सशान्त तामाङ

385 Posts
जेन जि विद्यार्थी अधिकारका एजेन्डासहित अखिल (समाजवादी) नारायणी–मधेस प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न

जेन जि विद्यार्थी अधिकारका एजेन्डासहित अखिल (समाजवादी) नारायणी–मधेस प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न

हेटौंडा, मंसिर १३ गते । अखिल (समाजवादी) नारायणी–मधेस प्रदेश समितिेाको तेस्रो पूर्ण बैठक हेटौंडाको चौकिटोल, हेटौंडा–१ मा सम्पन्न भएको छ। बैठकमा केन्द्रिय समितिबाट पारित निर्णयहरूको सर्कुलर वाचन गर्दै आगामी कार्यदिशा सम्बन्धी महत्वपूर्ण निष्कर्ष निकालिएको छ। बैठकले विशेषगरी नारायणी–मधेस प्रदेशभित्रका जेन जि विद्यार्थी पुस्ताका हक–हित तथा अधिकार संरक्षणका लागि नयाँ रणनीति अघि बढाउने निर्णय गरेको छ। संगठनले अब प्रदेशस्तरमा युवावादी एजेन्डा र परिवर्तनकारी कदमका साथ विद्यार्थीहरूको सहभागिता विस्तार गर्ने धारणा बैठकमार्फत प्रस्ट पारेको छ। यस्तै, बैठकले प्रदेशका विभिन्न जिल्लाहरूमा संगठनात्मक बैठकहरू सम्पन्न गर्दै निकट भविष्यमा जिल्ला सम्मेलन तयारी तीव्र बनाउन योजना अघि सारेको छ। संगठन विस्तार र आन्तरिक व्यवस्थापन बलियो बनाउनु…
Read More
गुप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण कथावाचन घोषित, पुरानो जग्गा विवाद समाधानतर्फ छलफल तीव्र

गुप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण कथावाचन घोषित, पुरानो जग्गा विवाद समाधानतर्फ छलफल तीव्र

हेटौडा, १४ मयुरधाप, मंसिर १३ गते । गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समिति हेटौडा–१४ मयुरधापले आज पत्रकार सम्मेलन मार्फत मन्दिरको निर्माण, व्यवस्थापन तथा क्षेत्रको चिरपुरातन जग्गा विवादबारे स्पष्टीकरण सहित महत्वपूर्ण जानकारी दिएको छ। समितिले आगामी फागुन ३ गते शिवरात्रीको अवसर पारेर विशेष पूजाआजा, आराधना र शिव महापुराण कथावाचन औपचारिकरूपमा सुरु हुने घोषणा गरेको छ। कथावाचन सोही वडामा जन्मिएकी देवी सुमी मानव माताद्वारा हुने बताइएको छ। पुरानो जग्गा विवाद पुनः प्राथमिकतामा कार्यक्रममा अतिथि राजनीतिक दलका नेता रामबहादुर लामाले मन्दिर क्षेत्र सुरुदेखिकै विवादको मूल कारण पुनः समिक्षा गर्दै विस्तृत विवरण सार्वजनिक गरे। उनले भने, “यो मन्दिर सुरुदेखि नै विवादास्पद थियो। २०४४…
Read More
हेटौंडा सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी सडकमा उत्रिदै, ‘सुकुम्बासी बनाउन खोजियो भने आत्महत्यासम्म जान तयार’

हेटौंडा सडक विस्तारविरुद्ध घरधनी–व्यवसायी सडकमा उत्रिदै, ‘सुकुम्बासी बनाउन खोजियो भने आत्महत्यासम्म जान तयार’

हेटौंडा, मंसिर १२ गते । मकवानपुरमा सडक डिभिजन कार्यालयद्वारा जारी गरिएको १५ दिने सडक सीमा खाली गर्ने ‘अत्यन्तै जरुरी सूचना’ पछि यहाँका घरधनी र व्यवसायीहरू तीव्र रूपमा आक्रोशित भएका छन्। महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको केन्द्ररेखादेखि दायाँ–बायाँ २५–२५ मिटर सीमा कायम गरी त्यसभित्रका संरचना, टहरा, व्यवसाय, प्रवेशमार्ग, तगारो, खाडल–कुलो निर्माण लगायतका क्रियाकलाप सार्वजनिक सडक ऐन २०३१ ले निषेध गरेको भन्दै डिभिजनले सूचना जारी गरेपछि बजार क्षेत्रमा ठूलो तनाव सिर्जना भएको छ। सडक विभागले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार तीव्र रूपमा अघि बढाएपछि व्यवसायीहरू आफूहरूको लगानी, ऋण तथा दैनिक व्यवसाय धराशायी बन्ने डरले सशंकित बनेका छन्। उनीहरूको आरोप छ—“सरकारले अत्यन्तै छोटो…
Read More
हेटौंडा–४ मा सडक स्तरीकरण अन्तिम चरणमा, २ सय घरधुरी लाभान्वित हुने

