२०८२ कार्तिक ३०, आईतवार १२:१८
२०८२ कार्तिक ३०, आईतवार १२:१८
मकवानपुर, कात्तिक ३० गते । भिमफेदी गाउँपालिका–१ बुङदल स्थित भित्री सडकखण्डको बुङदल खोलाको पुलमा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल पुलको डिलबाट करीब ५० फिट तल खोलामा खस्दा चालक र पछाडी सवार दुवैको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुर हेटौडा उप–महानगरपालिका–२ चौकिटोल बस्ने वर्ष करिब ३९ का बिरबहादुर गुरुङ (मोटरसाइकल चालक) रहेका छन्। साथै सोही मोटरसाइकलमा पछाडि सवार पूर्वी नवलपरासी कावासोति नगरपालिका–१३ घर भई हाल हेटौडा उप–महानगरपालिका–२ चौकिटोलमा डेरा गरी बस्ने वर्ष करिब ३५ का चन्द्रबहादुर गुरुङ रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।…