समाचार

काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ, फागुन ६ गते । नेत्रहीन युवा संघ नेपालका देशभर रहेका १० वटा शाखाहरूमध्ये 'फन्डेड फर यूथ लिडरसिप' परियोजनाका लागि छनोट भएका तीन जिल्लामा नेतृत्व विकास कार्यक्रमले तीव्रता पाएको छ। काठमाडौँ, झापा र चितवन शाखालाई लक्षित गरी सञ्चालित यस विशेष परियोजना अन्तर्गत अहिले काठमाडौँमा तीन दिने प्रशिक्षण सुरु भएको छ। ​नेत्रहीन युवा संघ नेपाल, उपत्यका शाखाको आयोजनामा सुरु भएको यस कार्यक्रमले अपाङ्गता भएका युवाहरूलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहमा पुर्‍याउँदै आफ्ना हक र अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। यस प्रशिक्षणमा विभिन्न प्रकृतिका अपाङ्गता भएका १९ जना युवाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूमध्ये १०…
Read More
गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

काठमाडौँ, फागुन ६ गते । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोब्जत भट्टराई र गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) अनिल धरेलले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी आज आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। सम्झौताअनुसार दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूले विशेष छुट र सुविधा पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी तथा सरोकारवालालाई अन्तर्राष्ट्रिय ट्राभल प्याकेजमा अधिकतम रु. १०,००० सम्म छुट,…
Read More
निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासंघले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकारिताको सिद्धान्त तथा पत्रकार आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। महासंघले निर्वाचनको समयमा मिथ्या सूचना, अप्रमाणित समाचार र अनुमानमा आधारित सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारिएको छ। निर्वाचन नजिकिँदै जाँदा केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रवाहित सामग्रीमा पत्रकार आचारसंहिता र…
Read More
फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

काठमाडौँ, फागुन ४ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले वर्तमान राजनीतिक दलहरूको चुनावी घोषणापत्र र प्रतिवद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा उनले राजनीतिक दललाई फास्टफुड स्टलसँग तुलना गर्दै राज्य–निर्माणको मूल प्रश्न ओझेलमा परेको टिप्पणी गरेका हुन्। मोक्तानले लेखेका छन्—राजनीतिक दल फास्टफुड स्टल होइनन्, जहाँ एक भोटको बदलामा के–के पाइन्छ भन्ने हिसाबले राजनीति गरिन्छ। उनका अनुसार राजनीतिक दलहरूको सबैभन्दा ठूलो दायित्व ‘राजनीति’ र ‘अर्थतन्त्र’को सन्तुलन हो, जसलाई उनले “राजनीतिक–अर्थशास्त्र”को संज्ञा दिएका छन्। उनले राजनीतिक आधार नै कमजोर भएको अवस्थामा ‘केक, कोक, पिज्जा र बर्गर’ जस्ता लोकप्रिय नाराले अर्थतन्त्र चल्न नसक्ने तर्क गरेका छन्। साथै, “राजनीति…
Read More
प्रतिनिधिसभा निर्वाचनमा कुनै डर र भ्रम नराखी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

प्रतिनिधिसभा निर्वाचनमा कुनै डर र भ्रम नराखी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, माघ २६ गते । आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि भ्रम, डर वा आशंका नगरी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगले मतदातालाई आग्रह गरेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाताको मत पूर्ण रूपमा गोप्य हुने भएकाले निसंकोच आफूलाई मनपरेको राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गर्न हार्दिक अपिल गरेका छन्। उनले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनअनुसार हरेक मतदाताको मतदान गोप्य हुने स्पष्ट पार्दै, कसैले पनि कसले कसलाई मतदान गर्‍यो भन्ने कुरा थाहा नपाउने व्यवस्था रहेको बताए। “मतदान स्थलमा गोप्य कार्यकक्षको व्यवस्था गरिएको हुन्छ, जहाँ मतदाताले एक्लै मतपत्रमा छाप लगाउने व्यवस्था हुन्छ,”…
Read More
नेपाली पर्दाले गुमायो ‘राते काइँला’ — अभिनेता सुनिल थापाको असामयिक निधन

