राप्ती खबर

1160 Posts
गृहमन्त्रीमाथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेनजी रिभोलुशन नेपालको स्पष्ट अडान

गृहमन्त्रीमाथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेनजी रिभोलुशन नेपालको स्पष्ट अडान

हेटौँडा,बैशाख ७ गते । जेन जी जन–आन्दोलनको मूल मर्म—सुशासन, संस्थागत सुधार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात गर्दै जेन जी रिभोलुशन नेपालले हालै सार्वजनिक भएका संवेदनशील समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। विभिन्न सञ्चारमाध्यमहरूमा “गृहमन्त्रीज्यूको बिचौलियाहरूसँगको कनेक्सन” सम्बन्धी प्रकाशित सामग्रीप्रति संगठनले चासो व्यक्त गर्दै यस्ता विषयमा सत्य, तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन अपरिहार्य रहेको बताएको छ। यसै सन्दर्भमा जेनजी रिभोलुशन नेपालका प्रबक्ता राहुल कुमार झाले माननीय गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै सम्बन्धित निकायहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव वा हस्तक्षेपविना स्वतन्त्र र प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै उनले…
Read More
सार्कोमा क्यान्सरसँग जुझिरहेकी ७ वर्षीया मेरिकाका लागि आर्थिक सहयोगको अपील

सार्कोमा क्यान्सरसँग जुझिरहेकी ७ वर्षीया मेरिकाका लागि आर्थिक सहयोगको अपील

काठमाडौं,वैशाख ७ गते । काठमाडौंको कलंकीस्थित खड्गा गाउँकी ७ वर्षीया बालिका मेरिका पुजारी गम्भीर प्रकारको क्यान्सर—सार्कोमाबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ। करिब एक महिनाअघि मात्र उनलाई यो रोग भएको पुष्टि भएको थियो। हाल मेरिका भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन्। चिकित्सकहरूले लामो समयसम्म निरन्तर उपचार आवश्यक पर्ने बताएका छन्, जसका कारण खर्च पनि उच्च हुँदै गएको परिवारले जनाएको छ। बिरामीका बुवा प्रकाश पुजारीका अनुसार अहिलेसम्मको उपचार खर्च परिवारले आफ्नै स्रोतबाट जुटाएको भए पनि अब भने आर्थिक अवस्था कमजोर हुँदै गएको छ। “हामीले सक्दो प्रयास गरेका छौं, तर अब उपचारलाई निरन्तरता दिन सहयोगको खाँचो परेको छ,”…
Read More
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

हेटौँडा,बैशाख ६ गते । हेटौँडा उपमहानगरपालिकाको पुरानो तथा उत्कृष्ट नतिजा दिलाउँदै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा नयाँ विषय थप गर्ने भएको छ। विद्यालयले आगामी शैक्षिक वर्ष २०८३/०८४ देखि होटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन सुरु गर्ने निर्णय गरेको हो। यसअघि विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन हुँदै आएको थियो। अब व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गरिने विद्यालयले जनाएको छ। आइतबार आयोजित कक्षा १२ का विद्यार्थीहरूको बधाई तथा विदाई कार्यक्रममा सो जानकारी दिइएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले होटल म्यानेजमेन्ट अध्ययनका लागि सुविधा सम्पन्न ल्याबको व्यवस्था…
Read More
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी पल्टिए

मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी पल्टिए

भिमफेदी गाउँपालिका,बैशाख ५ गते । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत क्षेत्रमा शनिबार साँझ सुमो र भारतीय स्कार्पियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा भएको उक्त दुर्घटनाले केही समय आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भिमफेदीका अनुसार साँझ करिब ६ बजेतिर काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय स्कार्पियोले ठक्कर दिएको हो। ठक्करपछि नियन्त्रण गुमाउँदा दुवै सवारीसाधन सडकमै पल्टिएका थिए। दुर्घटनामा घाइते भएका ९ जनालाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक जानकारी…
Read More
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो बहस

प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो बहस

काठमाडौं,बैशाख ५ गते । गृहमन्त्री सुदन गुरुङले हालै व्यक्त गरेको “प्रदेश संरचना खारेज गरी ‘छोटे राजा’ प्रवृत्ति अन्त्य गर्नुपर्ने” भनाइले राजनीतिक तथा सार्वजनिक वृत्तमा तीव्र बहस सुरु भएको छ। संघीय व्यवस्थाको मूल आधार मानिएको प्रदेश संरचनामाथि उठेको यो प्रश्नले यसको प्रभावकारिता, उद्देश्य र भविष्यबारे गहिरो विमर्श आवश्यक बनाएको छ। एक पक्षका अनुसार, प्रदेश संरचना अपेक्षित रूपमा परिणाममुखी हुन सकेको छैन। सेवा प्रवाहमा ढिलाइ, प्रशासनिक दोहोरोपन, स्रोत–साधनको असमान वितरण र बढ्दो आर्थिक बोझ जस्ता समस्याले यसको कार्यक्षमतामाथि प्रश्न उठाइएका छन्। कतिपय प्रदेशमा नेतृत्व तहमा शक्ति केन्द्रीकरण बढ्दै गएको भन्दै “छोटे राजा” प्रवृत्ति मौलाउँदै गएको आरोप समेत लागिरहेको छ। यसै आधारमा, संरचना…
Read More
कच्चापदार्थ र ढुवानी खर्च बढ्दा प्रशोधित पानी उद्योग संकटमा, मूल्य समायोजन अपरिहार्य

