राप्ती खबर

1163 Posts
हेटौडामा घर फोरेर चोरी गर्न लागेको व्यक्तिलाई स्थानीयको सहयोगमा पक्राउ

हेटौडामा घर फोरेर चोरी गर्न लागेको व्यक्तिलाई स्थानीयको सहयोगमा पक्राउ

हेटौडा, मंसिर ३ गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका–६, भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा चोरी प्रयास गर्ने क्रममा एक व्यक्ति पक्राउ परेको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ८:२० बजे घरमा कोही नभएको अवसर पारेर ढोकाको लक फोडी भित्र पसेको अवस्थामा उक्त व्यक्ति नियन्त्रणमा लिइएको हो। बागमती गाउँपालिका–८, साततल्ले बस्ने ३९ वर्षीय दिलबहादुर स्याङ्तान NS मोटरसाइकल (ना.२–००७ प ६५१६) मा आएर चोरी गर्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जानकारी पाएपछि प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले स्थानीयको समन्वयमा उनलाई घटनास्थलमै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका स्याङ्तानलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौडाबाट…
Read More
NPL खेलाडीलाई आर्थिक प्रलोभन देखाई Betting गराउन खोज्ने दुई पक्राउ

NPL खेलाडीलाई आर्थिक प्रलोभन देखाई Betting गराउन खोज्ने दुई पक्राउ

काठमाण्डौं, मंसिर ३ गते । नेपाल प्रिमियर लिग (Nepal Premier League) मा सहभागी खेलाडीलाई स्पोन्सर गर्ने बहाना बनाई आर्थिक प्रलोभनमा पारेर सट्टेबाजी (Betting)मा संलग्न गराउने प्रयास गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू विभिन्न क्लबका खेलाडीसँग सम्पर्क गर्दै “स्पोन्सर गर्छौँ” भनी आकर्षक आर्थिक प्रस्ताव राखेर खेलमा अनियमितता गराउने उद्देश्यले सट्टेबाजीमा सहभागी गराउने प्रयत्न गर्दै आएका थिए। खेलकुद क्षेत्रलाई प्रभावित पार्ने उद्देश्यले गरिएको यस्तो आपराधिक क्रियाकलापबारे गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा संलग्न दुई जनालाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको र यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न…
Read More
मकवानपुरमा अवैध नदिजन्य सामग्री उत्खननमा संलग्न स्काभेटर र टिप्पर नियन्त्रण

मकवानपुरमा अवैध नदिजन्य सामग्री उत्खननमा संलग्न स्काभेटर र टिप्पर नियन्त्रण

मकवानपुर, मंसिर ३ गते । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१९ स्थित क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार गर्दै आएका एक स्काभेटर र एक टिप्पर नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बा २ क ५१६६ नम्बरको स्काभेटर र ना ८ ख ८८९७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि हेटौंडा उप–महानगरपालिकाको कार्यालयमा पठाइएको छ। उक्त अवैध क्रियाकलापमा संलग्नताका आधारमा सम्बन्धित सवारी साधनहरूलाई गर्दा रू. ५४,२७३ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि नियमित अनुगमन जारी राख्ने जनाएको छ।
Read More
उच्च हिमाली सुन्दरता समेटिएको सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ सार्वजनिक

उच्च हिमाली सुन्दरता समेटिएको सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ सार्वजनिक

काठमाण्डौं, मंसिर ३ गते । र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ ले आफ्नो नयाँ सिर्जना ‘सोच’ सार्वजनिक गरेका छन्। आर एन्ड बी शैलीमा तयार गरिएको यस गीतका शब्ददेखि संगीतसम्म कुँवरकै कलम र धुनले सजिएको छ। दोलखाको धार्मिक तथा प्राकृतिक आकर्षणका केन्द्र च्छो रोल्पा ताल र दुध कुण्डलगायतका हिमाली दृश्यपानयुक्त क्षेत्रमा गरिएको छायांकनका कारण भिडियोले फरक प्रभाव छोडेको छ। भिडियोमा लोकेन्द्र सुब्बाको क्यामेरा तथा बिक्रम तिमल्सिनाको निर्देशन रहेको छ। पहिले ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ जस्ता गीतबाट पहिचान बनाइसकेका कुँवरले ‘सोच’लाई आफ्नो संगीत यात्रामा नयाँ स्वाद भएको बताएका छन्। उनका अनुसार ४५८० मिटर उचाइको च्छो रोल्पा ताल र झण्डै ४७०० मिटर उचाइको…
Read More
सिमरा विमानस्थल क्षेत्र आसपास कर्फ्यु आदेश, दिउँसो १२:३० देखि बेलुकी ८ बजेसम्म आवतजावत निषेध

सिमरा विमानस्थल क्षेत्र आसपास कर्फ्यु आदेश, दिउँसो १२:३० देखि बेलुकी ८ बजेसम्म आवतजावत निषेध

बारा, मंसिर ३ गते । बारा जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यु आदेश जारी गरेको छ। सिमरा विमानस्थल आसपास जेन–जेड युवाहरूको प्रदर्शन र राजनीतिक दल–आबद्ध समूहहरूबीच तनाव बढेपछि सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र स्थिति थप जटिल नबढोस् भन्ने उद्देश्यले आज मिति २०८२ साल मंसिर ३ गतेदेखि दिउँसो १२:३० बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र ६(ख) अनुसार जारी कर्फ्यु आदेश बमोजिम जितपुर सिमरा उपमहानगरपालिकाका निम्न क्षेत्रहरूमा आवतजावत तथा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक निषेध गरिएको छः १) गण्डक नहरदेखि पत्लैया…
Read More
मिक्वाखोला–४ फुङफुङे तेम्बा बजारमा मध्यरात आगलागी, नेपाली सेनासहित सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रण

