समाचार

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरी। सुनसरी सिमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं - २ स्थित यादव टोलदेखि पश्चिम रा.सी जाने बाटोमा सोमबार साँझ गोली हानाहान भएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव र शिवु मेहता रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read More
अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा। झापाको अर्जुनधारा स्थित जलेश्वरधामले बुधबार १९ जोडी नव दुलाह–दुलहीको सामूहिक विवाह सम्पन्न गरेको छ। धामका अध्यक्ष नविन गट्टानीको २५ औं जन्मोत्सव तथा सनातनी धर्मको प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो। सामूहिक विवाहका प्रमुख अतिथि संघीय सांसद तथा सभामुख देवराज घिमिरे थिए। उनले नवविवाहित जोडीलाई शुभकामना दिँदै मानव जीवनको सुरुवातसँगै आएको महत्वपूर्ण दिनलाई सुनौलो बनाउन प्रेरित गरे। सभामुख घिमिरेले जलेश्वरधामको चौतर्फी विकास आवश्यक रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। आर्थिक रूपमा कमजोर परिवारलाई विवाहमा सहजता प्रदान गर्न धामको अगुवाइमा अध्यक्ष गट्टानीले विशेष पहल गरेका थिए। मुख्य अर्चक अग्नी सिग्देलका अनुसार केही…
Read More
जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

आज राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गाएको छ। शुक्रबार बेलुकी एकैपटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ।
Read More
लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालतले थुना पठाउने आदेश गरेको हो। जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजलासले रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत रूपन्देहीको आदेशलाई बदर गर्दै थुना पठाउने आदेश जारी गरेको हो।
Read More
काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनःफर्के कार्यालयमा

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनःफर्के कार्यालयमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन्। बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन्। नगर प्रहरीले नगरप्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्। काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७ गतेदेखि गुरागाईंलाई कार्यालयबाट हटाएको थियो।
Read More
घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

इटहरी। सुनसरीको कोशी गाउँपालिकाबाट ७ वर्षीया वालिकाको अपहरण भएको छ । कोशी गाउँपालिका वडा नं ७, मुसहरी टोलमा बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी इशु सदाको अपहरण भएको हो । हिजो (बुधवार) दिउँसो १ः४० बजे इशु घर अगाडि खेल्दै गर्दा अपरिचित व्यक्तिले सिटी सफारीमा अपहरण गरेर लगेको थियो। वालिका अपहरणमा परेको हल्ला भए लगतै वडा नं ७ का वडाध्यक्षले प्रहरी चौकी हरिपुरलाई खबर गरेका थिए । सूचना प्राप्त हुने साथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले इशुको घरमा पुगेर सोधपुछ गर्दा, अपहरण गर्ने व्यक्तिको बारेमा कसैलाई थाहा नभएको पाइएको थियो। तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेजको विश्लेषण गरेर र…
Read More
पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

पाँचथर। पाँचथर जिल्लाको कुम्मायकमा डडेलोमा पारी एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका ३ की प्रतिमा सम्बाहाम्फे रहेको खुलेको छ। डढेलो आगो भने ताम्राखु जङ्गलमा लागेको बताइएको छ। डडेलोको कारणले घाइते भएकी प्रतिमालाई उपचारको लागि धरान पठाएकोमा धनकुटाको भेडेटार पुग्दा उनको बाटैमा मृत्यु भएको बताएको छ। घाँस काट्न जङ्गल छिरेको बेला जङ्गलमा लागेको डडेलोमा परी उनी घाइते भएकी थिइन्। उनीसँग अन्य चारजना साथीहरू पनि जंगलमा लागेको आगोको कारण घाइते पाँचथर प्रहरीले जानकारी दिएका छन्। डडेलमा परी सबिना सम्बाहाम्फे, सिवाना सम्बाहाम्फे र निरमाया सम्बाहम्फेलाई उपचारको लागि बीपी मेमोरियल अस्पताल धरान पुर्‍याएको बताएको छ। घाइते…
Read More
रौतहटमा बदेल थाप्ने धरापमा परि एक महिलाको मृत्यु,दुई जना व्यक्ति पक्राउ

रौतहटमा बदेल थाप्ने धरापमा परि एक महिलाको मृत्यु,दुई जना व्यक्ति पक्राउ

रौतहट। रौतहटमा जङ्गली बदेललाई मार्न राखिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। किसानले लगाएको बालीलाई बदेलले निकै दुःख दिन थालेपछि बदेल मार्नका निम्ति राखिएको धरापमा परी उक्त महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा वर्ष ४५ की फुलमतिया देवी रहेको प्रहरीले जानकारी दिएको छ। उनको मृत्यु भने  स्थानीय सुशील विश्वकर्माको मकैको खेतमा जङ्गली बदेललाई मार्नका निम्ति लगाएको नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका अवस्थामा सोही बखत उक्त बाटो हुँदै आउने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। जब बदेल मार्नको निम्ति छापिएको धरापमा स्थानीय मृत अवस्थामा भेटेपछि सो घटनालाई लुकाउन सुशील विश्वकर्मा र जितेन्द्र पटेलले उक्त महिलाको सबलाई घटनास्थलबाट…
Read More
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका २ माथिल्लो भंगाल लामिछाने टोलमा करिब २६ लाखभन्दा रुपैयाँ बराबरको चोरी हुन पुगेको छ। भङ्गाल लामिछाने टोलमा बस्ने भरतराज श्रेष्ठको घरबाट नगद रु ७० हजार र घरमा राखिएको १४ तोला बराबरको सुनको विभिन्न गरगहनाहरू समेत गरी मोटामोटी लगभग २६ लाख ७० हजार बराबरको धनमाल चोरी भएको हो। प्रहरीको अनुसार घरमा कोही नभएको मौका पारेर हिजो राति चोरी गर्ने व्यक्तिहरूले उक्त परिमाणको नगद र गरगहनालाई चोरी गरेर भागेको हुन। चोरी गर्ने व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छन्।
Read More
यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

बितामोड। नेपाल प्रहरीले शुक्रबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय,मेची मा स्टिङ अपरेसन गर्दै करिब एक दर्जन बिचौलियालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार कार्यालय समयमै गरिएको अपरेसनमा २ जना महिला सहित करिब १२ जना बिचौलिया पक्राउ परेका छन्। बिचौलियाका कारण कर तिर्न गएका सेवाग्राही ठगिएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाउँदै ईलाका प्रहरी कार्यालय, अनारमनी को समन्वयमा स्टिङ अपरेसन गरेको हो।पक्राउ परेकालाई हाल अनारमनी प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.