२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
हेटौंडा। हिजो मे १ तारिख, विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामका साथ मनाइयो। यो दिन संसारभरका श्रमजीवी वर्गले आफ्नो हकअधिकार र सम्मानका लागि गरेको सङ्घर्षको सम्झना गर्ने दिन हो। १३५ वर्षअघि अमेरिकाको शिकागो सहरमा आठ घण्टे कार्यदिनको माग गर्दै भएको आन्दोलनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् १८८६ मा भएको त्यो ऐतिहासिक आन्दोलनले विश्वभरका श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्यो। नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो। तर, यी सबै कार्यक्रमका बीच एउटा कटु सत्य भने अझै जीवन्त छ - नेपालका लाखौं मजदुरहरूको अवस्थामा खासै सुधार आउन सकेको छैन। अहिले पनि धेरै नेपाली श्रमिक चर्को घाम होस् या…