राप्ती खबर

1193 Posts
जरा र मुहानको मौन शक्ति

जरा र मुहानको मौन शक्ति

हेटौँडा,जेठ ७ गते। “हाँगा र पातमा रमाउनेहरूलेरूख र जराको अर्थ कसरी बुझुन्! बोटलको पानी पिउनेहरूलेमुहान र नदीको महत्व कसरी जानून् ! फेरि पनि जराले नै उभ्याउँछविशाल रूख ! खोचमा उम्रिएको मुहानले नै बगाउँछअन्त्यहीन नदी ! आजसम्मन मुहानले सम्मान खोजेको देखेको छुन त जराले नै !” — मीना कुमारी लामा (नगर प्रमुख)
Read More
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

काठमाडौं,जेठ ७ गते। दुर्गा प्रसाईं सम्बन्धी बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहितको विवरण महान्यायाधिवक्ता कार्यालय मार्फत अदालतमा पेश गर्न निर्देशन दिएको हो। प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायसँग स्पष्टीकरण माग गरेको हो। अदालतको आदेशसँगै अब सरकारी पक्षले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र अवस्थाबारे विस्तृत जवाफ पेश गर्नुपर्ने भएको छ।
Read More
भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोड,जेठ ६ गते। नवीन सिग्देल र सुशील घिमिरेको पहलमा हेटौँडा–४ स्थित भैरवरोड क्षेत्रमा वर्षायाममा हुने डुबान तथा सडकमा पानी बग्ने समस्याको समाधान प्रक्रिया अघि बढाइएको छ। बुधबार उपमहानगरपालिकाका प्राविधिकसहितको टोलीले भैरवरोड क्षेत्रमा स्थलगत अध्ययन गर्दै पानी जम्ने, ढल अवरुद्ध हुने तथा वर्षाका बेला सडक नै खोलाजस्तै बग्ने समस्याको निरीक्षण गरेको हो। केही दिनअघि वडा नं. ४ का अध्यक्ष सिग्देलले मिना कुमारी लामासँग समस्या समाधानका विषयमा छलफल गरेपछि प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ। अध्ययन टोलीमा उपमहानगरपालिकाका योजना प्रमुख ई. सुवोध थापा, वातावरण इन्जिनियर चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। टोलीले क्षेत्रका ढल संरचना, पानी निकासको…
Read More
भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

जुरिखेत,जेठ ६ गते। मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत मोडस्थित भिमफेदी–कुलेखानी सडकखण्डमा बुधबार साँझ ईभी गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको कलंकीस्थित नेशनल अस्पताल पठाइएको छ। दुर्घटनापछि गाडीमा क्षति पुगेको भए पनि सडक सञ्चालनमा कुनै अवरोध नआएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

हेटौँडा,जेठ ६ गते। हेटौंडामा १६ वर्षीय एक किशोरमाथि अज्ञात व्यक्तिहरूको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट घाइते भएका किशोर अभिषेक दासको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयहरूले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएका हुन्। घाइते दास हेटौंडा–११, थानाभर्‍याङ निवासी रहेको खुलेको छ। घाइते दासका अनुसार उनी मोबाइल हेरेर बसिरहेको अवस्थामा अचानक केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमण गरेको थियो। उनले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरिएको दाबी गरेका छन्। घटना लगत्तै स्थानीय बासिन्दाले घाइते किशोरलाई अस्पताल पुर्‍याएका थिए। साथै घटनाबारे स्थानीय प्रहरी चौकीमा जानकारी गराइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको…
Read More
सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

काठमाडौँ,जेठ ४ गते । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै स्कटल्यान्डलाई पराजित गरेको छ। अघिल्लो खेलमा दुई रनले पराजित भएको नेपालले त्यसको बदला लिँदै शानदार जित दर्ता गरेको हो। यस जितसँगै नेपाली क्रिकेट टोलीले अंक तालिकामा महत्वपूर्ण फड्को समेत मारेको छ। नेपालको जितसँगै लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्वकीर्तिमान कायम गरेका छन्। उनले केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका स्टार तीव्र गतिका बलर मिचेल स्टार्कको पुरानो कीर्तिमान तोडे। यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए। स्कटल्यान्डविरुद्ध खेलमा दोस्रो विकेट लिने क्रममा सन्दीपले उक्त उपलब्धि…
Read More
मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

रजैया,जेठ ४ गते । मनहरी गाउँपालिका, रजैया मकवानपुरले वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लास्टिक झोला नियन्त्रण र फोहोर व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले “प्लास्टिक झोला न्यूनीकरण तथा नियन्त्रण निर्देशिका २०८२” बमोजिम गाउँपालिका क्षेत्रभित्र ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिक झोलाको आयात, बिक्री तथा प्रयोगमा पुनः प्रतिबन्ध लगाएको जनाएको हो। गाउँपालिकाले अबदेखि बजार क्षेत्रमा अनिवार्य रूपमा ४० माइक्रोन वा सोभन्दा बढी मोटाइ भएका प्लास्टिक झोला वा कपडा तथा जुटका झोला मात्र प्रयोग गर्न आग्रह गरेको छ। वातावरण प्रदूषण नियन्त्रण र स्वच्छ गाउँपालिका निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय लागू गरिएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी, प्रत्येक घरधुरी तथा…
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

वीरगंज,जेठ ४ गते। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाई लाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार प्रसाईलाई वीरगंजस्थित दियालो होटलबाट मंगलबार पक्राउ गरिएको हो। उनलाई “माथिको आदेश” भन्दै नियन्त्रणमा लिइएको बताइएको छ। यद्यपि, कुन आरोप वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन। प्रसाई सोमबार सिमरा विमानस्थल हुँदै वीरगंज पुगेका थिए। वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। कार्यक्रममा सहभागी हुनुअघि उनले विमानस्थलमै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए। प्रहरीले पक्राउबारे…
Read More
उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

काठमाडौँ, जेठ ४ गते। पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद सुदन गुरुङले उत्तरी गोरखाको महत्वपूर्ण सडक खण्ड कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट ५१ करोड रुपैयाँको स्रोत सहमति स्वीकृत भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त निर्णयलाई उत्तरी गोरखाको विकास र समृद्धितर्फको “पहिलो ऐतिहासिक पाइला” भएको बताएका हुन्। गुरुङका अनुसार अन्तरिम सरकारको समयमा उत्तरी गोरखाको भ्रमणका क्रममा हावाडाँडा–माछाखोला सडक मार्ग नेपालबाट भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सामरिक मार्ग भएको निष्कर्ष निकालिएको थियो। उक्त सडकले गोरखाको आर्थिक, व्यापारिक तथा पर्यटन विकासमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वासका साथ त्यसबेलादेखि नै यसलाई बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिएको उनले उल्लेख गरेका छन्। उनले…
Read More
हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले विद्यालय तथा शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र समाजले थप समस्या भोग्नुपरेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यालय नखुल्ने र पठनपाठन प्रभावित हुने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सिग्देलले स्थानीय तहले विद्यालय सञ्चालनको विषयमा प्रभावकारी अनुगमन गर्नुपर्ने र विद्यालय नखुल्दा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले शिक्षक पढाउन तयार रहेको, अभिभावक विद्यार्थीलाई विद्यालय पठाउन इच्छुक रहेको तथा विद्यार्थी पनि अध्ययन गर्न तयार रहेको उल्लेख गर्दै यस्तो अवस्थामा विद्यालय बन्द हुनु दुःखद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.