सशान्त तामाङ

385 Posts
७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

हेटौँडा,बैशाख ६ गते । काठमाडौं–हेटौडा जोड्ने नेपालको ऐतिहासिक तथा पुरानो व्यापारिक मार्ग कान्ति लोकपथको निर्माण तथा स्तरोन्नति कार्य पछिल्लो समय तीव्र रूपमा अगाडि बढाइएको छ। सन् १९५४ (करिब ७२ वर्षअघि) निर्माण सुरू गरिएको यस सडकले विगतमा काठमाडौंलाई पूर्वी नेपाल तथा भारतको सीमावर्ती क्षेत्र रक्सौलसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो। सुरूवाती चरणमा टीकाभैरव–हेटौडा नामले चिनिने यो सडक हाल पनि छोटो दूरी (७९ किलोमिटर) मार्फत हेटौडा र काठमाडौंलाई जोड्ने सम्भावनायुक्त मार्गका रूपमा परिचित छ। तर, यति लामो समय बितिसक्दा पनि सडक पूर्ण रूपमा सम्पन्न हुन नसकेको अवस्था रहेको छ। हाल भने सडकको स्तरोन्नति, कालोपत्रे तथा अन्य भौतिक पूर्वाधार विकासका कामहरू तीव्र गतिमा…
Read More
बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

बकैया गाउँपालिका,बैशाख ६ गते । बकैया गाउँपालिका वडा नम्बर १ मा उज्यालो पार्टी नेपालले वडा स्तरमा संगठन विस्तार गरेको छ। आइतबार सम्पन्न कार्यक्रममार्फत काजीमान पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो। नवगठित समितिमा स्थानीय कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको पार्टीले जनाएको छ। कार्यक्रम उज्यालो पार्टी नेपालका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने जिल्ला उपाध्यक्ष उत्तम गोम्जा विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने उद्देश्यले वडा स्तरमा संगठन विस्तारलाई तीव्रता दिइएको बताए। उनले नवगठित समितिलाई जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गरे। त्यसैगरी, जिल्ला उपाध्यक्ष गोम्जाले पार्टीप्रति…
Read More
नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

हेटौँडा, वैशाख ६ गते । नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्यले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसले जनप्रतिनिधि र नागरिकबीचको अपेक्षा तथा वास्तविकताको अन्तर उजागर गरेको छ। आइतबार, बिदाको दिनसमेत आफूले निरन्तर तीनवटा प्रतिनिधिमूलक फोन आएको उल्लेख गर्दै उनले जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने क्रममा भोग्नुपरेका चुनौतीहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार पहिलो फोन मृत्यु दर्ता सम्बन्धी थियो। एक सेवाग्राहीले तत्काल काठमाडौँ जानुपर्ने भन्दै बिदाको दिनमै कार्यालय खोलेर सेवा दिन आग्रह गरेका थिए। तर वडाध्यक्ष सिग्देलले बिदा भएको कारण भोलिपल्ट आउन अनुरोध गर्दा सेवाग्राही असन्तुष्ट भएका थिए। दोस्रो फोन सडक बत्ती मर्मतसम्बन्धी थियो।…
Read More
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

गढी गाउँपालिका,बैशाख ५ गते । गढी गाउँपालिका–३ मा सञ्चालित मनकामना दुग्ध सहकारी संस्था र सम्बन्धित दाना उद्योगमा अनियमितता भएको गम्भीर सूचना सार्वजनिक भएको छ। सेवा सहयोग र आवाज संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषय उठान गर्दै छानबिनपछि वास्तविकता सार्वजनिक गर्ने बताएका छन्। महतले जनताको पसिना र विश्वासमाथि खेलबाड भएको आशंका व्यक्त गर्दै, दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले तथ्य, प्रमाण र जिम्मेवार पक्षको पहिचानसहित छिट्टै विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार, यदि अनियमितता पुष्टि भएमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याउन अन्तिमसम्म लड्ने…
Read More
रास्वपा मकवानपुरमा चुलिँदो कलह: “नयाँ राजनीति” को वाचा कि पुरानै प्रवृत्तिको पुनरावृत्ति?

रास्वपा मकवानपुरमा चुलिँदो कलह: “नयाँ राजनीति” को वाचा कि पुरानै प्रवृत्तिको पुनरावृत्ति?

हेटौडा,बैशाख ५ गते । मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको पछिल्लो विवाद केवल संगठनात्मक असमझदारी होइन, यो “नयाँ राजनीति” को दाबी बोकेको पार्टीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने घटनाक्रमका रूपमा उभिएको छ। प्रतिनिधिसभाका दुबै क्षेत्र जितेर उत्साहित बनेको रास्वपा अहिले आफ्नै आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र नेतृत्व शैलीका कारण संकटग्रस्त देखिन्छ। जिल्लाका कार्यबाहक सभापति समेत रहेका सांसद प्रकाश गौतममाथि कार्यकर्ताहरूले लगाएको “दोहोरो चरित्र” को आरोप सामान्य राजनीतिक टिप्पणी मात्र होइन; यसले पार्टीभित्र बढ्दो अविश्वास र असन्तुष्टिको गहिराइ संकेत गर्छ। चुनावी सफलतापछि नेतृत्वमा आएको भनिएको घमण्ड, पक्षपातपूर्ण व्यवहार र असहमतिप्रति असहिष्णुता—यी सबै आरोपहरू यदि सत्यतथ्यमा आधारित छन् भने, यसले रास्वपाको…
Read More
हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा,बैशाख ३ गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको खातामा जम्मा भइसकेको जानकारी दिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता रकम बुझ्न आग्रह गरेको हो। सूचनाअनुसार, लाभग्राहीहरूले आफ्नो सक्कल नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र साथमा ल्याउनुपर्नेछ। भत्ता वितरण प्रोग्रेसिभ फाइनान्स लिमिटेड पदमपोखरी शाखामार्फत गरिनेछ। वडा कार्यालयले विभिन्न टोल विकास संस्थाअनुसार भत्ता वितरणको समय तालिका समेत सार्वजनिक गरेको छ। वैशाख ४ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सृजनशील, समृद्धि, सिम्पानी, मुस्कान, सिरानटोल, समाजसेवी, शान्ति, टुटेपानी र पवित्रा टोलका लाभग्राहीहरूले भत्ता…
Read More
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

