स्थानीय

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौँडा, फागुन ४ गते । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि "स्वतन्त्र उम्मेदवार मकवानपुर क्षेत्र नम्बर १ का अमिक परियार" ले आज हेटौंडा उपमहानगरपालिका–हटियामा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई आफ्ना एजेन्डा र प्रतिबद्धता स्पष्ट रूपमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको परियारले बताए। उनले “सुशासन, विकास र पारदर्शतासहित पृथ्वीपथमा मार्गदर्शन” भन्ने मूल नारासहित करिब २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। घोषणापत्रमा किसानका समस्या समाधान गर्न कानुन निर्माण, कृषि उद्योग र व्यवसायमा आधारित वार्षिक ५ हजार रोजगारी सिर्जना, प्रत्येक वडामा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गरी वैज्ञानिक मूल्य निर्धारण,…
Read More
हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

हेटौँडा, फागुन ३ गते । हेटौंडा उपमहानगरपालिकामा ‘सेटिङ’को संस्कृति मौलाउँदै गएको र जनताको आवाज बन्द कोठामा दबाइँदै गएको गम्भीर आरोप सार्वजनिक भएको छ। अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उपमहानगरपालिकामा फोहोर व्यवस्थापनदेखि शिक्षा, खानेपानी, वातावरण, खेलकुद खरिद र सामाजिक कार्यक्रमसम्म व्यापक बेथिति व्याप्त रहेको दाबी गरेका हुन्। महतले फोहोर व्यवस्थापनको ठेक्का पाएको ग्रिन एन्ड सिटी कम्पनीको लापरबाहीका कारण डम्पिङ साइटमा बारम्बार आगलागी भइरहेको, त्यसबाट निस्कने विषालु धुवाँले नागरिक र जीवजन्तुको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको उल्लेख गरेका छन्। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करोडौँ रुपैयाँ संकलन हुने फोहोर व्यवस्थापनबाट उपमहानगरपालिकाले जम्मा पाँच लाख…
Read More
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

हेटौँडा, फागुन ३ गते । नेकपा एमाले मकवानपुर जिल्लाको निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेद्वारको जित सुनिश्चित हुने ठोस आधारहरू देखिएको निष्कर्ष निकालेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पन्न बैठकमा विगत निर्वाचनमा प्राप्त मत सुरक्षित गर्दै नयाँ चुनौतीको सामना गर्न सबै नेता तथा कार्यकर्ता अझ सक्रिय, सतर्क र एकजुट हुनुपर्नेमा जोड दिइएको छ । प्रचार–प्रसारका कार्यक्रमलाई थप प्रभावकारी र परिणाम मुखी बनाउने निर्णय गरिएको निर्वाचन परिचालन समितिका प्रचार प्रमुख नवीन सिग्देलले जानकारी दिएको छ । बैठकमा प्रस्तुत विवरण अनुसार उम्मेद्वारहरू कार्यकर्ता तथा मतदाता माझ पुग्दा उल्लेखनीय उत्साह देखिएको…
Read More
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौँडा, फागुन १ गते । हेटौंडामा अवस्थित शिवम सिमेन्ट उद्योगबाट वर्षौंदेखि फैलिँदै आएको धुलो–धुवाँका कारण स्थानीय बस्तीमा गम्भीर स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीयवासी शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा थिए। तर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरोकारवाला पक्षबीच वार्ताको वातावरण मिलाइदिने पहल गरेपछि आन्दोलन हाललाई स्थगित गरिएको छ। उद्योग प्रतिनिधि राजेन्द्र शर्माले समस्या समाधानका लागि तत्काल वार्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएसँगै फागुन ४ गते स्थानीयको उपस्थितिमा छलफल गर्ने सहमति भएको हो। सेवा, सहयोग र आवाजमा सक्रिय अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा हाललाई आन्दोलन स्थगित गरिए पनि समस्या समाधानको स्पष्ट बाटो नखुलेसम्म निरन्तर दबाब…
Read More
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै मेयर मिना लामाद्वारा लक्ष्मी आधारभूत विद्यालयको प्रशंसा

आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै मेयर मिना लामाद्वारा लक्ष्मी आधारभूत विद्यालयको प्रशंसा

हेटौँडा, फागुन १ गते । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने उद्देश्यले सरकारले लागू गरेको आधारभूत शिक्षा प्रणालीले माध्यमिक तहको बलियो जग हाल्ने काम गरेको मिना लामाले बताएकी छन्। संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुका साथै आधारभूत शिक्षालाई निःशुल्क बनाएको उल्लेख गर्दै उनले यसले नेपाली समाज र शिक्षा प्रणालीमा आधारभूत शिक्षाको महत्व प्रष्ट पारेको बताएकी हुन्। मेयर लामाले शिक्षाका क्षेत्रमा गरिएको विभिन्न अनुसन्धानहरू उद्धृत गर्दै कक्षा १ मा भर्ना भएका धेरै बालबालिका कक्षा ८ सम्म पुग्दा बीचमै विद्यालय छोड्ने समस्या गम्भीर चुनौती बनेको उल्लेख गरेकी छन्। अनिवार्य निःशुल्क शिक्षा लागू हुँदाहुँदै पनि ५–१२ वर्ष उमेर समूहका करिब ६.२ प्रतिशत बालबालिका…
Read More
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको भव्य र्याली

हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको भव्य र्याली

हेटौँडा, फागुन १ गते । शिक्षा र खेलकुदलाई समान महत्व दिनुपर्ने सन्देशसहित हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजनामा बृहत् शैक्षिक खेलकुद र्याली सम्पन्न भएको छ। तेस्रो वडा–स्तरीय खेलकुद महोत्सवको अवसरमा निकालिएको र्यालीले विद्यार्थीको सर्वाङ्गीण विकासमा शिक्षा र खेलकुद दुवै अपरिहार्य रहेको सन्देश प्रवाह गरेको थियो। र्यालीको उद्घाटन गर्दै संविधानसभा सदस्य तथा प्रमुख अतिथि अनन्त पौडेलले वडा कार्यालयले भौतिक पूर्वाधारसँगै शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्नु प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउनुका साथै भविष्यका सक्षम खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ थियो। वडा अध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुद वडा नं. ४ का मुख्य प्राथमिकता भएको…
Read More
शिवम सिमेन्टको बेवास्ता विरुद्ध भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा

शिवम सिमेन्टको बेवास्ता विरुद्ध भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा

हेटौँडा, माघ २९ गते । शिवम सिमेन्ट उद्योगका कारण बालबालिका तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरिने भएको छ। उद्योगले पटक–पटक गरिएका ध्यानाकर्षण र गुनासालाई बेवास्ता गर्दै आएको आरोपसहित आन्दोलनको घोषणा गरिएको हो। अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार, उद्योगबाट उत्पन्न धुलो, प्रदूषण र त्यसले पार्ने दीर्घकालीन स्वास्थ्य जोखिमप्रति सम्बन्धित निकाय र उद्योग स्वयं गम्भीर नबनेको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको जनाइएको छ। सूचनामा भोलिदेखि शिवम सिमेन्ट उद्योग प्राङ्गणमा बिहान ९ बजेदेखि ११ बजेसम्म शान्तिपूर्ण आन्दोलन गरिने उल्लेख छ। आन्दोलनमा प्रभावित वडाबासी, सचेत नागरिक, सामाजिक अभियन्ता…
Read More
“सही चालक नछाने दुर्घटना हुन्छ, गलत प्रतिनिधि चुन्दा देश नै दुर्घटनामा पर्छ” – विशाल राज महत

“सही चालक नछाने दुर्घटना हुन्छ, गलत प्रतिनिधि चुन्दा देश नै दुर्घटनामा पर्छ” – विशाल राज महत

हेटौँडा, माघ २८ गते । अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले अनुभवविनाको ज्ञान र जनताबाट टाढा रहेका नेताहरूको कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् राखेको स्टाटसमा मतदानको महत्व र सही प्रतिनिधि छनोटको आवश्यकता स्पष्ट रूपमा औंल्याएका हुन्। महतले ‘आप’को उदाहरण दिँदै अनुभव नगरी गरिने गहिरा व्याख्या र भाषण केवल कागजी हुने बताएका छन्। “जसले कहिल्यै आप खाएकै छैन, उसले आपबारे हजार पानाको किताब लेख्ला, तर आप कति मिठो हुन्छ भन्ने अनुभूति उसलाई हुँदैन,” भन्दै उनले अनुभवविनाको ज्ञान जनताको जीवनसम्म नपुग्ने उल्लेख गरेका छन्। उनका अनुसार सामाजिक भावनासँग नजोडिएका, जनताको दुःख–सुख नछोएका व्यक्तिहरू भाषण र चिल्ला गफमा मात्रै सीमित…
Read More
मनहरी–२ मा कक्षा ६ का छात्रालाई एचपिभी खोप अभियान सुरु हुने

मनहरी–२ मा कक्षा ६ का छात्रालाई एचपिभी खोप अभियान सुरु हुने

मनहरी, माघ २७ गते । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ्टाँडीमा रहेको श्री सीता माध्यमिक विद्यालयमा एचपिभी (HPV) खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ। सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न छलफलबाट माघ २९ गते विद्यालयमै खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो। छलफलको निष्कर्षअनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरी एचपिभी खोप सेवा उपलब्ध गराइनेछ। स्वास्थ्य केन्द्रका अनुसार यो अभियान यस वर्षदेखि नियमित रूपमा सञ्चालन गरिनेछ र हरेक वर्ष कक्षा ६ का छात्राहरूलाई खोप लगाइने योजना बनाइएको छ। कार्यक्रमसम्बन्धी छलफलमा मनहरी–२ का वडा अध्यक्ष राजकुमार पाख्रीन, श्री सीता माविका प्रधानाध्यापक विशाल घलान, दिगो…
Read More
बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

हेटौँडा, माघ २७ गते । मकवानपुर क्षेत्र नम्बर १ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब २१ जना दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन्। तीमध्ये स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चौलागाई पनि आफ्ना स्पष्ट चुनावी एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। रेडियो भरोसाको युट्युब च्यानलमार्फत प्रसारित ‘निर्वाचन विशेष संवाद’ कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुँदै स्वतन्त्र उम्मेदवार चौलागाईले नेपालका प्रमुख राजनीतिक दलहरूले लामो समय शासन गरे पनि देशलाई विकासको दिशामा अघि बढाउन नसकेको आरोप लगाए। उनले युवा जनशक्ति विदेश पठाएर सत्तामा रहेका दलहरू मोजमस्तीपूर्ण शासन पद्धतिमा रमाइरहेको र त्यसकै कारण देशका संरचना ध्वस्त हुँदै गएको बताए। आफू स्वतन्त्र उम्मेदवार बनेको मुख्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.