२०८२ भाद्र ३०, सोमबार ११:५०
२०८२ भाद्र ३०, सोमबार ११:५०
काठमाडौं, भदौ ३० गते । काठमाडौँ नयाँ बानेश्वरस्थित संसद् भवन संघीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ २४ गते भएको आगजनी, तोडफोड तथा लुटपाटपछि संघीय संसद सचिवालयले हराएका मालसामान फिर्ता गर्न सार्वजनिक आह्वान गरेको छ। सचिवालयको स्थलगत निरीक्षण र प्राप्त विभिन्न सूचनाअनुसार टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेलिभिजन, मोनिटर, माइक, मिक्सर, स्पिकर, फोटोकपी मेसिनसहितका विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको पुष्टि भएको छ। सचिवालयले ती मालसामान जो–कोही व्यक्तिसँग भए तत्काल फिर्ता गरिदिन र ती सामग्री जहाँ रहेका छन् वा जसले लगेको हो भन्ने जानकारी भएमा सूचना दिन आग्रह गरेको छ। साथै, घटनासम्बन्धी भिडियो उपलब्ध गराएमा सहयोग हुने बताइएको छ। सचिवालयले भिडियो वा जानकारी…