राप्ती खबर

1121 Posts
प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै भदौ २३ र २५ गते भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा विभिन्न भौतिक साधनहरू प्रदर्शनकारीको नियन्त्रणमा परेको वा कतै फेला परेको भए फिर्ता बुझाउन प्रहरीले अनुरोध गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी विज्ञप्तिअनुसार यस्तो सामग्री फेला परेमा नजिकको प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोशाक दुरुपयोग नगर्न तथा सो सम्बन्धी सूचना पनि उपलब्ध गराउन प्रहरीको अनुरोध…
Read More
असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

काठमाडौं, भदौ २६ गते । मुलुकभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले अस्थायी रूपमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिविले आज जारी गरेको सूचनामा भदौ २९, ३० र ३१ गतेका साथै असोज १, २, ५ र ९ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ। यद्यपि, विश्वविद्यालयले हिउँदे विधामा हुने कक्षा कटौती गर्ने गरी यो निर्णय लिएको स्पष्ट पार्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराएको छ। यस सम्बन्धमा सबै सम्बन्धित विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला पक्षलाई सूचनाअनुसार अवगत रहन प्रमुख श्री दिल्ली थापा (क्षेत्री)ले आग्रह गरेका छन्।
Read More
जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

काठमाडौं, भदौ २६ गते । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने अभिप्रायसहित सुरु भएको जेन जी नेपालकै आन्दोलन अब ऐतिहासिक सफलताप्रति अघि बढिरहेको छ। आन्दोलनका क्रममा सम्पन्न भर्चुअल छलफल र समग्र मूल्यांकनपछि जेन जी नेपालले अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि इन्जिनियर कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ। जेन जी नेपालद्वारा जारी विज्ञप्तिअनुसार, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह नै सबैभन्दा योग्य र लोकप्रिय विकल्प मानिएको भए पनि उहाँले यस प्रक्रियामा रुचि नदेखाएकाले सम्भावना टुंगिएको छ। त्यस्तै, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम पनि व्यापक समर्थन पाएको भए पनि संविधानिक प्रावधानअनुसार पूर्वन्यायाधीशलाई यस्तो पदमा नियुक्त गर्न नमिल्ने र उमेर सीमा नाघिसकेको कारणले उहाँको नाम…
Read More
मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुर, भदौ २६ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा संवेदनशीलता, जनताको ज्यानमालको सुरक्षा र जनजीवनलाई सामान्य बनाउन जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म जिल्लाभर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ। यस अवधिमा मानिसको भीडभाड, सभा, जुलुस तथा जमघट गर्न निषेध गरिएको छ। तर, अत्यावश्यक कार्यका लागि भने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सीमित आवागमन गर्न सकिने व्यवस्था…
Read More
“विदेशी हस्तक्षेपबिना राष्ट्रिय स्वार्थका लागि आएको हुँ, पारदर्शी नेतृत्व गर्न सक्षम छु : मेयर हर्क साम्पाङ”

“विदेशी हस्तक्षेपबिना राष्ट्रिय स्वार्थका लागि आएको हुँ, पारदर्शी नेतृत्व गर्न सक्षम छु : मेयर हर्क साम्पाङ”

काठमाडौं, भदौ २५ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भिडियो सन्देशमार्फत हालका विवाद र मतभेदबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले हजारौँ युवाहरूको विशेष अनुरोध र आग्रहलाई सम्बोधन गर्दै व्यक्तिगत स्वार्थ नभई राष्ट्रिय स्वार्थका लागि काठमाडौँ आएको स्पष्ट पारेका छन् । साम्पाङले भने, “यो मेरो रहर वा स्वार्थको कुरा होइन। यो देशलाई बचाउनुपर्ने परिस्थिति आएको छ। विदेशीहरूको हालीमुहाली हुनु हुँदैन। युवाहरूको साथ र समर्थनले म लुकेर बस्न सक्दिन, त्यसैले म नेतृत्व गर्न तयार भएर आएको हुँ।” उनले हालै सेनाप्रमुखसँग पनि कुराकानी गरेको जानकारी दिँदै विभिन्न समर्थन र सिफारिसको हल्ला अनावश्यक रहेको बताए। बालेन शाह वा सुशीला कार्कीलाई समर्थन गर्ने…
Read More
“संविधानविहीन अवस्थामाझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा तछाडमछाड नगर्नुहोस् : जेन जि युवा लक्ष्मण तामाङको भावुक आग्रह”

“संविधानविहीन अवस्थामाझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा तछाडमछाड नगर्नुहोस् : जेन जि युवा लक्ष्मण तामाङको भावुक आग्रह”

