समाचार

​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य

​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य

​ललितपुर। विश्वदृष्टिकोण र आपसी सहिष्णुता बढाउने उद्देश्यका साथ ललितपुरको पुलचोकस्थित सांग्रिला ब्लु होटलमा आयोजना गरिएको 'सबल विश्व दृष्टिकोण' तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन २५ गतेदेखि सुरु भएको चार दिने प्रशिक्षण कार्यक्रम साउन २८ गते सम्पन्न भएको हो। निरन नेपाल, असल छिमेकी नेपाल, र वर्ल्ड भिजनको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो। ​'प्रशिक्षक प्रशिक्षण' मूल नाराका साथ सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त विकृति र कुरीति हटाउँदै विभिन्न धर्म समुदायका मानिसहरूबीच सद्भाव र सहिष्णुता कायम गर्नु रहेको छ। हाल यो कार्यक्रम बालाजु र कीर्तिपुर नगरपालिकामा केन्द्रित भएर सञ्चालन गरिएको छ। तालिममा विभिन्न अपाङ्गता भएका व्यक्ति, धर्मगुरु तथा विभिन्न धर्मका अनुयायीहरूको…
Read More
राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच भएको झडपपछि स्थगित गरिएको छ। राजधानी काठमाडौंमा आयोजित अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा विवाद चुलिँदै जाँदा हात हालाहालसम्मको अवस्था सिर्जना भएको हो। कार्यक्रममा युवा कार्यकर्ताहरुबीच बाझाबाझ हुँदा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। झडप नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हस्तक्षेप गर्नुपरेको थियो। अध्यक्ष लिङ्देनले घटनापछि अधिवेशन स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण छानबिन गरिने बताए। उनले अनुशासन भंग गर्ने व्यक्तिहरूलाई कारबाही हुने स्पष्ट संकेत पनि दिएका छन्।
Read More
राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं। अमेरिकी सहयोग परियोजना "MCC" (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) सम्झौता खारेज गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विशाल प्रदर्शन र विरोधसभा आयोजना गर्ने भएको छ। पार्टीले "राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, MCC सम्झौता खारेज गर!" भन्ने नारासहित प्रदर्शनको आह्वान गरेको हो। नेपाल कम्युनिस्ट पार्टीले MCC सम्झौतालाई विदेशी हस्तक्षेपको साधन भन्दै यसको विरोध गर्दै आएको छ। पार्टीका अनुसार, यो सम्झौता नेपालको स्वाधीनतामाथि सीधा हस्तक्षेप हो र यसले राष्ट्रिय सार्वभौमसत्तामा खतराको संकेत गर्दछ। पार्टीले सबै देशभक्त नागरिकलाई साउन ३० गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी भई राष्ट्रियताप्रति प्रतिबद्धता देखाउन आह्वान गरेको छ।
Read More
नापी कार्यालयका प्रमुखलाई कालोमोसो सहित कारबाही : घुस र माफियासँगको साँठगाँठको आरोप

नापी कार्यालयका प्रमुखलाई कालोमोसो सहित कारबाही : घुस र माफियासँगको साँठगाँठको आरोप

चितवन,खैरहनी। खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि नेकपा (बहुमत) खैरहनीका कार्यकर्ताले कार्यालयमै कालोमोसो दल्दै कारबाही गरेका छन्। पार्टीका कार्यकर्ताहरुले लम्सालमाथि सेवाग्राहीबाट घुस असुली गर्ने, भूमाफियाहरुलाई सहयोग पुर्‍याउने र नापी प्रक्रिया अवैध रुपमा प्रभावित पार्ने गरेको गम्भीर आरोप लगाएका छन्। यही कारण देखाउँदै उनीमाथि सार्वजनिक रुपमा कालोमोसो दलिएको जनाइएको छ। पार्टीका स्थानीय नेताहरूले यो कदमलाई भ्रष्टाचारविरुद्धको सन्देशस्वरूप व्याख्या गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई लम्सालको कार्यशैलीबारे छानबिन गर्न र आवश्यक कारबाही गर्न मागसमेत गरेका छन्। यसबीच, कार्यालय प्रमुख लम्सालको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। समाचार स्रोत : सामाजिक संजाल
Read More
एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

