राप्ती खबर

1193 Posts
जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चित्लाङ,जेठ १२ गते। हेटौँडा र काठमाडौँलाई छोटो दूरीमार्फत जोड्ने चित्लाङ–थानकोट सडकखण्ड आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन १४ दिनका लागि उक्त सडकखण्डमा सवारी आवागमन रोक्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार सडकको विभिन्न भागमा कालोपत्रे, ढल व्यवस्थापन, पहिरो नियन्त्रण तथा सडक विस्तारको काम एकसाथ अघि बढाइएकाले सुरक्षाका कारण केही समय सडक बन्द गर्नुपरेको जनाएको छ । यो सडक हेटौँडा–काठमाडौँ यात्रा गर्ने सवारी साधनका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । सडक बन्द अवधिमा यात्रु तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग…
Read More
हरिहरपुरगढीमा छड्के बजार अनुगमन : म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट

हरिहरपुरगढीमा छड्के बजार अनुगमन : म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट

सिन्धुली,जेठ १२ गते। हरिहरपुरगढी गाउँपालिकाले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै चैनपुर, रतनपुर तथा गुर्जी बजार क्षेत्रमा आज छड्के बजार अनुगमन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमन टोलीले चामल, भुजा, चाउचाउ, बिस्कुटलगायत उपभोग्य वस्तुहरूको म्याद सकिएको अवस्थामा बिक्रीका लागि राखिएको फेला पारेको थियो। साथै कतिपय पसल दर्ताविना सञ्चालन गरिएको, मूल्यसूची नराखिएको तथा होर्डिङ बोर्डसमेत नदेखिएको पाइएको जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा लापरवाही नगर्न व्यवसायीहरूलाई चेतावनी…
Read More
बागमतीमा एचआईभी संक्रमण दर घट्दो, तर सामाजिक कलंक र सेवा पहुँच अझै चुनौती

बागमतीमा एचआईभी संक्रमण दर घट्दो, तर सामाजिक कलंक र सेवा पहुँच अझै चुनौती

हेटौँडा,जेठ १२ गते। बागमती प्रदेशमा एचआईभी संक्रमण दर अघिल्ला वर्षहरूको तुलनामा घट्दो क्रममा देखिए पनि संक्रमण नियन्त्रण, परीक्षण पहुँच र उपचारलाई निरन्तर प्रभावकारी बनाउने चुनौती अझै कायम रहेको सरोकारवालाहरूले बताएका छन् । सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरताको अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच कमजोर हुँदा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । स्वास्थ्य निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन् । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ भने दैनिक औसत १.७ जना नयाँ व्यक्ति संक्रमणमा पर्ने गरेका छन् । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८०…
Read More
पर्सा जिल्ला अदालतबाट बिना शर्त रिहा भएपछि दुर्गा प्रसाईको चेतावनी : “अन्यायको बदला लिएरै छाड्छौँ”

पर्सा जिल्ला अदालतबाट बिना शर्त रिहा भएपछि दुर्गा प्रसाईको चेतावनी : “अन्यायको बदला लिएरै छाड्छौँ”

पर्सा,जेठ १२ गते। दुर्गा प्रसाई पर्सा जिल्ला अदालतबाट बिना शर्त रिहा भएका छन्। मन्दिरमा पूजा गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको भन्दै प्रसाईले आफूहरूमाथि अन्याय भएको दाबी गरेका छन्। अदालतबाट रिहा भएसँगै वीरगंजमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले घटनालाई वैदिक हिन्दू सनातन धर्ममाथिको प्रत्यक्ष प्रहारको संज्ञा दिएका छन्। पत्रकारहरूले वीरगंजवासीलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा प्रसाईले आफूलाई साथ, माया र सद्भाव दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै भने, “पहिलो चरणमा मप्रति राखेको माया र सद्भावप्रति सबैलाई धेरै धेरै धन्यवाद। अहिले मलाई सरकारले गवा माइको दर्शन गर्न नदिनु भयो। मन्दिरमा पूजा गर्न जाने क्रममा नै पक्राउ गरियो। यो वैदिक हिन्दू सनातन धर्ममाथि सीधा…
Read More
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

हेटौंडा,जेठ १२ गते। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचनाका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै हावाहुरीका कारण रुख ढल्ने, बिजुलीका पोल तथा तारमा क्षति पुग्ने, टिनका छाना उड्ने तथा खुला स्थानमा रहेका सामग्रीहरू उड्ने वा क्षति पुग्न सक्ने जनाएको छ। सूचनामा हावाहुरीका कारण अप्रत्यासित दुर्घटना समेत हुन सक्ने भएकाले सबै नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरिएको छ। विशेषगरी खुला स्थानमा अनावश्यक रूपमा नबस्न, कमजोर संरचनाको वरिपरि सावधानी अपनाउन तथा विद्युत् लाइन नजिक सतर्क रहन आग्रह…
Read More
हेटौंडा–४ मा विकासका पूर्वाधारको फड्को : वडाध्यक्ष नवीन सिग्देलद्वारा ११ प्रमुख संरचना सार्वजनिक

