२०८२ आश्विन २, बिहीबार १९:५६
२०८२ आश्विन २, बिहीबार १९:५६
हेटौडा, अशोज २ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी पुस्ताको आन्दोलनलाई छोपेर सुनियोजित घुसपैठ भएको बताएका छन्। प्रदेशसभा लगायत सरकारी संरचनामा भएको क्षतिको निरीक्षणपछि उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संघीय गणतन्त्रकै आधारमाथि प्रहार भएको दाबी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिएको उल्लेख गर्दै बानियाँले आगजनी र तोडफोड भएको प्रदेशसभाको पुनर्निर्माण दशैंपछि सुरु हुने बताएका छन् । सभामुखको राजीनामा प्रकरणबारे दलहरूसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ रहेको छ ।