२०८२ आश्विन २५, शनिबार १५:०४
२०८२ आश्विन २५, शनिबार १५:०४
काठमाडौं, अशोज २५ गते । खोजमूलक पत्रकारितामा सक्रिय पत्रकार दिवाकर शाहले एक सनसनीपूर्ण तथ्य सार्वजनिक गर्दै देश अब विदेशी शक्तिको चङ्गुलमा फस्न लागेको गम्भीर दाबी गरेका छन्। मध्यरातमा प्रधानमन्त्री सुशील कार्कीको निवासमा ‘दूतावासका गाडीहरू’ प्रवेश गर्ने गरेको उल्लेख गर्दै शाहले यस विषयमा तत्कालीन सिसीटिभी फुटेज सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। पत्रकार शाहका अनुसार पछिल्ला राजनीतिक घटना र आन्दोलनका क्रममा देशभित्र विदेशी चलखेल तीव्र रूपमा बढ्दै गएको छ। उनले भने, “देशलाई प्रयोगशालाको रूपमा प्रयोग गर्न खोजिएको छ। केही आइएनजी व्यक्तिहरू ‘जिन जि’ नाममा नेतृत्व भूमिकामा देखिँदैछन्, जसले देशलाई रणभूमि बनाउन खोजिरहेका छन्।” शाहले आफू २३ र २४ गतेका ‘जिन जि…