हेटौंडा–४ मा विकासका पूर्वाधारको फड्को : वडाध्यक्ष नवीन सिग्देलद्वारा ११ प्रमुख संरचना सार्वजनिक

हेटौंडा,जेठ १० गते। नवीन सिग्देलले आफ्नो कार्यकालमा वडा नम्बर–४ मा निर्माण भएका तथा निर्माणाधीन विभिन्न विकास संरचनाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी सार्वजनिक गरेका छन्। वडाध्यक्ष सिग्देलले “हाम्रै पालामा” भन्दै सार्वजनिक गरेको फोटोहरुमा वडा कार्यालयको समन्वय, पहलकदमी र सक्रियतामा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विभिन्न भौतिक संरचनाहरूको विवरण उल्लेख गरेका छन्। उनले हेटौंडा–४ मा घरेलु उत्पादन विक्री तथा प्रदर्शनी भवन, श्रमिक माध्यमिक विद्यालयको २० कोठे भवन, हेटौंडा कवर्ड हल, कर्राको कवर्ड हल, आधारभूत स्वास्थ्य केन्द्र, योग भवन, वडा प्रहरी कार्यालय, किरियापुत्री भवन, सार्वजनिक शौचालय, भुटनदेवी माविको प्राविधिक भवनको दोस्रो तल्ला तथा जेष्ठ नागरिक विश्राम कक्षलगायतका संरचना निर्माण भएको बताएका छन्। सिग्देलका…
Read More
जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

काठमाडौं,जेठ ८ गते। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद उल अज्हा) का अवसरमा आगामी २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा २०८२ फागुन १८ गते प्रकाशित सूचनाबमोजिम बकर ईदका दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको उल्लेख गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा जेठ १४ गते पर्व परेको पुष्टि भएकाले उक्त दिन सार्वजनिक विदा हुने जनाएको हो। मन्त्रालयका सह-सचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई बकर ईदको शुभकामना व्यक्त गरिएको छ। साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पनि…
Read More
टीकापुरमा सशस्त्र प्रहरी तालिमका क्रममा ८ जवान बेहोस, ५ जनाको अवस्था गम्भीर

टीकापुरमा सशस्त्र प्रहरी तालिमका क्रममा ८ जवान बेहोस, ५ जनाको अवस्था गम्भीर

कैलाली,जेठ ८ गते। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा ८ जना सशस्त्र प्रहरी जवान अचानक बेहोस भएका छन् । बेहोस हुने जवानहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थी हुन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा का अनुसार बेहोस भएका जवानमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका जवानहरूलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए । अन्य जवानहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय…
Read More
‘खरानी पार्टी नेपाल’को व्यङ्ग्यात्मक उदय : Meme Culture मार्फत राजनीतिमाथि युवाको कटाक्ष

‘खरानी पार्टी नेपाल’को व्यङ्ग्यात्मक उदय : Meme Culture मार्फत राजनीतिमाथि युवाको कटाक्ष

काठमाडौं,जेठ ७ गते। नेपालमा युवापुस्तामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रतिको आक्रोश र सामाजिक सञ्जालमा फैलिएको meme culture बीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक भएको छ। “खरानीबाट, जनताका लागि” भन्ने नारासहित अघि सारिएको उक्त अभियानले छोटो समयमै सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। अभियानले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक “व्यवस्थामाथिको व्यङ्ग्यात्मक प्रतिरोध र चेतावनी” का रूपमा प्रस्तुत गरेको जनाएको छ। खरानी पार्टीले सार्वजनिक गरेको अवधारणापत्रमा भ्रष्टाचार, राजनीतिक वंशवाद, झुटा चुनावी आश्वासन, प्रचारमुखी राजनीति तथा युवाको बेरोजगारी जस्ता विषयलाई मुख्य मुद्दा बनाइएको छ। पार्टीको घोषणापत्रमा समेटिएका केही प्रस्तावले विशेष चर्चा पाएका छन्। “७ मिनेटभन्दा लामो भाषण गर्ने नेताको mic स्वतः…
Read More
पत्रकार बख्तियार अलीलाई धम्की दिएको भन्दै पत्रकार महासंघद्वारा घटनाको भर्त्सना

पत्रकार बख्तियार अलीलाई धम्की दिएको भन्दै पत्रकार महासंघद्वारा घटनाको भर्त्सना

सर्लाही,जेठ ७ गते। पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार, गालीगलौज तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको हो । महासंघका अनुसार लोक तन्त्र खबर डटकममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै मलंगवास्थित सुस्ति सोम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झाले फोन मार्फत पत्रकार अलीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसैगरी “सर्लाही मेडिया हाउस” र “डेली न्यूज अपडेट” नामक फेसबुक पेजमार्फत पत्रकार अलीको चरित्रहत्या गर्ने प्रयास गरिएको तथा ज्यान मार्ने धम्कीसम्म दिइएको महासंघले जनाएको छ । महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.