राप्ती खबर

1193 Posts
शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित हटियामा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्किने धुलो, धुँवा तथा प्रदूषण नियन्त्रणका विषयमा स्थानीयवासीले अब छलफलभन्दा पनि ठोस समाधान आवश्यक रहेको बताएका छन्। आइतबार ‘सेवा, सहयोग र आवाजमा हामी’ संस्थाले आयोजना गरेको “शिवम् सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा जनताको प्रश्न, सम्बन्धित निकायको उत्तर” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरूले उद्योगका कारण आफूहरू वर्षौंदेखि प्रभावित हुँदै आएको गुनासो गरेका हुन्। कार्यक्रममा हेटौंडा–१६ र १७ का स्थानीयवासीहरूले उद्योगबाट निस्किने धुलो, धुँवा तथा फोहोर सामग्रीको उचित व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे प्रश्न उठाएका थिए।…
Read More
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइयो

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं,जेठ २ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने व्यक्ति विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रकाश खड्काको नाममा परिचित एक व्यक्तिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाम जोडेर वडा सचिव भण्डारीलाई फोन मार्फत अभद्र व्यवहार तथा धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको हो। विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि पदीय मर्यादा विपरीत अमर्यादित शब्द प्रयोग गर्दै त्रास सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य रहेको उल्लेख गरिएको छ। घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री…
Read More
नेपालको शानदार पुनरागमन : अमेरिकामाथि ९ विकेटको फराकिलो विजय, कुशलको विस्फोटक शतक

नेपालको शानदार पुनरागमन : अमेरिकामाथि ९ विकेटको फराकिलो विजय, कुशलको विस्फोटक शतक

काठमाडौं,जेठ २ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलामा नेपालले अमेरिकामाथि प्रभावशाली विजय हासिल गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले केवल १ विकेट गुमाएर ३६ दशमलव ४ ओभरमै पूरा गर्‍यो। नेपालको सहज जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतकीय पारी खेले। उनले ११८ बलमा १२० रन बनाउने क्रममा आकर्षक चौका र छक्का प्रहार गरे। कुशललाई अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले मजबुत साथ दिए। दुवैले पहिलो विकेटका लागि १४५ रनको महत्वपूर्ण साझेदारी गर्दै…
Read More
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तारमा ‘दागाची’ : व्यापार, शिक्षा, पर्यटन र डिजिटल नेटवर्कलाई जोड्ने नयाँ पहल

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तारमा ‘दागाची’ : व्यापार, शिक्षा, पर्यटन र डिजिटल नेटवर्कलाई जोड्ने नयाँ पहल

काठमाडौं,जेठ २ गते । दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म Dagachi ले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंमा आयोजित “मिट एण्ड ग्रिट” कार्यक्रममा कम्पनीका उपाध्यक्ष किम साङ ह्युनले श्रम, शिक्षा, संस्कृति, पर्यटन तथा डिजिटल सहकार्यका क्षेत्रमा दागाची प्रभावकारी माध्यम बन्ने बताएका हुन्। दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको वल्र्ड दागाची एआईमा आधारित बहुभाषिक ग्लोबल कम्युनिकेसन प्लेटफर्म हो। यसले भाषा शिक्षा, स्वास्थ्य, पर्यटन, कानुनी तथा प्रशासनिक सेवामा बहुभाषिक सूचना आदान–प्रदान र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्दै आएको जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न संघ–संस्था, व्यवसायी, शैक्षिक प्रतिनिधि तथा कोरियन समुदायका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै…
Read More
मकवानपुरका १० पालिकामा रास्वपाको अधिवेशन तालिका सार्वजनिक, थाहा नगरमा जेठ ९ गते

मकवानपुरका १० पालिकामा रास्वपाको अधिवेशन तालिका सार्वजनिक, थाहा नगरमा जेठ ९ गते

हेटौडा,जेठ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका विभिन्न पालिकामा हुने अधिवेशनको तालिका सार्वजनिक गरेको छ । शनिबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका १० वटै पालिकामा जेठ महिनाको दोस्रो साताभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले थाहा नगरपालिकामा जेठ ९ गते अधिवेशन गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी राजकुमार कार्की र रमेश थापालाई दिएको छ । यस्तै, जेठ १० गते हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको अधिवेशन हुने तय गरिएको छ । उक्त अधिवेशनका लागि विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाललाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ । त्यसैगरी, जेठ १३ गते इन्द्रसरोवर…
Read More
थाहा नगरका आलु किसान निराश : लागतभन्दा कम मूल्यमा आलु बेच्न बाध्य

