२०८३ जेष्ठ १४, बिहीबार २३:१४
२०८३ जेष्ठ १४, बिहीबार २३:१४
हेटौंडा,जेठ १४ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा डेरा गरी बस्दै आएका २३ वर्षीय चुडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार, राति वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानो पोखरा चोक क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई फेला पारी शरीर तथा झोलाको खानतलासी गरेको थियो । खानतलासीका क्रममा सुन जस्तो देखिने पातलो धातुको चुरा दुई थान, औँठी एक थान, कानमा लगाउने झुम्का दुई…