Breaking News 2

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

हेटौंडा। आज संयुक्त रुपमा ७ दलले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक जमिन संरक्षणको विवादमा सुकुम्बासीले हेटौडा - १ का वडा अध्यक्ष सबिन न्यौपानीलाई दलेको कालोमोसोको विषयमा मकवानपुर प्रहरीले एक्कासी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसोमाडी निवासी विजय थिङलाई बिना कसुर सोधपुछको लागि भनेर साउन महिनाको १८ गतेको दिन दिउँसो २ बजेतिर नियन्त्रणमा लिए गिरफ्तार गरेको घटनाप्रति राजनीतिक दलहरूले सो घटनालाई निन्दनीय खेतजनक रहेको विषय प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत आफ्नो भनाई उल्लेख गरेको छ। संयुक्त रूपमा ७ दलले आज निकालेको प्रेस विकृति मार्फत उक्त भनाई उल्लेख गरिएको हो। संयुक्त रूपमा ७ दलले आफ्नो समर्थन जनाउँदै उक्त प्रेस विज्ञप्ति मार्फत जनतामा प्रहरीले गरेको…
Read More
जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकसँग सीधा संवादका लागि 'खुल्ला आँगन' नामक साप्ताहिक भेटघाट कार्यक्रम सुरु गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यो कार्यक्रम हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन गरिनेछ। यो पहल नागरिकका सुझाव, गुनासा तथा जिज्ञासा सुन्न र जनउत्तरदायी बन्नका लागि गरिएको प्रवक्ता झाले बताएका छन्। 'खुल्ला आँगन' ले सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्य राखेको छ। 'खुल्ला आँगन' को पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबारबाट सुरु हुनेछ। कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहने र यसको कुनै पूर्वनिर्धारित एजेन्डा नहुने भएकाले सहभागीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुनुमा नाउपाकै एक सांसद कैलाश चौधरीको भूमिका महत्त्वपूर्ण रह्यो। नाउपाका कुल सात सांसदमध्ये छवटा सांसद प्रदेश सभामा अनुपस्थित रहे पनि चौधरीले भने मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि परेका छन्।
Read More
उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौं। उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग काठमाडौं जिल्ला अदालतले मागेको धरौटी रकमलाई सदर गरेको छ। विष्टमाथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नक्कली पत्रका आधारमा गैरकानुनी रूपमा पाँच घण्टा थुनामा राखेको अभियोग लागेको थियो। गत वैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गर्नका लागि प्रहरी र डिल्लीबजार कारागारमा अनाधिकृत रूपमा पत्राचार गरेका थिए। पछि सर्वोच्च अदालतले उक्त पत्र सच्याएपछि मात्र चौधरी कारागारबाट मुक्त भएका थिए। अदालतको आदेशमा हस्तक्षेप गरी झुटा कागजात बनाएको आरोपमा विष्टमाथि कारबाही अगाडि बढाइएको थियो। जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेसँगै अब विष्टलाई अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा हुने बाटो…
Read More
नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद चुलिएको छ। पार्टी संरक्षक रेशम चौधरीले आफ्नी पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएका छन्। बुधबार साँझ बसेको रेशम पक्षको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए। यो घटनाले रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको राजनीतिक मतभेद अब पारिवारिक बेमेलबाट राजनीतिक सम्बन्ध विच्छेदको चरणमा पुगेको स्पष्ट पारेको छ। प्रतिनिधि सभामा ४ सिट रहेको र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सभामा समेत उपस्थिति जनाएको नाउपा अहिले विभाजनको सँघारमा पुगेको छ। यसअघि रञ्जिता श्रेष्ठले केही दिन आराम गर्ने भन्दै कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।
Read More
वडाध्यक्षद्वारा बदनियतपूर्ण सिफारिस, वारिसद्वारा अधिकार विपरीत किनबेचको कागज

