स्थानीय

मनहरी–६ मा माघ २७ गते एचपिभी खोप अभियान सञ्चालन हुने

मनहरी–६ मा माघ २७ गते एचपिभी खोप अभियान सञ्चालन हुने

मनहरी गाउँपालिका, माघ २५ गते । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ मा एचपिभी (HPV) खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न छलफल कार्यक्रमपछि माघ २७ गतेबाट खोप अभियान सुरु गर्ने निर्णय गरिएको हो। छलफल अनुसार वडाभित्र तीन स्थानलाई खोप केन्द्रका रूपमा तोकिएको छ। रेड एन्जल बोर्डिङ स्कुल, राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरी र सगरमाथा आधारभूत विद्यालयबाट खोप सेवा प्रदान गरिनेछ। यस अभियानमार्फत ५४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य केन्द्रले जनाएको छ। मनहरी–६ का वडा अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा वडा सदस्य विष्णु राई, सञ्चारकर्मी जयराम मुक्तान तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता…
Read More
मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना

मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना

हेटौँडा, माघ २५ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरका जनता उत्साहित र सन्तुष्ट देखिएको बताएका छन्। नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई विद्यमान संकटबाट मुक्त गर्दै विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको धारणा राखे। उम्मेद्वार रानाले कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अन्योलमा नपरी आत्मविश्वासका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे। उनले संगठनात्मक एकता र जनसम्पर्कलाई बलियो बनाउँदै चुनावी मैदानमा होमिनु आवश्यक रहेको बताए। भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता र राष्ट्रिय…
Read More
‘जेन–जि विद्रोहपछि देश पूर्णरूपमा निर्वाचनमय बनेको छ’ : महेश नेपाली (आरोह)

‘जेन–जि विद्रोहपछि देश पूर्णरूपमा निर्वाचनमय बनेको छ’ : महेश नेपाली (आरोह)

हेटौँडा, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार महेश नेपाली (आरोह) ले जेन–जि विद्रोहपछिको राजनीतिक परिवेशले मुलुकलाई पूर्णरूपमा निर्वाचनमय बनाएको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रेडियो भरोसा युट्युब च्यानलले सञ्चालन गरेको ‘निर्वाचन विशेष संवाद’ कार्यक्रमको दोस्रो अङ्कमा सहभागी हुँदै उनले अहिले गाउँघरदेखि गल्ली, चोकचोकसम्म निर्वाचन केन्द्रित बहस र चासो व्यापक रूपमा चलेको बताए। उनका अनुसार देश कुन दिशामा जाने, कुन राजनीतिक दल जनताको मन जित्न सफल हुन्छ, बहुमत कसले हासिल गर्छ भन्ने जिज्ञासाबीच नेपाली समाज अहिले गम्भीर छलफलको चरणमा गुज्रिरहेको छ। सोही सन्दर्भमा विप्लव नेतृत्वको…
Read More
“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

हेटौंडा, माघ २१ गते । सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले चुनावलाई नयाँ–पुरानो पार्टी छुट्याउने प्रतिस्पर्धा नभई नैतिकता र इमान्दारी नाप्ने परीक्षाका रूपमा बुझ्न आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै महतले गलत उम्मेदवारलाई समर्थन गर्दा बहादुरी नहुने, बरु आँखा चिम्लेर भीडको पछि लाग्ने प्रवृत्तिले अन्ततः देशमाथि बोझ थपिने बताएका छन्। उनले भोट माग्ने प्रक्रिया नाटकको संवादजस्तो हुन नहुने उल्लेख गर्दै जनताको भावनासँग खेल्नु विश्वासमाथि गरिएको आघात भएको टिप्पणी गरेका छन्। “आज यही घातलाई राजनीति भनेर सजाइँदैछ,” उनको भनाइ छ। महतले टोपी, झण्डा र अनुहार फेरिए पनि धेरै उम्मेदवारको नियत नफेरिने यथार्थ…
Read More
विद्यालय तहबाटै खेलकुदको आधार निर्माण आवश्यक : वडा अध्यक्ष सिग्देल

विद्यालय तहबाटै खेलकुदको आधार निर्माण आवश्यक : वडा अध्यक्ष सिग्देल

हेटौँडा, माघ २१ गते । हेटौँडा–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन्। भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ द्वारा आयोजित प्रथम सप्ताह व्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनु पर्ने बताए। अध्यक्ष सिग्देलले खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंगका रूपमा विद्यालयबाटै समावेश गर्न सकिएमा विद्यार्थीको शारीरिक मात्र होइन, मानसिक विकास समेत सुदृढ हुने उल्लेख गरे। अतिरिक्त क्रियाकलापले शिक्षालाई व्यवहारिक र सार्थक बनाउने भएकाले खेलकुद क्रियाकलाप अपरिहार्य रहेको उनको भनाइ थियो। कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्र कुमार बस्ताकोटी, नारायण प्रसाद तिमल्सिना, कृष्ण कँडेल…
Read More
निर्वाचनको मुखमा हेटौंडामा नेपथ्य कन्सर्ट, आचारसंहिता उल्लंघन र मिडिया निषेधले चर्कियो विवाद

निर्वाचनको मुखमा हेटौंडामा नेपथ्य कन्सर्ट, आचारसंहिता उल्लंघन र मिडिया निषेधले चर्कियो विवाद

