Breaking News 2

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

काभ्रेपलाञ्चोक। बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा सवारी आवागमनमा १२ घण्टाको रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलबार बसेको सुरक्षा समिति बैठकले यो निर्णय गरेको हो। मनसुन सक्रिय रहेको र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि एक महिनाको अवधिका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। यो प्रतिबन्ध काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म लागू हुनेछ। यसअघि, असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा तथा अन्तरजिल्ला समन्वय समितिहरूको बैठकले असार ७ गतेदेखि साँझ ६:३० बजेबाट बिहान ६ बजेसम्म बीपी राजमार्गमा यातायातमा रोक लगाएको थियो, जसलाई असार मसान्तसम्म निरन्तरता दिइएको…
Read More
कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको हो। सडक छेउमा हिँडिरहेकी भट्टलाई बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More
त्रिशुली किनारमा एक पुरुषको शव फेला

त्रिशुली किनारमा एक पुरुषको शव फेला

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ। शरीरका केही अङ्गहरू नभएको अवस्थामा अन्दाजी ४५ देखि ५० वर्षका देखिने उक्त पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीका अनुसार, हालसम्म शवको पहिचान हुन सकेको छैन। यद्यपि, उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेका व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ। फेला परेको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Read More
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ रहेको किटीनीमा दिन-दहाडै दुईवटा घरमा चोरी भएको छ। बलराम केसी र बासुदेव केसीको घरमा आज चोरी हुन पुगेको जानकारीमा आएको हो। आज दिउँसो करिब २ बजेदेखि ३ बजे समय अवधिको बीचमा घरमा कोही नभएको मौका पारी ती चोरहरूले ताला फोरेर घरमा राखिरहेको अवस्थामा रहेको नगद रु १ लाख ५ हजार र मोबाइल खुकुरीसमेत चोरी गरी लगिएको प्रहरीले बताएको छ। जब गाउँमा यस घटना घट्यो त्यही घटनाको आशंकामा तीनजना व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। गाउँमा चोरी भएपछि फरार अवस्थामा रहेको उनीहरूलाई प्रहरीले सोही दिनमा पक्राउ गरिएर उनीहरूसँग रहेको विभिन्न…
Read More
वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा छुटेकी छन्। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा तामाङ आइतबार धरौटीमा रिहा भएकी हुन्। गत बिहीबार हेटौँडा–४ स्थित सडक निर्माणको अवलोकनका क्रममा वडाध्यक्ष सिग्देलमाथि तामाङले हातपात गरेकी थिइन्। निर्माण व्यवसायी समेत रहेकी तामाङले भिडियो बनाउन खोज्दा वडाध्यक्षले रोक्न खोजेपछि विवाद चर्किएको थियो। यस घटनाको विरोधमा हेटौँडा उपमहानगरपालिकाले शुक्रबार एक दिन सेवा रोकेको थियो, जसको चर्को आलोचना भएको थियो। यसअघि हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि पनि कालो मोबिल प्रहार भएको थियो।
Read More
भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर। भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गरेका १५ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। महानगरले दलित र गैर-दलितबीच विवाह गर्ने प्रत्येक जोडीलाई एक-एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले जातीय विभेद न्यूनीकरणमा यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै जातीय विभेदलाई हटाउन सकिनेमा जोड दिइन्। उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहको भूमिका महत्वपूर्ण रहेको बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जातीय विभेद दण्डनीय भए पनि पूर्ण रूपमा हटाउन अझै चुनौती रहेको बताए। महानगरले आर्थिक वर्ष २०७७/०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई…
Read More
गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

अछाम। पत्रकार धनराज साउँद बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनाललाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार पक्राउ परेका साउँदविरुद्ध आइतबार 'अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने' कसुरमा जाहेरी दर्ता भएको छ। जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। साउँद नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हुन्
Read More
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। संसदीय दलको शनिबारको बैठकले गरेको निर्णयअनुसार आइतबार सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाइएको हो। प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। संघीय सरकारबाट बाहिरिने निर्णयसँगै नाउपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
Read More
पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार बुढानीलकण्ठस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब एक घण्टा भेटवार्ता भएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। यो भेट गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमालेमा फर्कने घोषणा गरेलगत्तै भएको हो। मेयर शाह बिहीबार दिउँसो भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए।
Read More
भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ। यस घटनामा ज्वाइँ राजेन्द्र राईले आफ्ना सासू, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपन गिरीको हत्या भएको हो। शनिबार राति करिब १ बजेतिर राजेन्द्र राई आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको र त्यसपछि आफूले मान्छे मारेको स्वीकार गर्दै पक्राउ गर्न अनुरोध गरेका थिए।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.