वडाध्यक्षद्वारा बदनियतपूर्ण सिफारिस, वारिसद्वारा अधिकार विपरीत किनबेचको कागज

हेटौंडा । समृद्ध समाज राष्ट्रिय दैनिकको २४७ अंकमा २०८२ साउन १३ गते आइतबार सम्प्रेषण भएको समाचार अनुसार राणा परिवारका सदस्यको नाममा रैती लगत रहेको तर जग्गा एकिन समेत नभएको अवस्थामा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले अनाधिकृतरुपमा दुई पटक गरी २४ जनाको नाममा जग्गा दर्ता गर्न भनी मालपोत कार्यालय मकवानपुरलाई सिफारिस गरेको कुरा उल्लेख गरेको छ । जग्गा दर्ता खुलेको मौका छोपी जुद्ध समशेर जबराका नाती, हरि समशेर जबराका छोरा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. ११ बस्ने ८१ वर्षीय मनोज समशेर राणाले आफ्‌नी आमा स्वर्गीय विजया राणाको नाममा रहेको रैती नम्बर ३२ को भोग लगतका आधारमा अधिकृत…
Read More
मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं। काठमाडौंको भद्रकालीमा मोटरसाइकलको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। शुक्रबार बा ७५ प १९४४ नम्बरको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक रामकृष्ण बजगाईं गम्भीर घाइते भएका थिए। मकवानपुर बकैया गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा डेरा गरी बस्ने ३८ वर्षीय बजगाईंको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
Read More
हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

हेटौंडा। आज संयुक्त रुपमा पाँच दलको विशेष समर्थनमा एक प्रेस विज्ञप्ति मार्फत हेटौडा- १ चौकीटोलका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा स्थानीय सरकार अर्थात् हेटौडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि लागेको आरोपमा आक्रोशित जनताले दलेको कालोमोसोको विषयमा निर्दोषीलाई बिना कारण कटघरामा थुनी दुःख दिइरहेको घटनाप्रति जिल्ला प्रशासनको एक निकै कमजोरी हो भनेर उल्लेख गरेका छन्। हेटौडा १ चौकीटोलमा भएको सार्वजनिक जग्गा कब्जा र बिक्री वितरणमा मिलोमतोको आरोपमा भएको घटनालाई लिएर आज एक प्रेस विज्ञप्ति मार्फत पाँच दलको विशेष हस्ताक्षरसहित आफ्नो समर्थन उल्लेख गरिएको हो। जसमा आफ्नो समर्थन दिनेहरूमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी, नेपाल समाजवादी पार्टी मकवानपुरका संयोजक…
Read More
हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

हेटौंडा। निर्माणाधीन भइरहेको स्ल्याप ढलानको काम सम्पन्न भएपछि अब हेटौडा फाखेल फर्पिङ जोड्ने सडकखण्ड अब सञ्चालनमा आउने भएको छ। पूर्वाधार सडक निर्माणको कामले गर्दा विगत केही समयदेखि उक्त सडकखण्ड पूर्ण सञ्चालनमा रहेको थिएन। भने अहिले उक्त स्थानको सडकमार्ग कामको सम्पन्न भएपछि अब सो स्थानमा सवारी आवागमनमा पुनः सञ्चालनमा ल्याउन थालिएको बताएको छ। अहिले उक्त स्थानमा भने दुई पाङ्ग्रे सवारी साधनहरू साउन १ गतेबाट नै सञ्चालनमा आइसकेको भएतापनि चारपाङ्ग्रे सवारी साधनको लागि भने साउन ६ गतेबाट सञ्चालन हुने बताइएको छ। सडक खण्ड भने पूर्णरूपमा सञ्चालन चाहिँ यही साउन महिनाको १३ गतेबाट हुने बताइएको छ। जानकारी स्रोत; सामाजिक सञ्जाल
Read More
नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

हेटौँडा। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हरेक वर्ष हजारौँ युवाहरू सुनौलो भविष्यको खोजीमा विदेशिने क्रम जारी छ। गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कले पनि यसै तथ्यलाई उजागर गरेको छ, जहाँ ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति प्रदान गरिएको छ। यो सङ्ख्याले वैदेशिक रोजगारीप्रतिको आकर्षण र यसमा आश्रित परिवारको सङ्ख्यालाई प्रस्ट्याउँछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार, कुल श्रम स्वीकृतिमध्ये ५ लाख ५० हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजार पुनः श्रम स्वीकृतिमा जोडिएका छन्। यसको अर्थ, वैदेशिक रोजगारीमा जानेहरूमध्ये ६० प्रतिशत नयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.