२०८२ चैत्र १, आईतवार २२:२०
२०८२ चैत्र १, आईतवार २२:२०
काठमाडौँ, चैत १ गते । युवाहरूलाई सामाजिक मुद्दाहरूमा गहन छलफल र नेतृत्व विकास गराउने उद्देश्यले काठमाडौँको क्रिस्टल होटलमा आजदेखि ‘युथ लर्निङ ल्याब फेलोसिप’ कार्यक्रम सुरु भएको छ। युवालयको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सह-आयोजनामा सुरु भएको यो फेलोसिप आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। विशेषगरी प्लस टु र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रममा सातै प्रदेशबाट १५ जना युवाहरूको समावेशी सहभागिता रहेको छ। परम्परागत पाठ्यक्रमभन्दा बाहिर गएर युवाहरूलाई सामाजिक विषयवस्तु माथि छलफल गराउने र निष्कर्षमा पुर्याउने वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य ध्येय हो। तीन दिनको सघन सत्रपछि सहभागी युवाहरूले आफ्ना कार्यक्रमहरूको योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी लिनेछन्।…