स्थानीय

हेटौंडा सडक विस्तारबारे मकवानपुर उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण, ‘मुआब्जा बिना सडक नफुकाउन’ आग्रह

हेटौंडा सडक विस्तारबारे मकवानपुर उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण, ‘मुआब्जा बिना सडक नफुकाउन’ आग्रह

हेटौंडा, मंसिर १६ गते । हेटौंडा सडक विस्तारसम्बन्धी सडक डिभिजन कार्यालय हेटौडाद्वारा जारी सार्वजनिक सूचनाप्रति मकवानपुर उद्योग वाणिज्य सङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ। गोरखापत्र दैनिकमा मंसिर ५ गते प्रकाशित सूचनामा राप्ती पुलदेखि बुद्धचोकसम्म तथा रातोमाटेदेखि सामरी पुलसम्मको राजमार्ग क्षेत्रका दायाँ–बायाँ २५–२५ गज भित्री भाग १५ दिनभित्र खाली गर्न भनिएको थियो। उक्त सूचनाले व्यवसायी र घरधनीहरूमा ठूलो अन्यौलता सिर्जना भएको सङ्घले जनाएको छ। सङ्घका अनुसार सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनु राज्यको दायित्व भए पनि त्यससँगै नागरिकका संवैधानिक तथा आर्थिक अधिकार सुनिश्चित गर्नु पनि राज्यकै कर्तव्य हो। प्रदेश राजधानी हेटौंडामा सडक साँघुरो रहेको स्वीकार गर्दै सङ्घले घरधनी तथा व्यवसायीको दीर्घकालीन गुनासो—मुआब्जा नपाई…
Read More
हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

हेटौंडामा २५/२५ मिटर गज सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी आन्दोलित, बजार क्षेत्रका सबै पसल बन्द

हेटौंडा, मंसिर १६ गते । सडक डिभिजनको २५/२५ मिटर गजअनुसारको सडक विस्तार योजनाविरुद्ध आज हेटौंडाका घरधनी तथा व्यवसायीहरु एकजुट हुँदै बजार क्षेत्रका सबै पसलहरू पूर्णरूपमा बन्द गरेका छन्। सडक विस्तारअघि उचित व्यवस्थापन र न्यायोचित मुआब्जा नदिई घर–व्यवसाय भत्काइने सूचना जारी भएपछि स्थानीयहरू तीव्र विरोधमा उत्रिएका छन्। आन्दोलनकारीहरूले “माग पूरा नभएसम्म आन्दोलन जारी रहने” चेतावनी समेत दिएका छन्। व्यवसायी तथा प्रभावित घरधनीहरूले सबै पक्षलाई आन्दोलनमा सहभागिता, समर्थन र साथ दिन आह्वान गरेका छन्।
Read More
हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

हेटौंडा, मंसिर १६ गते । हेटौंडा उपमहानगरपालिका–४ वासुदेव सभागृह चोकमा श्रम संस्कृति पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलन मंगलबार सम्पन्न भएको छ। तोकिएको समयभन्दा केही ढिला सुरु गरिएको सो कार्यक्रममा पार्टीका तदर्थ समितिका संयोजक युनिस लामाले पत्रकार तथा मिडिया प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र एजेन्डाबारे विस्तृत जानकारी गराए। संयोजक लामाका अनुसार यही २० गते पार्टीका अध्यक्ष हर्कराज साम्पाङ हेटौंडा आगमन गर्नेछन्। अध्यक्ष साम्पाङको उपस्थितिमा हुप्रचौरमा दिउँसो १२ बजे विशेष सम्बोधन कार्यक्रम, सोही दिन जिल्ला भेला तथा संगठन विस्तार घोषणा सभा समेत आयोजना गरिनेछ। लामाले भने, “देशको राजनीतिक परिवेशले वैकल्पिक शक्तिको खोज गरिरहेको बेला श्रम संस्कृति पार्टीले उठाएका एजेन्डा जनतासमक्ष पुर्याउने…
Read More
एमाले मकवानपुरमा ११औँ महाधिवेशनका प्रतिनिधि छनोट सर्वसम्मत र निर्वाचन दुवै माध्यमबाट सम्पन्न, पार्टी अनुशासन पुनः स्थापित — नेता नवीन सिग्देल

