राप्ती खबर

1120 Posts
ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकमा ग्यास चुहावटका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ७ बजे बुवाको वार्षिक पुण्यतिथिको तयारी गर्दै गर्दा सुवान भेटुवालको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएको थियो। ग्यास चुहिएर अचानक आगोको मुस्लो निस्किएको र त्यसपछि सिलिन्डर विस्फोट भई आगो झन् फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।घटनापछि स्थानीयबासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको सबै सरसामान जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।
Read More
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, प्रत्यक्ष वार्ताबाटै सहमति भएको दाबी

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, प्रत्यक्ष वार्ताबाटै सहमति भएको दाबी

काठमाडौँ। भारत र पाकिस्तान दुवै देश आफ्नो सीमा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको दाबी गरेकाछन्। दुवै देशका सैन्य अधिकारीहरूबीच भएको प्रत्यक्ष वार्तामार्फत यो सहमति जुटेको खबर बाहिरिएको छ। दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) बीचको छलफलपछि युद्धविरामको सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै यो सहमति कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानबीचको आपसी छलफलबाट भएको दाबी गरेको छ। दुवै देश गोलीबारी र सैन्य कारबाही रोक्न सहमत भएका छन्। यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले…
Read More
बीरगञ्जबाट मकवानपुरको झरना ड्याममा घुम्न आएको सुमो गाडी ब्रेक फेल हुँदा दुर्घटना

बीरगञ्जबाट मकवानपुरको झरना ड्याममा घुम्न आएको सुमो गाडी ब्रेक फेल हुँदा दुर्घटना

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत रहेको भैंसे - २ मा आज सुमो गाडी पार्किङ गर्ने क्रममा ब्रेकफेल हुँदा दुर्घटना हुन पुगेको छ। बीरगञ्जबाट बा ५ च ६५८६ नम्बर प्लेट भएको सुमो गाडी गर्मी छल्न प्यासेन्जर बोकी आएको बेला भैंसे २ मा रहेको झरना ड्याममा सबै यात्रु ओराली पार्किङ गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हो। उक्त सुमो गाडी सडकबाट लगभग ३/४ किलोमिटरको  खोल्सामा दुर्घटना हुन पुगेको छ। दुर्घटनाबाट मानवीय क्षति भने कुनै नभएको साथै सुमो चालक भने ब्रेकफिल हुने क्रममा हाम फालेर आफ्नो ज्यान बचाउन सफल भएको बताएको छ। बीरगञ्जबाट लगभग ९ जना प्यासेन्जर बोकी मकवानपुरको भीमफेदी गाउँपालिका २ मा रहेको…
Read More
प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी सचेतना कार्यक्रम हुने

प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी सचेतना कार्यक्रम हुने

उर्लाबारी। सामुदायिक विकास मंच उर्लाबारीको आयोजनामा र संरक्षण तथा आकार फाउन्डेसन उर्लाबारीको सहकार्यमा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम शुक्रबार हुने भएको छ। आज साझ उर्लाबारी ६ महारुद्र शिवालय मन्दिरको प्रांगणमा हुने कार्यक्रममा बाल विकास कन्सल्ट्यान्ट प्रिसिमा थापा द्वारा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धि प्रशिक्षण दिईने सामुदायिक विकास मंच उर्लाबारीका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए। साथै उनले कार्यक्रममा उपस्थित भइ बालबालिकाको समुचित विकास र हेरचाह सम्बन्धी ज्ञान हासिल गर्न सम्पुर्ण नगरवासीमा आग्रह समेत गरेका छन । मंचका सचिव महेन्द्र बोहोराका अनुसार कार्यक्रमले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई प्रारम्भिक बाल विकासका महत्वपूर्ण पक्षबारे जानकारी दिनेछ। बालबालिकाको समुचित…
Read More
जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान पत्ता लागेको छ। भूगर्भविद् कृष्ण पाण्डेको टोलीले “प्रोटोन म्याग्नेटोमिटर” नामक उपकरण प्रयोग गरी गाडी भएको आशंकित क्षेत्र पहिचान गरेको हो। गाडीमा प्रयोग हुने चुम्बकीय सामग्रीको आधारमा जमिनमुनि चुम्बकीय प्रतिक्रिया खोज्ने उक्त प्रविधिबाट गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र संकेत देखिएको भूगर्भविद् पाण्डेले जानकारी दिए। “तीव्र चुम्बकीय प्रतिक्रिया देखिएको स्थानमै गाडी हुनसक्ने प्रबल सम्भावना देखिएको छ,” पाण्डेले भने, “अब गहिराइ कति छ भन्ने पत्ता लगाउन अर्को विशेष उपकरण प्रयोग गरिरहेका छौं।” उक्त गाडी घाँस काट्ने मेसिन लोड गरिरहेका बेला अचानक जमिन भासिएर माटोमा पुरिएको…
Read More
नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

मनहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले आज पालिका कार्यलयमा २२ बुँदे मागपत्र बुझाएको छ । मनहरी गाउँपालिका भित्र भएका सम्पूर्ण समस्याहरुको समाधान गर्दै पालिकालाई समृद्ध पालिकाको रुपमा बिकास गर्न आवस्यक योजना बनाउन ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको हो । राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिक आधार तयार गरी नेपाली समाज र नेपाली जनतालाई सुशासन र रोजगारी श्रृजना सँगसँगै अभिवृद्धि गर्दै समाजवादतर्फ उन्मुख हुनाका लागि अनुरोध गर्दै पालिका कमिटीले उक्त पत्र बुझाएको हो । पालिका कमिटीले कृषि मल, बिउ सरल रुपमा समयमै उपलब्ध गराउने व्यवस्था मिलाउँदै…
Read More
जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

अछाम। जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका २३ वर्षीय मोहन बहादुर चन्दलाई अछाम प्रहरीले पक्राउ गरेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थायी ठेगाना भएका चन्दलाई अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीका अनुसार चन्दलाई बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चन्दले परिवर्तित नाम ६९ मंगलसेन–६४ की युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। घटना भएदेखि नै फरार रहेका उनलाई प्रहरीले अभियुक्त…
Read More
नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन आगामी साउन महिनाको ३० र ३१ गते काठमाडौंको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको छ। संघका सभापति दिनेश थापा मगरले ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘जागरण, रूपान्तरण र मगर एकता’ भन्ने मूल नाराका साथ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए। महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति दिनेश थापा मगरको अध्यक्षतामा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। यसैगरी, रिक्त रहेका केन्द्रीय सदस्य पदमा नेपाल राष्ट्रिय मगर संघ कोशी प्रदेशका निवर्तमान सभापति जगत राना मगर र सरिता राना मगरलाई मनोनयन गरिएको छ। बैठकले प्रदेश…
Read More
अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

बाजुरा। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रबार बिहान अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको दुःखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहान करिब साढे ७ बजेतिर ५० वर्षीया काली जैशी घाँस काट्नका लागि सुजारी पाताल सामुदायिक वन गएकी थिइन्। वनमा घाँस काटिरहेको अवस्थामा अकस्मात भएको विस्फोटमा परी जैशी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि कोल्टी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इतहाक हावालीले विस्फोटको कारण अझै खुल्न नसकेको जानकारी दिएका छन्। उनले भने, "घटना कसरी भयो र कुन प्रकारको विस्फोटक पदार्थ थियो भन्ने विषयमा अहिले नै…
Read More
धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

धनगढी। कैलालीमा कक्षा १२ को परीक्षामा अर्काको नाममा सहभागी भएकी युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा चलिरहेको थियो। सोही क्रममा गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारीअनुसार, सिर्जना बोहराले एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्। शंका लागेपछि जाँच गर्दा उनि नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो। हाल बोहरालाई नियन्त्रणमा लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.