हेटौंडा–४ मा सडक स्तरीकरण अन्तिम चरणमा, २ सय घरधुरी लाभान्वित हुने

हेटौंडा, मंसिर ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा नगरविकास रोडदेखि हेटौंडा क्याम्पससम्मको सडक स्तरीकरण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ४ मिटर चौडाइ रहेको सडकलाई ६ मिटरमा विस्तार गर्ने, सडकबीचका विद्युत् पोल सार्ने तथा दुबै तर्फ खानेपानी र ढल व्यवस्थापन गर्ने काम पूरा भइसकेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिएका छन्। उनका अनुसार सडक फराकिलो बनाउन तथा निर्माण कार्य सहज बनाउन घरअगाडिको भाग सहयोग स्वरूप उपलब्ध गराउने स्थानीयवासीप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ। ढल निर्माणसमेत सम्पन्न भएपछि करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र सडकमा पानी जमेर आवत–जावतमा पर्ने समस्या समाधान हुने वडाध्यक्ष सिग्देलले बताएका छन्। हजारौँ विद्यार्थी…
Read More
प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

काठमाडौं, मंसिर ११ गते । प्रधानमन्त्रीको सचिवालयमा हाल देखिएको पारिवारिक नियुक्ति सम्बन्धी विवादले देशभर गम्भीर बहस र चिन्ता उत्पन्न गरेको छ। विशेषगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीका नातेदारलाई सचिवालयमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक नैतिकताबारे प्रश्न उठेको छ। भैरव समूहका संयोजक दिभेश शाक्य र सामाजिक अभियन्ता विशालराज महतले संयुक्त रुपमा जारी गरेको धारणा अनुसार, सचिवालयजस्तो संवेदनशील संरचनामा हुने कुनै पनि नियुक्ति पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र मेरिटोक्रेसीमा आधारित हुनुपर्छ। उनीहरूका अनुसार उठेका आरोपले सरकारको नैतिक विश्वसनीयता, संस्थागत मर्यादा र नागरिक भरोसामा प्रत्यक्ष असर पार्न सक्छ। उनले तत्काल, निष्पक्ष र तथ्यगत छानबिनको माग गर्दै भने,…
Read More
हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

हेटौडा, मंसिर ११ गते । दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूह हेटौडा–८, २०८० ले हिजो हेटौडा–१५, दमारटोल रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा रहनुभएका ज्येष्ठ आमाबुबालाई खाजा खुवाउने तथा जाडोको लागि न्यानो कपडा र दोसल्ला प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। दीपावली लक्षित विशेष देउसी–भैलो कार्यक्रममार्फत संकलित रकमलाई सामाजिक सेवामा उपयोग गर्दै मानव सेवा भाव प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहले जानकारी दिएको छ। कार्यक्रम समूहका सल्लाहकार तथा संयोजक रामबहादुर दुलालले सञ्चालन गरेका थिए। दुई वर्षको अवधिमा समूहले दलित समुदायले भोग्दै आएको वर्गीय तथा जातीय विभेदविरुद्ध संगठनात्मक रूपमा आवाज उठाउँदै व्यवहारमा सेवा–कार्यमार्फत नयाँ उदाहरण स्थापित गरिरहेको दुलालले बताए। उनले…
Read More
मकवानपुरे जेन–जी समूहको आधिकारिक घोषणा, सुबिन खत्री संयोजकत्वमा ४० सदस्यीय टोली गठन

मकवानपुरे जेन–जी समूहको आधिकारिक घोषणा, सुबिन खत्री संयोजकत्वमा ४० सदस्यीय टोली गठन