हेटौडा,बैशाख २ गते । साइकल मैत्री कानुन र सुरक्षित सहर निर्माणको सन्देश बोकेर पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै महाकालीदेखि मेचीसम्म पाँच दिनको साइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्ने टोलीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले आफ्नो कार्यकक्षमै उक्त टोलीका सदस्यहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरेकी छिन्। सम्मानित हुनेहरूमा ‘साइकल सिटी हेटौडा’ का दीपक खड्का, लेखनाथ ढकाल र रामप्रसाद फुयाल रहेका छन्। उनीहरूले स्वास्थ्य, पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित देशव्यापी साइकल यात्रा गर्दै हेटौडाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेका थिए। प्रमुख लामाले मेचीदेखि महाकालीसम्मको चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न गरी हेटौडाको गौरव बढाएको उल्लेख…
Read More
सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

हेटौंडा,बैशाख १ गते । एउटै व्यक्तिलाई एउटै समाजले फरक–फरक तराजुमा जोखेको दृश्य यतिबेला हेटौंडामा देखिएको छ। सामाजिक अभियन्ताका रूपमा चिनिएका बिशाल राज महत लाई एकातिर सम्मान गरिएको छ भने अर्कोतिर कारबाहीको सिफारिस गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को भवन उद्घाटन कार्यक्रममा महतलाई विशेष सम्मान गरिएको थियो। अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका, बिरामीको सहारा बन्ने, विद्यार्थीको अभिभावक जस्तो भूमिका निर्वाह गर्ने र जनताको पक्षमा खबरदारी गर्ने कार्यको कदरस्वरूप उनलाई माला र खादा ओढाएर सम्मान गरिएको हो। तर सम्मानको माहोल सेलाउन नपाउँदै अर्को पाटोबाट उनको विरोध सुरु भएको छ। पछिल्लो समय हेटौंडा–काठमाडौं भिमफेदी सुरुङ मार्ग मा जनताको…
Read More
हेटौँडा–१५ सल्लाहघारीमा भोलि बृहत् श्रमदान कार्यक्रम, स्थानीयलाई सहभागी हुन आह्वान

हेटौँडा–१५ सल्लाहघारीमा भोलि बृहत् श्रमदान कार्यक्रम, स्थानीयलाई सहभागी हुन आह्वान

हेटौँडा,चैत २८ गते । हेटौँडा–१५ फारलाइन क्षेत्रमा पर्ने सल्लाघारीमा भोलि (चैत्र २९ गते) बृहत् श्रमदान कार्यक्रम आयोजना हुने भएको छ। श्रम संस्कृति पार्टी मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आज एक भिडियो सन्देश मार्फत कार्यक्रमबारे जानकारी दिएका छन्। उनले भिडियो मार्फत स्थानीय आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी सबैलाई श्रमदान कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। उनका अनुसार उक्त श्रम अभियान हेटौँडा–१५ फारलाइन क्षेत्रमा सञ्चालन गरिनेछ। कार्यक्रम वन समितिको विशेष सहकार्यमा आयोजना गरिने बताइएको छ। बृहत् श्रमदान कार्यक्रम भोलि बिहान ठीक ७ बजेदेखि सुरु हुने तय गरिएको छ। सोही समयमा सबै श्रमदाताहरूलाई…
Read More
कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

हेटौंडा,चैत २७ गते । कान्तिलोकपथ अन्तर्गत जितपुर भञ्ज्याङदेखि सिमातसम्मको सडक खण्ड अत्यन्त जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीय तहमा चिन्ता व्यक्त गरिएको छ। सेवा सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत यस क्षेत्रको अवस्था सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार पछिल्लो ३–४ वर्षमा सडकको पिचबाट १ मिटरदेखि १०–१५ मिटरको दूरीमै ३० भन्दा बढी घरटहरा निर्माण भएका छन्। ती संरचनामध्ये कतिपय सवारी दुर्घटनामा एकै स्थानमा तीन पटकसम्म भत्किँदा क्षतिपूर्ति समेत लिइएको उल्लेख गरिएको छ। उक्त सडक खण्डमा हालसम्म दर्जनौँले ज्यान गुमाइसकेको र करिब ५० भन्दा बढीको मृत्यु भइसकेको दाबी गरिएको छ। कान्तिलोकपथकै सबैभन्दा खतरनाक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.