२०८२ पुष २०, आईतवार १३:१३
२०८२ पुष २०, आईतवार १३:१३
हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका–७ र ८ मा सञ्चालन भइरहेको एक मेलालाई लिएर स्थानीयवासीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। राति १० बजे नाघिसक्दा पनि मेला क्षेत्रमा चर्को आवाजमा बाइकको माइक तथा साउण्ड सिस्टम प्रयोग भइरहँदा ध्वनि प्रदूषण बढेको र सम्भावित दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ। सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत यस विषयमा कडा प्रतिक्रिया जनाउँदै यसलाई “मेला होइन, खुलेआम कानुनी उल्लङ्घन”को संज्ञा दिएका छन्। उनले युवाहरूमा मापसे–लापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) को जोखिम बढेको उल्लेख गर्दै यसले जनताको शान्ति कुण्ठित गरेको बताएका छन्। महतले उक्त मेला कसको…