२०८३ बैशाख ३१, बिहीबार १२:३१
२०८३ बैशाख ३१, बिहीबार १२:३१
झापा,बैशाख ३१ गते । कमल गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अन्य शिक्षण संस्थामा काम गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली २०५९ को परिच्छेद २२ अन्तर्गत नियम १३३ मा उल्लेख गरिएको शिक्षक आचारसंहितालाई कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको हो। उक्त नियमअनुसार सामुदायिक विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित निकायको स्वीकृति नलिई आफू कार्यरत विद्यालय बाहिर अन्यत्र काम गर्न पाउने छैनन्। यसै व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न गाउँपालिकाले सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निजी, सामुदायिक वा सरकारी शिक्षण संस्थामा काम गर्नुअघि सम्बन्धित विद्यालय व्यवस्थापन…