सशान्त तामाङ

385 Posts
हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

हेटौंडा, चैत २६ गते । हेटौंडा उपमहानगरपालिका भित्र रहेको खेती योग्य जमिनमा आधुनिक प्रविधिको प्रयोग गर्दै फलफूल खेती विस्तार गर्ने लक्ष्यले उल्लेखनीय सफलता हासिल गर्न थालेको छ। नगर र प्रदेश सरकारको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म ३४ हजारभन्दा बढी मेवाका बिरुवा रोपिएका छन्, जसले फल दिन सुरु गरिसकेको छ। हेटौंडाका कृषकहरूले उत्पादन गरेका मेवा काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा बिक्री वितरण भइरहेको छ भने केही कृषकहरूले भारतसम्म निर्यात गर्न थालेका छन्। यसले स्थानीय कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि गराएको छ। विशेषगरी उपमहानगरपालिकाको वडा नम्बर १३ का विभिन्न स्थानमा फैलिएको मेवा खेतीले कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। आधुनिक प्रविधि र योजनाबद्ध…
Read More
“कागजमा आकर्षक, परिणाममा प्रश्न: बागमती प्रदेश युवा परिषद्का कार्यक्रमप्रति विशालराज महतको गम्भीर प्रश्न”

“कागजमा आकर्षक, परिणाममा प्रश्न: बागमती प्रदेश युवा परिषद्का कार्यक्रमप्रति विशालराज महतको गम्भीर प्रश्न”

हेटौंडा, चैत २५ गते । बागमती प्रदेश युवा परिषद्का कार्यक्रमहरू कागजमा आकर्षक देखिए पनि तिनको वास्तविक उपलब्धि कति भयो भन्ने विषयमा गम्भीर प्रश्न उठाइएको छ। सामाजिक अभियान्ता तथा “जनगुनासो – न्यायको आवाज” अभियानका अध्यक्ष विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे स्पष्ट प्रश्न उठाएका छन्। महतले युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको सिपमूलक तालिम, उद्यमशीलता विकास, नेतृत्व विकास तथा युवा सम्मेलन जस्ता कार्यक्रमहरूको प्रभावकारिता माथि प्रश्न गरेका छन्। उनले कार्यक्रमहरू सञ्चालनमा रहेको दाबी गरिए पनि वास्तविक परिणाम अझै अस्पष्ट रहेको बताएका छन्। उनले विशेषगरी यस्ता प्रश्नहरू उठाएका छन्— कति युवाले सिपमूलक तालिम पाए? तीमध्ये कति रोजगारी…
Read More
हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोड बढी ठगी आरोप: सरकारको ध्यानाकर्षण, छानबिनको माग

हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोड बढी ठगी आरोप: सरकारको ध्यानाकर्षण, छानबिनको माग

हेटौंडा, चैत २३ गते । हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा सर्वसाधारणबाट संकलन गरिएको करिब ३१ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ। सामाजिक अभियन्ता तथा अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उक्त रकम नेपाल पूर्वाधार विकास कम्पनीले सेयरमार्फत उठाएको भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य नगरी सर्वसाधारणलाई ठगी गरिएको व्यापक गुनासो आएको बताएका छन्। उनका अनुसार यस विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा माननीय मन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराइएको छ। उक्त ध्यानाकर्षण पत्र मन्त्रालयको सचिवालयमा दर्ता भइसकेको र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगिसकेको जानकारी पनि उनले दिएका छन्। महतले…
Read More
मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

हेटौडा, चैत २३ गते । मकवानपुरमा मिटर ब्याजबाट पीडित सर्वसाधारणको अवस्था अझै पनि दर्दनाक रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मिटर ब्याज पीडितहरूको वास्तविक अवस्था सार्वजनिक गर्दै न्यायको माग गरेका छन्। उनका अनुसार जिल्लामा धेरै सर्वसाधारणले लिएको ऋणभन्दा दोब्बर–तेब्बर रकम तिर्दा पनि अझै ऋण बाँकी रहेको भन्दै निरन्तर दबाब झेलिरहेका छन्। बाहिरी रूपमा कागजी प्रक्रिया मिलाइएको देखिए पनि भित्री रूपमा ठगी, मानसिक दबाब र अन्यायले जरा गाडेको उनको भनाइ छ। मिटर ब्याजका कारण धेरै परिवार विस्थापित भएका छन् भने कतिपयले घरजग्गा गुमाएका छन्। केही पीडित विदेशिन…
Read More
सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