काठमाडौँ। भारतीय फाइटरलाई पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि जितेर नेपाल फर्किएका नेपाली एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौँ महानगरपालिकाले नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको छ। मंगलबार काठमाडौँ महानगरपालिकामा आयोजित एक कार्यक्रममार्फत मेयर बालेन शाहको उपस्थितिमा ढाँटलाई सम्मान गरिएको हो। महानगरको सामाजिक विकास समितिको सिफारिसमा गरिएको उक्त सम्मान कार्यक्रम उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता तथा सामाजिक विकास समितिका प्रमुखको उपस्थिति रहेको थियो। बझाङका ढाँटले भारतको नोएडामा आयोजित Matrix Fight Night 17 मा भाग लिँदै च्याम्पियनको उपाधि जितेका हुन्। उनले तेस्रो राउन्डमा भारतका चौरेन कोरियनलाई बेहोस हुनेगरी पराजित गरेका थिए। यस उपाधिसँगै उनी अन्तर्राष्ट्रिय एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।
Read More
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं। नेत्रहीन युवा संघ नेपाल, काठमाडौं उपत्यका शाखाले २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 'आधुनिक नेपाली समाजमा बहुविवाहको परिणाम' शीर्षकमा आयोजित प्रतियोगितामा १४ जना प्रतियोगीहरूको सहभागीता रहेको थियो। प्रतियोगितामा शिशिर चापागाईं प्रथम, जगत कुँवर मगर द्वितीय र विनीता सतार तृतीय भएका छन्। विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सीता मिजारले पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मिजारले नेत्रहीन युवा संघसँग सधैं निकट रहेर अपाङ्गता भएका व्यक्तिहरूको मुद्दालाई प्राथमिकताका साथ पहल र सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। प्रतियोगितामा कलाधर भण्डारी, हिमालय शर्मा र सरिता लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन…
Read More
उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

उच्च अदालत पाटनद्वारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौं। उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग काठमाडौं जिल्ला अदालतले मागेको धरौटी रकमलाई सदर गरेको छ। विष्टमाथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नक्कली पत्रका आधारमा गैरकानुनी रूपमा पाँच घण्टा थुनामा राखेको अभियोग लागेको थियो। गत वैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गर्नका लागि प्रहरी र डिल्लीबजार कारागारमा अनाधिकृत रूपमा पत्राचार गरेका थिए। पछि सर्वोच्च अदालतले उक्त पत्र सच्याएपछि मात्र चौधरी कारागारबाट मुक्त भएका थिए। अदालतको आदेशमा हस्तक्षेप गरी झुटा कागजात बनाएको आरोपमा विष्टमाथि कारबाही अगाडि बढाइएको थियो। जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेसँगै अब विष्टलाई अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा हुने बाटो…
Read More
नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद चुलिएको छ। पार्टी संरक्षक रेशम चौधरीले आफ्नी पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएका छन्। बुधबार साँझ बसेको रेशम पक्षको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए। यो घटनाले रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको राजनीतिक मतभेद अब पारिवारिक बेमेलबाट राजनीतिक सम्बन्ध विच्छेदको चरणमा पुगेको स्पष्ट पारेको छ। प्रतिनिधि सभामा ४ सिट रहेको र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सभामा समेत उपस्थिति जनाएको नाउपा अहिले विभाजनको सँघारमा पुगेको छ। यसअघि रञ्जिता श्रेष्ठले केही दिन आराम गर्ने भन्दै कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।
Read More
एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको आज बिहान निधन भएको छ। लामो समयदेखि फोक्सोको क्यान्सर र निमोनियाबाट पीडित शाहीको काठमाडौंको वीर अस्पतालबाट घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै मृत्यु भएको हो। गत एक वर्षदेखि बिरामी रहेका शाहीलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहमा घर फर्काउने क्रममा बाटोमै उनको निधन भएको ५ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए। शाही २०७९ सालमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको पार्थिव शरीरको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिनेछ। वीरेन्द्रनगर नगरपालिकाले वडाध्यक्ष शाहीको निधनमा शोक…
Read More
नवलपरासीबाट बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासीबाट बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले प्रतापपुर गाउँपालिका–९, माधवपुरका ४५ वर्षीय राम सहरे यादवलाई पक्राउ गरेको हो। उनलाई ४० वर्षीया एक महिलाको बलात्कार गरेको उजुरीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.