एमाले मकवानपुरमा ११औँ महाधिवेशनका प्रतिनिधि छनोट सर्वसम्मत र निर्वाचन दुवै माध्यमबाट सम्पन्न, पार्टी अनुशासन पुनः स्थापित — नेता नवीन सिग्देल

हेटौंडा, मंसिर १५ गते । नेकपा एमाले, मकवानपुरमा ११औँ महाधिवेशन (मंसिर २७–२९) का लागि प्रतिनिधि छनोट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको एमाले नेता नवीन सिग्देलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधि छान्ने क्रममा जिल्लामा सर्वसम्मत र निर्वाचन दुवै अभ्यास प्रभावकारी रूपमा अपनाइएको थियो। २ नं. संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको थियो भने १ नं. संघीय क्षेत्र तथा जिल्लाका दलित क्षेत्रका प्रतिनिधि भने निर्वाचनमार्फत चयन गरिएको सिग्देलले बताएका छन्। महाधिवेशनमा सहभागी हुने तीव्र आकांक्षा हुँदाहुँदै पनि प्रतिनिधिमा नपर्ने कार्यकर्ताले समेत विवादरहित रूपमा सर्वसम्मत प्रक्रियालाई समर्थन गरेको उनले उल्लेख गरेका छन्। विकट भूगोल र छोटो समयको सूचना हुँदाहुँदै…
Read More
हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग

हेटौंडा, मंसिर १५ गते । हेटौंडा–१२ हात्तिगौडाबाट गोठदमार हुँदै चकरी जाने बाटोमा पर्ने खोलामा स्थानीय युवाहरूले अस्थायी बाँसको पुल निर्माण गरेका छन्। बुद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्ने गोठदमार र चकरीका विद्यार्थीहरू खोलामा पानी बढ्दा तथा विद्यालयले जुत्ता अनिवार्य गरेपछि हिँडडुलमा अत्यधिक समस्या भोग्न बाध्य भएपछि स्थानिय दाजुभाइहरू मिलेर यो पुल निर्माण गरिएको हो। खोलामा वर्षेनी पानी बढ्ने, ढुंगा–माटो चिप्लो हुने र विद्यालय आउने–जाने बेला बालबालिकालाई खोलो तर्न कठिन हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। अस्थायी रूपमा बनेको बाँसको पुलले केही राहत दिएको स्थानीयले बताए। यद्यपि, मनहरी–१ का बासिन्दाले हेटौंडा–१२ को जनप्रतिनिधि क्षेत्र बाहिर परेपनि जनहित र बालबालिकाको सुरक्षाको विषयलाई आधार बनाउँदै…
Read More
हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडा, मंसिर १४ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालय, हेटौडाले हेटौडा उपमहानगरपालिकाको प्रमुख सडक खण्ड विस्तारका लागि आवश्यक संरचना हटाउन सर्वसाधारणको सहयोगको आग्रह गरेको छ। सडक डिभिजनले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रदेखि दायाँबायाँ ७५–७५ फिटभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो। सोही सूचनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जारी अत्यन्त जरुरी सूचनामार्फत राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, गैसस, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिक सबैलाई सहयोग र समन्वयका लागि आग्रह गरेका छन्। प्रजिअ अधिकारीका अनुसार सुन्दर, सफा, समृद्ध…
Read More
हेटौडामा सडक विस्तारका सबै तयारी पूरा : मंसिर २० गतेदेखि काम सुरु हुने सडक डिभिजनको घोषणा