हेटौडा, चैत २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले विद्यालय शिक्षा प्रणाली सुधारका लागि महत्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले माध्यमिक शिक्षा परीक्षा (SEE) को कापी परीक्षण र परीक्षाफल तयारीलाई तीव्र बनाउँदै विद्यालय प्रणालीलाई व्यवहारिक र जीवनोपयोगी बनाउने आवश्यकतामा जोड दिएका छन्। उनले विद्यालयमा हप्ताको दुई दिन—शनिबार र आइतबार—बिदा दिने व्यवस्थालाई स्वागत योग्य ठहर गर्दै यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिएका छन्। उनका अनुसार शनिबारको बिदामा सरसफाइ तथा सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने र आइतबार परिवारसँग समय बिताउने, मनोरञ्जन तथा…
Read More
मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

हेटौडा,चैत २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियान अन्तर्गत १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यात्रुहरूलाई अनावश्यक हैरानी दिने तथा गैरव्यावसायिक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ साल चैत्र २१ र २२ गते सञ्चालन गरिएको अभियानका क्रममा मकवानपुरका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये अधिकांश हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दा रहेका छन् भने एक जना रौतहट जिल्लाबाट रहेको जनाइएको छ। नियन्त्रणमा लिइएकाहरूमा नसिब बर्तौला, फारोक अन्सारी, बद्रीबहादुर तामाङ, सुगम लोप्चन, कमल सिंह भ्लोन, अजय स्याङतान, सबिन थिङ, अर्जुन…
Read More
इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

इन्द्रसरोवर गाउँपालि, चैत २२ गते । इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक किस्ताअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा भुक्तानी शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जारी गरेको सूचनाअनुसार लाभग्राहीहरूको खातामा (EFT) प्रणालीमार्फत रकम जम्मा भइरहेको जनाएको छ। गाउँपालिका र ग्लोबल आईएमई बैंक लिमिटेड, इन्द्रसरोवर शाखाको समन्वयमा सञ्चालन हुने उक्त शिविर मार्फत लाभग्राहीहरूलाई आफ्नै वडामा पुगेर भत्ता वितरण गरिने व्यवस्था मिलाइएको छ। सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता बुझ्न आग्रह गरिएको छ। सूचना अनुसार चैत २४ गते वडा नं. ५ (डौठेखोला), चैत २५ गते वडा नं.…
Read More
हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

हेटौडा, चैत १९ गते । ‘सेवा सहयोग र आवाजमा हामी’ ले यातायात व्यवस्था कार्यालय हेटौडामा भइरहेको सेवाप्रवाहप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पारदर्शिता र सेवाग्राहीमैत्री व्यवस्थाको माग गरेको छ। संस्थाका अध्यक्ष विशाल राज महतले कार्यालय प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षण प्रक्रियामा देखिएका विभिन्न समस्याहरू औंल्याइएको छ। पत्रमा ट्रायल स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीले मात्र हेर्न पाउने र सेवाग्राहीले आफ्नो पास–फेल नतिजा हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले पारदर्शितामा प्रश्न उठाएको उल्लेख गरिएको छ। ‘सेवा सहयोग र आवाजमा हामी’ ले यस्तो व्यवस्था रहँदा अनियमितता र मनपरी हुने सम्भावना बढ्ने भन्दै सिसी क्यामेराको लाइभ दृश्य सेवाग्राहीले प्रत्यक्ष हेर्न पाउने व्यवस्था गर्न…
Read More
मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मनहरी, चैत १७ गते । मकवानपुरको मनहरी गाउँपालिकामा तामाङ समुदायका युवा तथा अगुवालाई लक्षित गर्दै तीन दिने तामाङ भाषा तथा लिपि सिकाइ कार्यक्रम सुरु भएको छ। नमस्ते मनहरी मिडिया प्रालिको आयोजनामा सुरु भएको उक्त कार्यक्रम अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा मनहरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। कार्यक्रमका सहभागी तथा आयोजकहरूले मातृभाषाको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको बताएका छन्। सहभागीहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति सचेत हुन समेत आग्रह गरिएको थियो। आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा तामाङ पत्रकार संघ बाग्मती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र थोकरले सहभागी युवाहरूलाई लिपि सम्बन्धी…
Read More
जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्री सुदन गुरुङको चेतावनी—“कानुनभन्दा माथि कोही छैन”

जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्री सुदन गुरुङको चेतावनी—“कानुनभन्दा माथि कोही छैन”

काठमाडौँ, चैत १७ गते । जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय राम शरण शर्मा बजगाईँ (आरबी शर्मा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला ललितपुर, गोदावरी नगरपालिका–१० टाखेल निवासी बजगाईँलाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनापछि गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सरकारले हरेक नागरिकको सुरक्षामा गम्भीरतापूर्वक निगरानी गरिरहेको बताएका छन्। उनले कसैलाई पनि अन्याय वा दुर्व्यवहार सहन नपर्ने भन्दै कानुनभन्दा माथि कोही पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.