राप्ती खबर

1163 Posts
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ६३ वर्षीय आलमको कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार हुँदै आएको थियो। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्। गत जेठमा नक्खु कारागारबाट छुटेका आलमलाई केही समयअघि ब्रेन स्ट्रोक भएको थियो। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। २०६४ सालको संविधानसभा निर्वाचन तयारीका क्रममा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली…
Read More
नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

हेटौँडा, कात्तिक २१ गते । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१० वडा कमिटीको आयोजनामा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। पार्टीका जिल्ला कमिटीका सदस्य, जिल्ला प्रतिनिधि परिषद् सदस्य, नगर कमिटीका सदस्य, नगर परिषद् सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, संगठित सदस्यहरू लगायत आम नागरिकलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। कार्यक्रम २०८२ साल कात्तिक २२ गते बिहान ११:३० बजे स्थान होटेल प्रकाशको सभा हलमा तय गरिएको छ। वडा कमिटीले जारी गरेको सूचनामा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
Read More
मकवानपुरमा ३० बिगाहाभन्दा बढी क्षेत्रफलमा अवैध गाँजा खेती फडानी

मकवानपुरमा ३० बिगाहाभन्दा बढी क्षेत्रफलमा अवैध गाँजा खेती फडानी

मकवानपुर, कात्तिक २१ गते । मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौडा मकवानपुरबाट संयुक्त रूपमा खटिएको १०२ जनाको टोलीले यहि असोज १७ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको विशेष अभियान मार्फत उक्त फडानी गरेको हो। प्रहरीका अनुसार राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, लागु, जोइटी तथा भिमफेदी गाउँपालिकाका भदौरे, ज्यार्बु लगायतका विभिन्न वडाहरूमा गरी करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरिएको हो। प्रहरीले गाँजाको खेती नियन्त्रणमा…
Read More
पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, कात्तिक १८ गते । अरब सागरमा विकसित मौसमी प्रणाली र पश्चिमी वायुको सक्रियताका कारण देशको अधिकांश भागमा पुनः बदली भएको छ। केही दिन अगाडि खुलेको मौसम फेरि मन्द पश्चिमी वायुको प्रभावले क्रमशः सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यकासम्म असर पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको पश्चिमी वायु क्रमशः कर्णाली, गण्डकी हुँदै बागमती प्रदेशसम्म फैलिँदै गएको छ। बाजुरा, रुकुम, मनाङ लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम स्तरको हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपटकको पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो वर्षा वा व्यापक…
Read More
हुलास स्टिलको सामाजिक उत्तरदायित्व: सिआन पुनर्स्थापना केन्द्रलाई रूफिङ सिट सहयोग

हुलास स्टिलको सामाजिक उत्तरदायित्व: सिआन पुनर्स्थापना केन्द्रलाई रूफिङ सिट सहयोग

हेटौंडा, कात्तिक १८ गते । लागुऔषध दुर्व्यसन, मदक पदार्थ प्रयोग तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिहरूको उपचार, परामर्श र पुनर्स्थापनामा क्रियाशील सिआन पुनर्स्थापना केन्द्रलाई हुलास स्टिल इण्डष्ट्रिज लिमिटेड, सिमरा बाराले स्टिल रूफिङ सिट (जस्ता पाता) सहयोग प्रदान गरेको छ। कुल ४ हजार वर्गफुट बराबरका २० बन्डल रूफिङ सिट, जसको बजार मूल्य करिब दुई लाख रुपैयाँ बराबर पर्छ, केन्द्रलाई हस्तान्तरण गरिएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख रवीन्द्र पण्डितको पहलमा सम्पन्न भएको थियो। उक्त अवसरमा सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधि अनुप भुजेल, रोशन सिलवाल, मनिष मान श्रेष्ठ र राहुल सुवेदीले सहयोग सामग्री ग्रहण गरे। कार्यक्रममा बोल्दै प्रशासन…
Read More
सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

काठमाडौं, कात्तिक १८ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले कम हो। सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। असोज मसान्तपछि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको सुन हालसम्म झण्डै २० हजार रुपैयाँले सस्तो भएको छ। चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले कम हो।…
Read More
नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

हेटौडा, कात्तिक १७ गते । गैरसरकारी संस्था महासंघ नेपालले हालको राजनीतिक परिवेशमा नागरिक समाज र गैरसरकारी संस्थाहरूमाथि नियोजित रूपमा भ्रम, आरोप र हल्ला फैलाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले यस्तो प्रवृत्तिले लोकतन्त्र, संविधान र मानव अधिकारका मूल मूल्यमा प्रहार गरेको ठहर गर्दै नागरिक समाजको ऐतिहासिक योगदानको अवमूल्यन अस्वीकार्य रहेको जनाएको छ। महासंघले नागरिक समाजमाथिको अविश्वास र निराधार आरोपहरू लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथि प्रहार भएको उल्लेख गर्दै, राज्य, राजनीतिक दल र नागरिक समाज सबैले आत्मसमिक्षा गर्दै उत्तरदायित्वपूर्ण साझेदारीमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ। हालैको जेन जि आन्दोलनपछि केही राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले नागरिक समाजको भूमिकामाथि…
Read More
मकवानपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पदभार ग्रहण गरे

मकवानपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पदभार ग्रहण गरे

मकवानपुर, कार्तिक १७ गते । मकवानपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा बसन्त अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्। यसअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत स्किम श्रेष्ठको सिन्धुली जिल्लामा सरुवा भएपछि अधिकारीले रिक्त रहेको स्थानमा जिम्मेवारी पाएका हुन्। श्रेष्ठले २०८१ साल फागुन १५ गतेदेखि मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्य गर्दै आएका थिए। सरुवा भई गएका श्रेष्ठको स्थानमा आएका अधिकारीले पदभार ग्रहणसँगै जिल्लाको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
Read More
प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

काठमाडौं, कात्तिक १७ गते । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी पहल अन्तर्गत निर्माण हुन लागेको ‘किरिया पुत्री भवन’ को शिलान्यास गरेको छ। काठमाडौं महानगरपालिका–३, महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा निर्माण हुन लागेको उक्त भवन प्रहरी परिवारका बहालवाला तथा अवकाशप्राप्त सदस्यहरूलाई दुःखद निधनका बेला किरिया पुत्री संस्कार गर्न सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो। शिलान्यास समारोहमा आईजीपी खापुङ्गले प्रहरी सदस्यहरूको सेवा–सुविधा र कल्याणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै भवन निर्माणपछि त्यसबाट प्रवाह हुने सेवालाई अझ परिष्कृत र व्यवस्थापित बनाइने बताएका छन्। सो अवसरमा प्रहरी कल्याण महाशाखाका प्रहरी…
Read More
जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’

जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’

काठमाडौँ, कात्तिक १६ गते । जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल आइतबार काठमाडौँको माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएपछि सात घण्टापछि रिहा भएका छन्। सरकारले जेन जि विद्रोहका मागहरू पूरा नगरेको भन्दै हमालले युवाहरू माझ पुनः सडक आन्दोलनको आह्वान गरेका थिए। यही आह्वानका क्रममा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। हमाललाई पक्राउपछि काठमाडौँ प्रहरी परिसर हुँदै सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो। रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “हाम्रो आन्दोलनले उठाएका संविधान पुनर्लेखन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना जस्ता मूल मागहरू अझै सम्बोधन भएका छैनन्। त्यसैले हामी पुनः सडकमा उत्रिएका हौं।” उनका अनुसार, भाद्र २३ र २४ गतेको जेन जि विद्रोहमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.