हेटौडामा सडक विस्तारका सबै तयारी पूरा : मंसिर २० गतेदेखि काम सुरु हुने सडक डिभिजनको घोषणा

हेटौडा, मंसिर १४ गते । सडक डिभिजन कार्यालय हेटौडाले पत्रकार सम्मेलन आयोजना गरी लामो समयदेखि चलिरहेको सडक विस्तार सम्बन्धी सबै विवाद, कानुनी अवस्था र हालसम्मको प्रगतिबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सडक विस्तारका लागि आवश्यक सबै प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन्। उनका अनुसार सडक निर्माण तथा विस्तारसँग जोडिएका विभिन्न सरोकारवालाहरूबाट हालसम्म करिब ३४३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये केही उच्च अदालत पाटन र सर्वोच्च अदालतसम्म पुगे पनि, कानुनी निर्णयहरूले सडक विस्तारको कार्यलाई वैधानिक रूपमा अघि बढाउन अनुमोदन गरेको उनले स्पष्ट पारे। अधिकारीका अनुसार— उच्च अदालत पाटनमा नौ वटा मुद्दा परेकोमा रिट…
Read More
महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौंडा, मंसिर १४ गते । मकवानपुरका ११ विभिन्न राजनीतिक दल र समूहहरूले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयलाई दबावमूलक ध्यानाकर्षण पत्र बुझाउँदै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तार कार्य तत्काल अघि बढाउन माग गरेका छन्। दशकौँदेखि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रका मुद्दामा संघर्ष गर्दै आएको जनाउँदै उनीहरूले ५० वर्षअघि नै तय गरिएको बीच–रेखादेखि दायाँबायाँ २५–२५ गज सडक विस्तार मापदण्डलाई अब सूचना मात्र नभई कार्यान्वयनको चरणमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। सडक सीमाभित्र पर्ने वास्तविक पीडितलाई मुआब्जाको व्यवस्था गर्न, जिल्ला तथा नगरभित्रका सार्वजनिक जमिनको सीमाङ्कन गरी संरक्षण गर्न र वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग…
Read More
मनकामना सामुदायिक वन उपभोक्ता समूहद्वारा सिर्जा माया पाख्रीनप्रति श्रद्धाञ्जली

मनकामना सामुदायिक वन उपभोक्ता समूहद्वारा सिर्जा माया पाख्रीनप्रति श्रद्धाञ्जली

मनहरी, मंसिर १४ गते । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा सिर्जा माया पाख्रीनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। समूहले शोकग्रस्त परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै औपचारिक रुपमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको हो। वि.सं. १९८३ मंसिर १९ गते जन्मिएकी सिर्जा माया पाख्रीनको वि.सं. २०८२ कार्तिक २३ गते ९९ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ। उनी मनहरी गाउँपालिका–२ अन्तर्गत पर्ने मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष तथा हालका वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा तथा गणेश बहादुर पाख्रीन र कल्पना पाख्रीनकी आमा थिइन्। श्रद्धाञ्जली पत्र समूहका सचीव सुर्य बहादुर गोलेले…
Read More
मकवानपुरबाट नेकपा एमाले ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन, सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट नेताहरूको सहभागिता सुनिश्चित

मकवानपुरबाट नेकपा एमाले ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन, सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट नेताहरूको सहभागिता सुनिश्चित

हेटौंडा, मंसिर १४ गते । आगामी मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुन गइरहेको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि बन्न सफल सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई व्यक्त गर्दै, उनीहरूको आगामी भूमिका देश, पार्टी र संगठनिक आवश्यकताअनुसार सशक्त रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिमा चयन भएका कमरेडहरू: – क. नवीन सिग्देल (खुल्ला) – क. सुनिल मोक्तान (खुल्ला) – क. फुर्बा दोर्जे लामा (खुल्ला) – क. अणराज जर्गा मगर (खुल्ला) – क. आरती पाठक (महिला) – क. सीता बिष्ट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.