मकवानपुर, मंसिर १० गते । मकवानपुर जेन–जी समूहले आज औपचारिक रूपमा आफ्नो संगठन विस्तार गर्दै ४० सदस्यीय टोली घोषणा गरेको छ। भदौ २३ र २४ गतेदेखि देशभर फैलिएर आएको जेन–जी आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र विविध सामाजिक विकृति–विसंगति विरुद्ध लागिरहेकाहरुको समन्वय गर्ने उद्देश्यले समूहलाई संस्थागत रूप दिन खोजिएको बताइएको छ। केन्द्रीय जेन–जी अभियान्ता मिराज ढुङ्गानासँग प्रत्यक्ष संवादपछि आधिकारिकता प्राप्त गर्दै मकवानपुरे जेन–जी समूह औपचारिक रूपमा गठन भएको हो। समूहको संयोजकमा सितोरियो संघ नेपालका राष्ट्रिय खेलाडी तथा पदमपोखरी–१२ निवासी सुबिन खत्री चयन भएका छन्। त्यस्तै, सचिवमा नवीन रावत, कोषाध्यक्षमा सुजन दाहाल र अन्य ३७ जना सदस्यसमेत समावेश गर्दै संगठनलाई ४०…
Read More
सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

हेटौडा, मंसिर १० गते । सामाजिक अभियन्ता विशालराज महतले नेपालको वर्तमान राजनीतिक अभ्यास, राज्यको प्राथमिकता र जनजीवनका वास्तविक समस्याप्रति बेवास्ता भइरहेको भन्दै कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले मौनता र सत्ता–विलासिताको खेलले राष्ट्रलाई गलत दिशातर्फ धकेलेको आरोप लगाए। महतका अनुसार देश आज विकासभन्दा पनि रेमिटेन्स, विदेशी ऋणदाता र जनतामाथिको कर तथा जरिवानामा अडिएको छ, जुन दीर्घकालीन स्थिरताको आधार हुन सक्दैन। उनले युवाहरू ठूलो संख्यामा विदेशिन बाध्य भएको, नागरिक उपचार खर्च जुटाउन कराउँदो अवस्थाको सिर्जना भएको, बालश्रम बढेको र राज्यले उठाएको कर सुविधा विस्तारमै खर्च भएको उल्लेख गरे। बागमती प्रदेश सरकारको पछिल्लो चरित्र जनप्रतिनिधि होइन, विशेषाधिकारप्राप्त वर्गको…
Read More
एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

हेटौडा, मंसिर १० गते । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुने तयारीसँगै स्थानीय तहका नेताहरूले पनि प्रतिनिधि चयन प्रक्रियामा सक्रियता बढाएका छन्। हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मकवानपुर क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला पार्टी कार्यालय, हेटौँडामा उम्मेदवारी दर्ता गरेका सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्। एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुने छन्। सिग्देलले…
Read More
हेटौँडा–४ मा सडक बत्ती समयमा निभाउने आग्रह: वडाध्यक्ष सिग्देलको सचेतनामूलक पहल

हेटौँडा–४ मा सडक बत्ती समयमा निभाउने आग्रह: वडाध्यक्ष सिग्देलको सचेतनामूलक पहल

हेटौँडा, मंसिर ८ गते । हेटौँडा उप–महानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सडक तथा घर–व्यवसाय अगाडिका बत्तीहरू समयमा बाल्ने र समयमा निभाउने आग्रह गर्दै स्थानीयवासीलाई सचेत गराएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा उनले केही स्थानहरूमा सडक बत्ती बिहान ८:४५ बजेसम्म अनावश्यक रूपमा बलिरहने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै “कर्तव्य पनि पूरा गरौँ” भन्ने संदेश दिएका छन्। वडाध्यक्ष सिग्देलका अनुसार अनियन्त्रित रूपमा बत्ती बलिरहँदा विद्युत्‌को अनावश्यक खर्च मात्र होइन, स्थानीय सरकारको दायित्वप्रति जनताको अविश्वास पनि बढ्ने सम्भावना रहन्छ। उनले घर तथा पसल अगाडिका निजी बत्तीहरू पनि समयमा नै निभाउन आग्रह गर्दै सबै पक्षको साना–साना जिम्मेवारीले ऊर्जा व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणमा ठूलो योगदान पुर्‍याउने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.