नेपाली पर्दाले गुमायो ‘राते काइँला’ — अभिनेता सुनिल थापाको असामयिक निधन

काठमाडौँ, माघ २४ गते । नेपाली चलचित्र जगत आज एक मौन र गहिरो शोकमा डुबेको छ। अभिनयका नक्षत्र, खलनायकलाई नायकजत्तिकै सम्मान दिलाउन सफल वरिष्ठ अभिनेता सुनिल थापा अब हामीमाझ रहेनन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत अवस्थामा आज बिहान हृदयाघातका कारण उनको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको जीवनयात्रा टुंगिएको हो। उनका परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा रहेका छन्। सुनिल थापा नेपाली सिनेमामा केवल कलाकार मात्र थिएनन्, उनी एउटा धारणा थिए। ‘खलनायक’ शब्दलाई नकारात्मक सीमाभन्दा माथि उठाएर दर्शकको स्मृतिमा अमिट बनाउने दुर्लभ क्षमता…
Read More
“नेपालको संकट व्यक्तिको होइन, गलत राजनीतिक दर्शनको परिणाम हो” — बुद्धछिरिङ मोक्तान

“नेपालको संकट व्यक्तिको होइन, गलत राजनीतिक दर्शनको परिणाम हो” — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, माघ २१ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको वर्तमान संकट कुनै एक व्यक्ति वा दलको असफलताका कारण नभई २००६ पछि अपनाइएको राजनीतिक दर्शनकै असफलता भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको धारणा अनुसार नेपालले लोकतन्त्रलाई व्यवहारिक शासन प्रणालीका रूपमा होइन, विकल्पहीन ‘धर्म’का रूपमा ग्रहण गर्दा राज्य क्रमशः कमजोर बन्दै गएको बताएका छन्। मोक्तानका अनुसार यस अवधिमा मतदानलाई मुक्ति, संविधानलाई विकास र सत्ता हस्तान्तरणलाई प्रगतिको मापदण्ड ठानियो। तर यसले राज्य निर्माण, संस्थागत क्षमता र उत्तर दायित्वलाई प्राथमिकता दिन सकेन। उनले आजको नेपालमा “सरकार छ तर शासन छैन, चुनाव छ तर उत्तरदायित्व छैन, अधिकार छन् तर…
Read More
काम कागजमै, पैसा खातामा ! सप्तकोशी सहरी खानेपानी आयोजना भ्रष्टाचारको दलदलमा

काम कागजमै, पैसा खातामा ! सप्तकोशी सहरी खानेपानी आयोजना भ्रष्टाचारको दलदलमा

सप्तरी, माघ १९ गते । जनताको जीवनसँग प्रत्यक्ष गाँसिएको खानेपानी सेवा सहज र पारदर्शी हुनुपर्ने हो। तर सप्तरीको सप्तकोशी नगरपालिकाभित्र सञ्चालित सप्तकोशी सहरी खानेपानी आयोजना अहिले जनताको प्यास मेटाउनेभन्दा पनि अनियमितता र भ्रष्टाचारको उदाहरण बनेको छ। फत्तेपुरस्थित जुटपानी क्षेत्रमा माटो परीक्षण को नाममा कुनै भौतिक काम नै नगरी करिब ४ लाख ४४ हजार रुपैयाँ सरकारी कोषबाट भुक्तानी गरिएको तथ्य बाहिरिएपछि आयोजनाको कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। स्रोतहरूका अनुसार स्थलमै कुनै परीक्षण नगरिएको अवस्थामा कागजी प्रक्रिया मिलाएर रकम निकासा गरिएको देखिन्छ, जुन सार्वजनिक खरिद ऐन र आर्थिक अनुशासनको ठाडो उल्लङ्घन हो। स्वीकारोक्ति र पन्छिने खेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष लेखनाथ घिमिरेले…
Read More
मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

काठमाडौं, माघ १५ गते । काठमाडौंको मूलपानी क्षेत्रमा गएराति प्रहरी र लुटपाटको तयारीमा रहेको एक समूहबीच तनावपूर्ण अवस्था सिर्जना हुँदा प्रहरीले गोली प्रहार गरेको छ। घटनापछि लुटेरा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार माघ १४ गते बुधबार राति शंकास्पद गतिविधिमा संलग्न समूहलाई घेराबन्दी गर्ने क्रममा स्थिति अचानक बिग्रिएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको डीएसपी कौशल बुढाथोकीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ भने घटना स्थलबाट तामाङसहित कुल १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More
घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

काठमाडौँ, माघ १२ गते । घरेलु दर्शकको ठूलो समर्थनका बीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपाली महिला क्रिकेट टोलीको यात्रा समूह चरणमै टुंगिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू स्कटल्याण्डको सशक्त बलिङअगाडि निरीह बने। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको नेपाल पूरै ६८ रनमै अलआउट हुन पुग्यो, जसले हारको अन्तरलाई अझै ठूलो बनायो। ब्याटिङतर्फ रोमा थापा र विन्दु रावलले समान १४–१४ रन जोड्दै शीर्ष स्कोरर बने भने रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा पुग्न नसक्नु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.