हेटौँडा, माघ २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हेटौंडामा आयोजना गरिएको चर्चित सांगीतिक समूह नेपथ्यको कन्सर्टले व्यापक विवाद जन्माएको छ। निर्वाचन आउन एक महिना पनि नबाँकी रहेको अवस्थामा बुधबार साँझ हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा सम्पन्न कन्सर्टलाई लिएर निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप उठेको हो। रमाइलो इभेन्ट्स हेटौंडाको आयोजनामा भएको कन्सर्टमा ८ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकको दाबी छ। सामान्य टिकट १५ सय र भिआइपी टिकट ४ हजार रुपैयाँ निर्धारण गरिएको थियो। तर कन्सर्टको समय र परिवेशले राजनीतिक उद्देश्य मिसिएको आशंका जन्माएको भन्दै स्थानीयस्तरमा विरोध सुरु भएको छ। नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले सामाजिक…
Read More
“भाषण होइन, निरन्तर संघर्ष र जनसेवामै माओवादी” : घरदैलो अभियानमा रामबहादुर घलान (वाटर)

“भाषण होइन, निरन्तर संघर्ष र जनसेवामै माओवादी” : घरदैलो अभियानमा रामबहादुर घलान (वाटर)

हेटौँडा, माघ २० गते । मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर घलान (वाटर) ले चुनाव जित्नु वा हार्नु भन्दा पनि जनताका मुद्दा निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। रेडियो भरोसाको युट्युब च्यानलमार्फत प्रसारित निर्वाचन विशेष संवाद कार्यक्रममा बोल्दै उनले आफू नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट गुलाब चिन्ह लिएर घरदैलो अभियानमा रहेको जानकारी गराएका हुन्। घरदैलो अभियानलाई तीव्र बनाइरहेका घलानले अभियानका क्रममा जनताबाट अपार माया र विश्वास पाएको बताए। उनका अनुसार जनताले माओवादी पार्टीलाई देश बचाउने, किसान, सुकुम्बासी, श्रमिक तथा जेन–जि पुस्ताको आवाज उठाउने वास्तविक पार्टीको रूपमा लिएका छन्। विशेषतः मध्यवर्ती क्षेत्र, उत्तरी भेगका जनताको जीविकोपार्जन, गाँजा…
Read More
मकवानपुरगढीमा ‘काम गर्ने नेतृत्व’को माग चर्कियो, युवा उम्मेदवार विजय गौतमप्रति बढ्दो समर्थन

मकवानपुरगढीमा ‘काम गर्ने नेतृत्व’को माग चर्कियो, युवा उम्मेदवार विजय गौतमप्रति बढ्दो समर्थन

मकवानपुरगढी, माघ २० गते । मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहका साथ सम्पन्न भएका छन्। कार्यक्रमहरूमा देखिएको व्यापक जनसहभागिताले स्थानीय तहमा युवा उम्मेदवार विजय गौतमको पक्षमा चुनावी माहोल मजबुत बन्दै गएको संकेत गरेको छ। गाउँपालिका–४ कालिखोलामा बिक्रम योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजकुमार खड्काले स्वागत मन्तव्य राखे। यस्तै, गाउँपालिका–२ को बासपानी कुर्लेमा गङ्गा थापाको अध्यक्षतामा र गाउँपालिका–१ आपधापमा बिकलाल लामाको अध्यक्षतामा छुट्टाछुट्टै कार्यक्रमहरू सम्पन्न भए। कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पुराना राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै अब व्यवहारमा काम देखाउने नेतृत्व चाहिएको बताएका छन्। उनीहरूले युवा उम्मेदवार विजय गौतमलाई चुनाव…
Read More
“भाषण होइन, परिणाम देखाउने नेतृत्व चाहिन्छ” : लवशेर विष्ट

“भाषण होइन, परिणाम देखाउने नेतृत्व चाहिन्छ” : लवशेर विष्ट

हेटौँडा, माघ २० गते । मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लवशेर विष्टले आफू नाराभन्दा काममा विश्वास गर्ने नेता भएको स्पष्ट पारेका छन्। नेकपा कैलाश गाउँपालिका कमिटीद्वारा मंगलबार कालिकाटारमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए। “म बोलेर लोकप्रियता खोज्ने नेता होइन, काम गरेर भरोसा जित्न चाहन्छु,” विष्टले भने, “जनजीविका, रोजगारी, विकास र सुशासन मेरो प्राथमिक एजेन्डा हो।” उनले पार्टीप्रति जनविश्वास थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ बलियो बनाउने विषयमा व्यापक छलफल गरिएको…
Read More
मनहरीबाट भारतीय नम्बरको कारसहित १० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

मनहरीबाट भारतीय नम्बरको कारसहित १० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

हेटौँडा, माघ १९ गते । जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट प्रहरीले १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आज करिब ४ः३० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकी राखिएको UP32FF0055 नम्बरको भारतीय कारलाई जाँच गरेको थियो। शंका लागी रित पूर्वक खानतलासी गर्ने क्रममा कारको डिक्कीमा लुकाई छिपाई राखिएको अवस्थामा १० किलो १२४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार चालक भारत उत्तर प्रदेश मुजफ्फरनगर जिल्ला सिखेडा कवल निवासी २३ वर्षीय मुसिर रहेका छन्। सोही गाडीमा सवार भारत उत्तर प्रदेश मुजफ्फरनगर निवासी २४ वर्षीय मौ जुबेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.