थाहा नगरका आलु किसान निराश : लागतभन्दा कम मूल्यमा आलु बेच्न बाध्य

थाहा नगरपालिका,जेठ २ गते । नेपाल कृषिप्रधान देशका रूपमा परिचित भए पनि कृषकहरूले उत्पादन गरेको कृषिजन्य सामग्रीको उचित मूल्य पाउन नसकेको गुनासो वर्षौंदेखि दोहोरिँदै आएको छ। कृषिमा आफ्नो श्रम, समय र पसिना बगाएका किसानहरू राज्यबाट अपेक्षित संरक्षण र बजार व्यवस्थापन नपाउँदा मारमा परिरहेका छन्। यही समस्या अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पनि देखिएको छ। थाहा नगरपालिका अन्तर्गतका दामन, पालुङ, बज्रबाराही र चित्लाङ क्षेत्रका अधिकांश किसानहरूले उत्पादन गरेको आलुले उचित बजार मूल्य नपाउँदा किसानहरू निराश बनेका छन्। स्थानीय किसानहरूका अनुसार यस वर्ष उत्पादन भएको आलुको मूल्य अत्यन्तै न्यून रहेको छ। व्यापारीहरू खेतमै पुगेर सेतो आलु प्रतिकेजी १० रुपैयाँ र रातो आलु…
Read More
वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

काठमाडौं,जेठ १ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीहरूको सहजताका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा नयाँ सुविधा थप गरेको जनाएको छ। विभागका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिने क्रममा धेरै सेवाग्राहीले आफ्नो पासपोर्ट विवरण बिर्सिएर प्रोफाइलमा लगइन गर्न समस्या भोग्दै आएका थिए। उक्त गुनासोलाई सम्बोधन गर्दै अब सेवाग्राही स्वयंले आफ्नो जन्ममिति (Date of Birth) र राहदानी जारी मिति (Passport Issue Date) प्रयोग गरी “Passport Reset” गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ। त्यस्तै, सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै गन्तव्य मुलुकको कम्पनीको नाम समेत आफैंले प्रणालीमा थप (Company Adding) गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ। विभागले…
Read More
हेटौंडाका विद्यालयमा अब शनिबार र आइतबार बिदा, अन्य दिन नियमित पठनपाठन सञ्चालन हुने

हेटौंडाका विद्यालयमा अब शनिबार र आइतबार बिदा, अन्य दिन नियमित पठनपाठन सञ्चालन हुने

हेटौडा,जेठ १ गते । हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ देखि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ। उपमहानगरपालिकाको शिक्षा शाखा मार्फत जारी पत्रअनुसार अब सबै विद्यालयमा शनिबार र आइतबार अनिवार्य बिदा रहने तथा अन्य दिन नियमित पठनपाठन सञ्चालन गरिने भएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको जनाइएको छ। उपमहानगरपालिकाले विद्यालयहरूलाई वार्षिक तथा स्थानीय बिदाको अवधि ५० दिनबाट घटाएर ३० दिन कायम गर्न, सोहीअनुसार शैक्षिक क्यालेन्डर तथा वार्षिक कार्यतालिका निर्माण गर्न निर्देशन…
Read More
हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौँडा,बैशाख ३१ गते । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गरेको छ । वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ९ का ७५ जना विद्यार्थीलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले कपाल काट्ने (हेयर कटिङ), व्युटी पार्लर तथा इलेक्ट्रिक सम्बन्धी तालिम सुरु गरिएको हो । उक्त तालिमको संयुक्त रूपमा बिहीबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीलाई विद्यालय तहदेखि नै सीपसँग जोड्न आवश्यक रहेको बताए । उनले पढाइसँगै व्यवहारिक र व्यवसायिक ज्ञानले भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई समेटेर…
Read More
बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

झुझुरे,बैशाख ३१ गते । बागमती गाउँपालिकाले बागमती फुटबल एकेडेमी सञ्चालनका लागि आवेदन दिएका खेलाडीहरूको छनोट कार्यक्रम आज (बिहीबार) सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बागमती गाउँपालिकाको खेलकुद एकेडेमी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ (संशोधन २०८२ सहित) को दफा ९ तथा दफा १९ बमोजिम फुटबल एकेडेमी स्थापना तथा सञ्चालन प्रक्रिया अघि बढाइएको हो। यसअघि प्रकाशित विद्यार्थी तथा फुटबल प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचनाअनुसार आवेदन दिएका १३ जना खेलाडीहरूको छनोट कार्यक्रम जनता माविको खेलमैदान, बागमती–८ मकवानपुरमा बिहान ठीक ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ। छनोट प्रक्रियामा हेटौंडा, बकैया तथा बागमती क्षेत्रका खेलाडीहरू सहभागी हुनेछन्। गाउँपालिकाले सम्बन्धित सम्पूर्ण खेलाडी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.