कच्चापदार्थ र ढुवानी खर्च बढ्दा प्रशोधित पानी उद्योग संकटमा, मूल्य समायोजन अपरिहार्य

काठमाडौं,बैशाख ५ गते । नेपालमा प्रशोधित पिउने पानी उद्योग गम्भीर आर्थिक दबाबमा परेको छ। ६२० भन्दा बढी उद्योग मार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यो क्षेत्रले हाल कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्चमा वृद्धि तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावका कारण चुनौतीपूर्ण अवस्था सामना गरिरहेको नेपाल पानी उद्योग महासङ्घले जनाएको छ। महासङ्घका अनुसार उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ्ग सामग्री, जार लगायत कच्चा पदार्थहरूको मूल्य ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल…
Read More
हिजो राक्सिराङ–३ मा आगलागी पीडित चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण

हिजो राक्सिराङ–३ मा आगलागी पीडित चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण

हेटौडा,बैशाख ५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, लावती निवासी कान्छी माया चेपाङको घर आगलागीबाट नष्ट भएपछि श्रमसस्कृती पार्टीको पहलमा निर्माण गरिएको नयाँ घर हिजो एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मल्लले गरिब तथा विपन्न वर्गको पक्षमा गरिने कामलाई पार्टीगत रूपमा नहेर्नुपर्ने बताएका छन्। उनले मानवताको आधारमा गरिने सहयोग नै सबैभन्दा ठूलो राजनीति भएको उल्लेख गरेका छन्। कार्यक्रममा अध्यक्ष मल्लले घर निर्माणमा सहयोग पुर्‍याउने सबै सहयोगी तथा श्रमदान गर्ने व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रमको अध्यक्षता श्रमसस्कृती पार्टी राक्सिराङका अध्यक्ष मान बहादुर मोक्तानले गरेका छन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू…
Read More
हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

हेटौँडा, वैशाख ४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित धरान–चतरा सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा अन्त बहादुर बि.सी., राजु थिङ, सुर्यमणी खतिवडा र प्रशान्त वाइबा घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा अन्दाजी ३५/३६ वर्षका एक पुरुषको आज दिउँसो करिब १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।…
Read More
मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो बुझ्न प्रशासनको आग्रह

मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो बुझ्न प्रशासनको आग्रह

हेटौडा,बैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीमध्ये मिति २०८२ चैत २० गतेसम्म आवेदन दिने व्यक्तिहरूको राहदानी तयार भइसकेको जनाएको छ। कार्यालयका अनुसार तयार भएका राहदानीमध्ये हालसम्म ६५० भन्दा बढी राहदानी सम्बन्धित व्यक्तिहरूले लिन नआएको पाइएको छ। कार्यालयले राहदानी तयार भइसकेका सेवाग्राहीलाई आफूहरूले आवेदनका क्रममा उपलब्ध गराएको फोन नम्बरमार्फत सम्पर्क गरी राहदानी बुझ्ने तरिका स्पष्ट गर्न आग्रह गरेको छ। सेवाग्राहीले कार्यालयमै उपस्थित भई राहदानी बुझ्ने वा हुलाकमार्फत घरमै पठाइदिने विकल्पबारे जानकारी दिन सक्नेछन्। राहदानी समयमै नलिँदा सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले यथाशीघ्र सम्पर्क गरी राहदानी बुझ्न प्रशासनले अनुरोध गरेको छ। साथै, राहदानीसम्बन्धी थप जानकारी लिन…
Read More
मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

हेटौडा,बैशाख ३ गते । मकवानपुर जिल्लामा फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै एक व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्। हेटौडा उपमहानगरपालिका–६ रामनगर निवासी ४४ वर्षीय नरहरी चौलागाईंले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन पेश गर्दै आफ्नो जिउधनको सुरक्षाको माग गरेका हुन्। निवेदनअनुसार हेटौडा–५ भैरव रोड निवासी अन्दाजी ४० वर्षीय टाका राज थापा (सुरेश)ले वैशाख २ गते साँझ करिब ६:१८ बजे फोनमार्फत सम्पर्क गरी अश्लील शब्द प्रयोग गर्दै झुटा आरोप र लाञ्छना लगाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ। चौलागाईंले उक्त घटनाको प्रमाणस्वरूप भ्वाइस रेकर्ड सुरक्षित राखेको र आवश्यक पर्दा पेश गर्ने बताएका छन्। साथै, आफू मात्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.