२०८२ मंसिर १५, सोमबार २०:००
२०८२ मंसिर १५, सोमबार २०:००
सिन्धुली, मंसिर १५ गते । दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्न जाने क्रममा कमला खोलामा डुबेर मृत्यु भएको छ। मंसिर १४ गते साँझ करिब ५ बजे घरबाट "माछा मार्न जाँदैछु" भन्दै निस्किएका विक रातभरि घर नफर्केपछि परिवारले तत्काल खोजतलास सुरु गरेको थियो। थप खोजीका क्रममा मंसिर १५ गते बिहान ११:३० बजे दुधौली–६ स्थित कमला खोलाको एक दहमा विक उत्तानो अवस्थामा डुबेको अवस्थामा फेला परेका स्थानीयले बताए। घटनास्थल देखिनेबित्तिकै करिब ११:४० बजे प्रहरी चौकी हर्षाहीमा खबर गरिएको थियो। सूचना पाएसँगै प्र.स.नि अकिल खड्काको नेतृत्वमा प्रहरी टोली केही मिनेटमै घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय डकाहाबाट प्र.नि सपना…