मिक्वाखोला–४ फुङफुङे तेम्बा बजारमा मध्यरात आगलागी, नेपाली सेनासहित सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रण

ताप्लेजुङ, मंसिर ३ गते । आज बिहान करिब १ बजे ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, फुङफुङे तेम्बा बजारस्थित एक पसलमा लागेको आगो नेपाली सेना, विरदल गणले अन्य सुरक्षा निकाय तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा ल्याएका छन्। स्थानीय स्रोतका अनुसार मध्यरात अचानक एक पसलबाट सुरु भएको आगो छोटो समयमा नै फैलिन थालेपछि सुरक्षाकर्मी तथा स्थानीयवासी सक्रिय भएपछि ठूलो क्षति हुनबाट जोगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाली सेनाको विरदल गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए। आगलागीको पूर्ण विवरण तथा क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।
Read More
शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

हेटौँडा, मंसिर ३ गते । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखास्थित शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न भएका दुई महत्वपूर्ण पर्यटन संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ। पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि–२०८१ अनुसार २०८२ मंसिर २ गतेदेखि यी संरचनाहरूको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी अब गाउँपालिकाकै हातमा पुगेको हो। शैलुङ्ग गाउँपालिका–१ मा निर्माण भएको गोलघर र वडा नम्बर–८ मा बनेको कम्युनिटी लज हेटौँडास्थित पर्यटन विकास आयोजनाले विभिन्न आर्थिक वर्षमा सम्पन्न गरेका आयोजना हुन्। मन्त्रालयका अनुसार यिनै संरचनाहरू हस्तान्तरण प्रक्रियाको पहिलो चरण हुन्। संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले निर्माण सम्पन्न भइसके पनि पालिकामा नहस्तान्तरण हुँदा संरचनाहरू…
Read More
कुरूप हुँदै गएको समाज र प्रणालीगत विफलता : जेनजी रिभोलुसनका सह–सयोजक अर्जुन शाहीको कडा चेतावनी

कुरूप हुँदै गएको समाज र प्रणालीगत विफलता : जेनजी रिभोलुसनका सह–सयोजक अर्जुन शाहीको कडा चेतावनी

काठमाडौँ, मंसिर २ गते । काठमाडौँ — करुणाका अवतार भगवान बुद्धदेखि शिल्प–प्रतिभा अरनिको र एकीकरणकर्ता पृथ्वीनारायण शाहसम्म, असाधारण क्षमताका पात्रहरू जन्माउने माटो अहिले नैतिक पतन, भ्रष्टाचार र सामाजिक ध्वंसको डरलाग्दो मोडमा पुगेको छ। यही विषयलाई जेनजी रिभोलुसन नेपालका सह–सयोजक अर्जुन शाहीले राजधानीमा दिएका ताजा अभिव्यक्तिमा तीव्र संवेदनासहित उठाएका छन्।   शाहीको प्रश्न सरल छ तर असहज– “महान मानिसहरू जन्मिएको देशमा समाज किन दिनहुँ कुरूप बन्दै छ ?” ▣ “व्यक्ति दोषी होइन, प्रणाली नै रोगग्रस्त छ” शाहीका अनुसार नेपाली समाजको गिरावट कुनै आकस्मिक दुर्घटना होइन, बरु दशकौँदेखि जरा गाडेर बसेको भ्रष्ट नेतृत्व, गलत नीति संरचना र नागरिक चेतनाको दमनको परिणाम हो।…
Read More
दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

काठमाडौँ, मंसिर २ गते । जेन जि मुभमेन्ट नेपालले व्यवसायी दुर्गा प्रसाईको पक्राउलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार र राजनीतिक प्रतिशोधको घटना भएको दाबी गरेको छ। संगठनले जारी गरेको बयानमा प्रसाईलाई निशाना बनाउन “विद्रोह हतियाउने शक्ति–गठबन्धन” सक्रिय रहेको आरोप लगाइएको छ। मुभमेन्टका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल नेतृत्वमा रहेको समूहले भाद्र २४ मा देखापरेको जेन जि विद्रोहलाई कमजोर पार्ने उद्देश्यका साथ परिस्थिति अस्थिरतातर्फ मोड्ने प्रयास गरेको थियो। बयानमा भनिएको छ– “विद्रोह अपहरण गर्ने योजना सार्वजनिक गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने राज्यको व्यवहार दमनकारी शासनशैलीको नमुना हो।” संगठनले घटनाबाट सञ्चित ‘षड्यन्त्रका प्रमाण’ बाहिर ल्याउने क्रममै प्रसाईलाई लक्षित गर्दै गिरफ्तर गरिएको आफ्नो…
Read More
पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

मकवानपुर, भिमफेदी, कात्तिक ३० गते । गए राती करिब १:३० बजे, मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोष्टमा प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि चेकजाँचका क्रममा एक ट्रक नियन्त्रणमा लिएको छ। बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–००१ ख ३०८२ नम्बरको ट्रकमा अन्दाजी रू. २५,००,००० (पच्चिस लाख) बराबरको बिलबिजक भन्दा फरक सामान रहेको प्रहरीले जनाएको छ। ट्रक चालक जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६, नगवा निवासी ४५ वर्षीय विजय साहलाई नियन्त्रणमा लिइएको छ। उनको विरुद्धमा आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानका लागि उक्त ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको प्रहरीले पुष्टि गरेको छ। प्रहरी स्रोतका अनुसार ट्रकमा लोड गरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.