हेटौंडा, भदौ २५ गते । देश अस्थिर र संवैधानिक सङ्कटको अवस्थामा पुगेको सन्दर्भमा जेन जि पुस्ताका लक्ष्मण तामाङले सामाजिक सञ्जालमार्फत निकै भावुक हुँदै आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनी रुँदै भने, “साथीहरू मेरो विनम्र अनुरोध छ, अहिले यो देश कानुनविहीन र सरकारविहीन अवस्थामा छ। यस्तो परिस्थितिमा सामाजिक सञ्जालमार्फत कोही बालेन, कोही हर्क साम्पाङ वा कोही कुलमान घिसिङलाई प्रधानमन्त्री भनेर अगाडि नबढौँ। बरु सबै मिलेर अन्तरिम सरकार गठन गरौँ।” उनले चाँडैभन्दा चाँडो अन्तरिम वैकल्पिक सरकार गठन गरी आठ महिनाभित्र चुनाव गराउनुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिँदै भने, “यदि चाँडो निर्णय गरिएन भने विदेशी शक्तिको चलखेल बढ्न सक्छ र त्यसपछि नेपाल नै…
Read More
“अन्तरिम सरकार गठनमा जेन जीको प्रस्तावप्रति बालेन शाहको समर्थन, धैर्य र एकताको आग्रह”

“अन्तरिम सरकार गठनमा जेन जीको प्रस्तावप्रति बालेन शाहको समर्थन, धैर्य र एकताको आग्रह”

काठमाडौं, भदौ २५ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देशलाई सुनौलो भविष्यतर्फ डोर्याउन जेन जी पुस्ताले उठाएको आन्दोलन र प्रस्तावलाई पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अहिले देश इतिहासकै संवेदनशील मोडमा रहेको भन्दै धैर्य र एकताको आवश्यकता रहेको बताएका छन्। उनका अनुसार अब देश अन्तरिम सरकारको दिशामा अगाडि बढ्दैछ, जसको मुख्य दायित्व चुनाव सम्पन्न गरी नयाँ जनादेश दिलाउने हुनेछ। शाहले जेन जीबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीप्रति पूर्ण समर्थन जनाउँदै, युवाहरूको सुझबुझ र विवेकको प्रशंसा गरेका छन्। साथै उनले नेतृत्वमा चाँडै आउने हतार नगरी स्थायी समाधानका लागि लोकतान्त्रिक…
Read More
जंगीअड्डामा प्रस्तावित नेतृत्वविरुद्ध युवाको नाराबाजी, वैकल्पिक नाम चर्चामा

जंगीअड्डामा प्रस्तावित नेतृत्वविरुद्ध युवाको नाराबाजी, वैकल्पिक नाम चर्चामा

काठमाडौं, भदौ २५ गते । जंगीअड्डामा प्रस्तावित आगामी सरकार नेतृत्वप्रति असन्तुष्टि जनाउँदै युवाहरुले अहिले नाराबाजी सुरु गरेका छन्। जेन जी आन्दोलनका प्रतिनिधिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेपनि बाहिर भेला भएका युवाहरु त्यसप्रति असहमति जनाउँदै विरोध गरेका हुन्। युवाहरुले नेतृत्व चयन प्रक्रियामा पारदर्शिता र सबैको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गर्दै विभिन्न नारा लगाएका थिए। कतिपय युवाले काठमाडौं महानगरका मेयर बालेन शाहसहित अन्य नामलाई पनि वैकल्पिक नेतृत्वका रूपमा चर्चामा ल्याएका छन्। युवाहरुको दबाबबीच नेतृत्व चयनप्रति देखिएको मतभिन्नताले जेनजी आन्दोलनको आगामी कदम कस्तो हुने भन्ने प्रश्न खडा भएको छ।
Read More
धुवाँका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द

धुवाँका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द

काठमाडौं, भदौ २५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ। उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान–अवतरण मार्गमा देखिएको धुवाँका कारण विमानको सुरक्षा गम्भीर रूपमा प्रभावित हुन सक्ने देखिएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ। विमानस्थल बन्द रहेको समयमा यात्रु महानुभावलाई अनावश्यक रूपमा विमानस्थलमा नआउन तथा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थल आउन प्राधिकरणले आग्रह गरेको छ। यस निर्णयका कारण यात्रुवर्गमा असुविधा भएकोप्रति प्राधिकरणले क्षमा प्रार्थना गर्दै, परिस्थिति सामान्य भएसँगै विमानस्थल सञ्चालनबारे थप सूचना दिने…
Read More
विदेशी नागरिकलाई आपतकालीन अवस्थाको अवस्थामा सुरक्षा निकायसँग सम्पर्क गर्न नेपाली सेनाको आग्रह

विदेशी नागरिकलाई आपतकालीन अवस्थाको अवस्थामा सुरक्षा निकायसँग सम्पर्क गर्न नेपाली सेनाको आग्रह

काठमाडौं, भदौ २५ गते । नेपाली सेनाले नेपालमा रहेका विदेशी नागरिकहरूलाई आपतकालीन वा जटिल परिस्थितिमा नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीहरूसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जारी गरेको सूचनामा उद्धार तथा अन्य सहयोगको आवश्यकता परेमा नजिकको सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ। सूचनामा विशेषगरी अल्प समयमै उद्धार लगायत कुनै पनि सहयोगको आवश्यकता परेमा सुरक्षाकर्मीमार्फत समन्वय गर्न आग्रह गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.