राप्ती खबर

1119 Posts
लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने

लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने

मोरङ। लेटाङ नगरपालिकाले नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गरि खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ १५ वर्षमुनिका छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा लेटाङ फुटबल क्लवको व्यवस्थापनमा १५ वर्षभन्दा मुनि १० वर्षसम्मका १ सय ८० जना छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरिएको हो । नगरपालिकाका विभिन्न ४ ठाउँमा १ महिनासम्म सञ्चालन हुने प्रशिक्षणको मंगलबार लेटाङ ४ स्थित जनसेवा खेल मैदानमा शुभारम्भ गरिएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले प्रशिक्षकलाई फुटबल हस्तान्तरण गर्दै प्रशिक्षणको शुभारम्भ गरेका थिए । लेटाङ–४ स्थित जनसेवा…
Read More
मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

मोरङ। मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक बुधबार बिहान मृत फेला परेका छन्। युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।
Read More
सुकबहादुर तामाङको हत्या आरोपमा एक युवक पक्राउ

सुकबहादुर तामाङको हत्या आरोपमा एक युवक पक्राउ

धादिङ। धादिङमा ५० वर्षका सुकबहादुर तामाङको हत्या आरोपमा २० वर्षीय एक युवक पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङको किनारमा मृत अवस्थामा फेला परेका सुकबहादुरको हत्या आरोपमा गजुरी गाउँपालिका–५ न्यौपानेगाउँ घर भई हाल धादिङकै निलकण्ठ नगरपालिका–४ रायोटारमा बस्दै आएका सुमन सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गत शुक्रबार बिहान सडक किनारामा सुकबहादुरको शव फेला परेको थियो। घटनास्थलको प्रकृति अनुसार मृतकलाई कोही कसैले कर्तव्य गरी मारी फालेको हुनसक्ने आशंकामा प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो । घटनाको भोलिपल्टै सुमनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए । उनका…
Read More
पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै

पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलवार हेटौंडामा भएको पत्रकार सम्मेलनमा छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको बताइएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए । सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभै महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको उनको भनाई छ । बैशाख १९ गतेदेखि हेटौंडा-६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली…
Read More
आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि

आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि

काठमाडौँ। आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। जसअनुसार सुनको मूल्य प्रतितोलामा १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। भने हिजो सुनको मूल्यमा प्रतितोला १ लाख ८८ हजार ८ सय मूल्यमा कारोबार भएको थियो। यस्तै,आज भने चाँदीको मूल्य घट्न गएको छ। आज चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले बढ्न गई प्रतितोला १ हजार ९ सय ७० कायम भएको छ। हिजो भने चाँदीको मूल्यमा १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
Read More
अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

मकवानपुर । हेटौंडा-१ चौकिटोलमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले आज हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र बुझाएको हो । जिल्लाका आम नागरिकहरूको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाहरू सहज रूपमा आम जनतामा पुर्‍याउने उद्देश्यले स्थापित सामाजिक अभियान समितिले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रका लागि भनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी छुट्याइएको सरकारी जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकाले उक्त आपत्तिजनक र गैरकानुनी कामलाई रोकि…
Read More
संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभा। संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट सोमबार दिउँसो करिब २:४५ बजे खाँदबारीबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। दुर्घटनामा को १ ज ३७४९ नम्बरको जीप सडकबाट अनियन्त्रित भई नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार,जीपले सुर्तीबारी नजिकै एक पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको हो। बेपत्ता भएका व्यक्तिहरू: सन्तोष बिस्वकर्मा (२५) – चालक, खाँदबारी नगरपालिका–९, संखुवासभा संगम श्रेष्ठ (२४) – खाँदबारी नगरपालिका–९ सदिक्षा श्रेष्ठ (२३) – संगम श्रेष्ठकी पत्नी समीर श्रेष्ठ (२ महिना) – संगम र सदिक्षाका छोरा प्रमेश थापा मगर (२४) – खाँदबारी नगरपालिका–९ खबरमान पिथाकोटे (२९) – खोटाङ जिल्ला उद्धार…
Read More
झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापा। झापाको कनकाई नगरपालिका–३ स्थित सुरुंगा बजार आसपास नेपाल टेलिकमको तार चोरी गर्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र चोरीसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–५ का २८ वर्षीय रमेश चौधरी, गौरादह नगरपालिका–७ का ३० वर्षीय दिनेश भुजेल र अर्जुनधारा नगरपालिका–११ का २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन्। उनीहरूलाई मंगलबार राति करिब ११:३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुरुंगा क्षेत्र आसपास नेपाल टेलिकमले प्रयोग गर्दै आएको टेलिफोन तथा इन्टरनेट सेवा प्रवाह गर्ने तार काटेर चोरी गर्ने…
Read More
मोरङमा गुडिरहेको टिफरमा आगलागी

मोरङमा गुडिरहेको टिफरमा आगलागी

उर्लाबारी,मोरङ। मोरङको विराटनगर–विराटचोक सडकखण्डअन्तर्गत मिलनचोकमा आइतबार दिउँसो गुडिरहेको टिफरमा अचानक आगलागी भएको छ। मोरङको मोतीपुरबाट इनरुवाको भुटातर्फ गिट्टी बोकेर गइरहेको प्र.१-०२-००१ ख ८५३१ नम्बरको टिफरमा दिउँसो करिब १:५० बजे आगलागी भएको अस्थायी प्रहरी चौकी घिनाघाटले जानकारी दिएको छ। टिफरका चालक साजन सरदारका अनुसार, गाडीबाट धुवाँको गन्ध आएपछि उनले गाडी रोकेर जाँच गर्दा आगो सल्किसकेको पाएका थिए। नजिकैको घरबाट पानी ल्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए। आगलागीका कारण टिफरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगोलाई विराटनगर महानगरपालिकाको दमकल टोलीले करिब २० मिनेटको प्रयासपछि नियन्त्रणमा लिएको थियो। प्रहरीले टिफर चालक सरदारलाई नियन्त्रणमा लिएर आगलागीको…
Read More
अभिभावकको दबाबले खुल्न थाल्यो इलामका सामुदायिक बिधालय

अभिभावकको दबाबले खुल्न थाल्यो इलामका सामुदायिक बिधालय

इलाम। शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन्।अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए। “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”,उनले भने। इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए। देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ । इलाम नगरपालिका–५…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.