समाचार

कक्षा १२ को परीक्षा वैशाख २१ गते देखि हुने

कक्षा १२ को परीक्षा वैशाख २१ गते देखि हुने

काठमाडौं। कक्षा १२ को परीक्षा सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि तय भएको परीक्षा सारेर २१ गतेदेखि तय गरेको हो। शिक्षक आन्दोलनका कारण परीक्षा सम्भव नदेखिएपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनमा छन् । यसैबीच हिजो शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा बुझाएकी थिइन।
Read More
अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यही ११ गते हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। साथै परीक्षा बोर्डले परीक्षार्थी विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा तयारी गर्न पनि आग्रह गरेको छ। अहिले भइरहेको शिक्षक तथा कर्मचारीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने नहुने अन्यल रहेको थियो। आज बसेको बैठक बोर्डले सबै तहका जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालनको तयारी गर्न पनि विशेष अनुरोध गरेको छ।
Read More
जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोट। जाजरकोटमा पछिल्लो दिनहरूमा भूकम्पको धक्का पटकपटक गइरहेको छ। हिजो सोही अनुरूप राति ९:११ मिनेट जाँदा जाजरकोटको पैक भन्ने स्थानलाई मुख्य केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको र फेरि पुनः ७ घण्टाको अन्तरालमा आज बिहान ४ बजेर ५३ जाँदा अर्को भूकम्पको धक्का गएको छ। पटकपटक सात घण्टाको अन्तरालले गएको भूकम्प बिहान कुशे गाउँपालिकाको पैकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यस अघि पनि गत चैत्र २१ गते साँझ ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटकसम्म भूकम्प गएको थियो। गएको पहिलो भूकम्प भने…
Read More
मेचिनगरमा वैशाख ३ गते स्थानीय सार्वजनिक विदा

मेचिनगरमा वैशाख ३ गते स्थानीय सार्वजनिक विदा

मेचिनगर । झापा जिल्लाको मेचिनगर नगरपालिकाले पालिकाभित्र वैशाख ३ गते स्थानीय सार्वजनिक विदा दिएको छ । मेचे जातिको महान पर्व बैसागु बथरको दिन नगरले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैसागु बथरको उपलक्ष्यमा सम्पूर्ण मेचे समुदायमा सुख, शान्ती र समृद्धिको कामना गर्दै मेचिनगर नगरपालिका क्षेत्रभित्र मिति २०८२/०१/०३ गते बुधबारका दिन स्थानीय सार्वजनिक विदा गरेको हो । विदाको दिन नगर कार्यपालिकाको कार्यलय र मातहतका कार्यलयहरु तथा नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानीय सार्वजनिक विदा हुने निर्णय गरेको छ ।
Read More
अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा। झापाको अर्जुनधारा स्थित जलेश्वरधामले बुधबार १९ जोडी नव दुलाह–दुलहीको सामूहिक विवाह सम्पन्न गरेको छ। धामका अध्यक्ष नविन गट्टानीको २५ औं जन्मोत्सव तथा सनातनी धर्मको प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो। सामूहिक विवाहका प्रमुख अतिथि संघीय सांसद तथा सभामुख देवराज घिमिरे थिए। उनले नवविवाहित जोडीलाई शुभकामना दिँदै मानव जीवनको सुरुवातसँगै आएको महत्वपूर्ण दिनलाई सुनौलो बनाउन प्रेरित गरे। सभामुख घिमिरेले जलेश्वरधामको चौतर्फी विकास आवश्यक रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। आर्थिक रूपमा कमजोर परिवारलाई विवाहमा सहजता प्रदान गर्न धामको अगुवाइमा अध्यक्ष गट्टानीले विशेष पहल गरेका थिए। मुख्य अर्चक अग्नी सिग्देलका अनुसार केही…
Read More
गोलि लागि एक सैनिक जवानको मृत्यु

गोलि लागि एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन् । ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । खनालका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरि फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो ।
Read More
बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

ललितपुर। ललितपुरमा दाईले नै बहिनीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ११ वर्षिया दुर्गा बोहराको हत्या भएको हो। हत्याका संलग्न उनका १५ वर्षिय दाईलाई प्रहरीले पक्राउ गरेको छ। गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्याङकीमा भेटिएको थियो। दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन्।
Read More
सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरी। सुनसरी सिमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं - २ स्थित यादव टोलदेखि पश्चिम रा.सी जाने बाटोमा सोमबार साँझ गोली हानाहान भएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव र शिवु मेहता रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read More
रौतहटमा बदेल थाप्ने धरापमा परि एक महिलाको मृत्यु,दुई जना व्यक्ति पक्राउ

रौतहटमा बदेल थाप्ने धरापमा परि एक महिलाको मृत्यु,दुई जना व्यक्ति पक्राउ

रौतहट। रौतहटमा जङ्गली बदेललाई मार्न राखिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। किसानले लगाएको बालीलाई बदेलले निकै दुःख दिन थालेपछि बदेल मार्नका निम्ति राखिएको धरापमा परी उक्त महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा वर्ष ४५ की फुलमतिया देवी रहेको प्रहरीले जानकारी दिएको छ। उनको मृत्यु भने  स्थानीय सुशील विश्वकर्माको मकैको खेतमा जङ्गली बदेललाई मार्नका निम्ति लगाएको नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका अवस्थामा सोही बखत उक्त बाटो हुँदै आउने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। जब बदेल मार्नको निम्ति छापिएको धरापमा स्थानीय मृत अवस्थामा भेटेपछि सो घटनालाई लुकाउन सुशील विश्वकर्मा र जितेन्द्र पटेलले उक्त महिलाको सबलाई घटनास्थलबाट…
Read More
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका २ माथिल्लो भंगाल लामिछाने टोलमा करिब २६ लाखभन्दा रुपैयाँ बराबरको चोरी हुन पुगेको छ। भङ्गाल लामिछाने टोलमा बस्ने भरतराज श्रेष्ठको घरबाट नगद रु ७० हजार र घरमा राखिएको १४ तोला बराबरको सुनको विभिन्न गरगहनाहरू समेत गरी मोटामोटी लगभग २६ लाख ७० हजार बराबरको धनमाल चोरी भएको हो। प्रहरीको अनुसार घरमा कोही नभएको मौका पारेर हिजो राति चोरी गर्ने व्यक्तिहरूले उक्त परिमाणको नगद र गरगहनालाई चोरी गरेर भागेको हुन। चोरी गर्ने व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.