२०८२ माघ १९, सोमबार २०:४९
२०८२ माघ १९, सोमबार २०:४९
हेटौँडा, माघ १९ गते । हेटौडाले सामुदायिक (सरकारी) शिक्षाका माध्यमबाट देशमा ठूलो योगदान पुर्याउँदै आएको भन्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामाले यहाँका सामुदायिक विद्यालयहरूप्रति गर्व व्यक्त गरेकी छन्। हेटौडा–१५ स्थित बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ जन्मजयन्ती तथा स्वर्ण जयन्ती मनाएको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै मेयर लामाले विद्यालयको शैक्षिक योगदानको उच्च प्रशंसा गरेकी हुन्। उनले विद्यालयका संस्थापकहरू, हालसम्मका व्यवस्थापकहरू, यस विद्यालयबाट शिक्षा आर्जन गरेका सम्पूर्ण विद्यार्थीहरू तथा कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। मेयर लामाका अनुसार हेटौडालाई शिक्षाको केन्द्र बनाउने सपना विस्तारै पूरा हुँदै गएको छ। “हामीले सामुदायिक विद्यालयमा आधुनिक तथा गुणस्तरीय शिक्षा र शिक्षणमा…