हुनेमा २२ वर्षीय निरोज चापागाईं रहेका छन्। घटनामा निरोजका भाइ प्रकाश चापागाईं पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, निरोजको ससुराली नजिकै सोही क्षेत्रका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) मान बहादुर राईले दिएको जानकारी अनुसार, घाइते प्रकाशको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ। घटनाका आरोपी किरण शेर्पा पनि घाइते भएका छन् र उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक निरोज चापागाईं वडा नम्बर…
Read More
गौशला नगरपालिकाका ३१ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

गौशला नगरपालिकाका ३१ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानाध्यापकहरूले चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्यपुस्तक, बाल शिक्षा अनुदान, नगर शिक्षक, सशर्त अनुदान, पुँजीगत तथा स्वैच्छिक अनुदान लगायतका विभिन्न शीर्षकमा बारम्बार अनुरोध गर्दा पनि नगरपालिकाबाट रकम निकासा नभएको भन्दै नगरपालिकाको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन्। उनीहरूका अनुसार केही शीर्षकमा नगरपालिकाले अत्यन्तै न्यून रकम पठाएकाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ, "नगरपालिकाबाट उक्त शीर्षक अन्तर्गतको रकम निकासा नगरिदिएको अवस्थाबाट शैक्षिक गतिविधि प्रभावित हुने भएकाले साउन १ गतेदेखि लागु हुनेगरी यो सामूहिक राजीनामा…
Read More
दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका एक पुरुष बेपत्ता

दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका एक पुरुष बेपत्ता

दार्चुला। दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेका छन्। नारायण बुढाथोकी दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइनमार्फत जाँदै गर्दा डोरी चुँडिएको थियो। उनीसँगै अन्य दुई जना स्थानीय पनि एकै पटक तुइन तरिरहेका थिए। डोरी चुँडिएपछि सँगै तरिरहेका दुई जना सकुशल रहे पनि नारायण भने महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। नेपालतर्फको दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा अवैध रूपमा तुइन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। बेपत्ता नारायणको खोजीकार्यका लागि मातहतका प्रहरी युनिटहरूलाई निर्देशन…
Read More
मेवा बोकेको मिनी ट्रक त्रिशूलीमा खस्दा, दुई भारतीय घाइते

मेवा बोकेको मिनी ट्रक त्रिशूलीमा खस्दा, दुई भारतीय घाइते

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालमा एक भारतीय मिनी ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ। मंगलबार राति करिब साढे १० बजे भएको दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आइचर ट्रक भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो। दुर्घटनामा ट्रकका चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
Read More
सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

बुटवल। रुपन्देहीको तिलोत्तमा जानकीनगरस्थित एक घरबाट भएको सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। यही जेठ २५ गते ध्रुव भण्डारीको घरबाट गरगहना चोरी भएको घटनामा प्रहरीले चोरी भएको सुनका गहनासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुफ गुरुङ, र वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा एक थान मंगलसूत्र बरामद गरेको जनाएको छ। उनीहरूमाथि चोरी कसुरमा इलाका…
Read More
धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

काठमाडौं। काठमाडौंको पर्यटकीय गन्तव्य धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म खुल्ने भएको छ। यसअघि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने गरेको धरहराको समय अवधि सहरी विकास मन्त्रालयले थप गरेको हो। मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, अब सार्वजनिक बिदाका दिनमा पनि धरहरा अवलोकनका लागि खुला रहनेछ। हाल सार्वजनिक बिदामा बन्द रहने र शनिबारको सट्टा बुधबार साप्ताहिक बिदा दिइने धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने भएको हो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.