समाचार

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने, सरकारले राजपत्रमा सूचना प्रकाशित गर्‍यो

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने, सरकारले राजपत्रमा सूचना प्रकाशित गर्‍यो

काठमाडौं, कार्तिक १४ गते । अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क तिर्नुपर्ने भएको छ। सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गर्दै अनलाइन सञ्चारमाध्यमका लागि दस्तुर निर्धारण गरेको हो। नयाँ संशोधित नियमावलीअनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा पाँच हजार रुपैयाँ र नवीकरण गर्दा दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था १३ कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएको हो। यसअघि, २१ साउनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सूचना तथा प्रसारण विभागमार्फत अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि अनलाइन मिडियाको दर्ता प्रक्रिया रोकिएको…
Read More
३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

काठमाडौँ, कार्तिक १२ गते । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा बरिष्ठ प्रहरी अधिकारी एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध रूपमा षड्यन्त्र र नकारात्मक प्रचार अभियान सुरु भएको खुलासा भएको छ। भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटको घडीमा दृढ नेतृत्व देखाएका कार्की संगठनभित्र निर्णय क्षमताका कारण “निकास दिने अधिकारी” का रूपमा परिचित छन्। अन्य एआईजीहरूले उक्त जिम्मेवारी लिन अस्वीकार गर्दा पनि उनले चुनौती पूर्ण मोर्चामा सशक्त रूपमा काम गरेका थिए। तर, हाल उनी आफ्नै प्रतिस्पर्धी र केही बिचौलियाहरूको निशानामा परेका छन्। स्रोतका अनुसार बरियता र कार्यसम्पादन दुवैमा अग्रस्थानमा रहेका कार्की ३३औँ IGP का लागि सरकारका दृष्टिमा…
Read More
लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

खुम्बु क्षेत्र, कार्तिक १२ गते । सगरमाथा आधार शिविर नजिकै लबुचे क्षेत्रमा आज बिहान अल्टिट्युड एयरको एक हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेका र उनी सकुशल रहेको जानकारी प्राप्त भएको छ । खुम्बु क्षेत्रमा जारी भारी हिमपातका कारण फसेका पर्यटकलाई उद्धार गर्न गएको 9N-AMS कलसाइनको उक्त हेलिकप्टर आज बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा हिउँ उड्दा दृश्यता कमजोर भएपछि हेलिकप्टर नियन्त्रणमा लिन खोज्दा जमिनमा जोतिएको बताइएको छ । सौभाग्यवश, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । क्याप्टेन पूर्ण रूपमा सकुशल रहेका छन् र उनलाई अर्को हेलिकप्टरमार्फत लुक्ला लगिएको लबुचेबाट सृष्टि कुलुङले…
Read More
नगरकोट प्रहरी प्रभागको नवनिर्मित भवन प्रहरी महानिरीक्षक खापुङ्गद्वारा उद्‍घाटन

नगरकोट प्रहरी प्रभागको नवनिर्मित भवन प्रहरी महानिरीक्षक खापुङ्गद्वारा उद्‍घाटन

भक्तपुर, कात्तिक ११ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले मंगलबार भक्तपुरको नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको औपचारिक रूपमा उद्‍घाटन गरेको छ। उद्‍घाटन कार्यक्रममा आईजीपी खापुङ्गले भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन्। सो अवसरमा उनले भवनको अवलोकन गर्दै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए। महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना नभई आम नागरिकको प्रहरी प्रतिको विश्वास र अपेक्षाको प्रतीक रहेको बताएका छन्। उनले भवनले प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै प्रहरी र नागरिक बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउनेमा आशा व्यक्त गरेका छन् । “नेपाल प्रहरी कानून…
Read More
भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

नवलपरासी, कार्तिक ८ गते । मकवानपुरको भिमफेदी कारागारबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका २८ वर्षीय नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्। उनी बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए र सो सजाय भोग्दै आएका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अधिकारीहरूले जनाएका छन्।
Read More
नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुर, कार्तिक ८ गते । नवलपुरको देवचुली–१७ स्थित आँपको बगैंचामा करिब ३० देखि ३२ वर्ष उमेरकी पोथी गैंडा मृत अवस्थामा फेला परेकी छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार उक्त गैंडा केही समयदेखि बिरामी थिइन् र नियमित उपचार भइरहेको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको अनुमान गरिएको छ। निकुञ्जका अनुसार घटनास्थलमा गैंडाको खाग र खुर सुरक्षित अवस्थामा भेटिएको छ। यो सिजनमा मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ। हाल निकुञ्जमा ६ सय ९४ वटा एकसिंगे गैंडा रहेका छन्।
Read More
काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौँ, कार्तिक ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्यरूपमा मनाउन उपत्यकाका विभिन्न आठ स्थानमा विशेष व्यवस्था गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा तयारी गरिएको जानकारी दिएको छ। उनका अनुसार यी स्थलहरूमा केही दिनदेखि सरसफाइ अभियान चलाइँदै आएको छ। पाण्डेले भक्तजनलाई छठ घाटका वरिपरि सवारी साधन पार्किङ नगर्न र कुनै समस्या परे महानगरसँग सम्पर्क गर्न आग्रह गरे। साथै, तोकिएका स्थानहरूमा श्रद्धालुहरूबाट कुनै शुल्क असुल्न नपाइने स्पष्ट पारेका छन्। छठ पर्वका क्रममा…
Read More
माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

काठमाडौँ, कार्तिक ८ गते । राजधानीको माइतीघरमा स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका ७६ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहानदेखि माइतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले नियन्त्रणमा लिएर सोधपुछका लागि पक्राउ गरेको हो। प्रहरीले जनाएका अनुसार, प्रशासनको अनुमति विना प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित मुठभेडको आशंका रहेकाले सुरक्षाका दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये ३६ जना महिला र ४० जना पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेपनि अनुमति नपाएको बताएको छ। प्रहरीका अनुसार, सोधपुछपछि परिस्थितिअनुसार थप निर्णय…
Read More
प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

नवलपुर, कावासोती, कार्तिक २ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले आइतबार एक विशेष समारोह बीच कावासोती स्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आईजीपी खापुङ्गले पेट्रोल पम्प र भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न हरेक समुदाय र क्षेत्रसँग सहकार्य गर्दै आएको बताएका छन् । उनका अनुसार नवनिर्मित प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी र स्थानीय नागरिकलाई गुणस्तरीय इन्धन उपलब्ध गराउने मात्र नभई प्रहरी र नागरिक बीचको समन्वय, सहकार्य र विश्वास सुदृढ गर्न मद्दत गर्नेछ। आईजीपी खापुङ्गले नेपाल प्रहरी…
Read More
भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

काठमाडौँ, कार्तिक २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रमाइलो स्टाटस सार्वजनिक गर्दै आफूलाई ताप्लेजुङ भ्रमणका क्रममा प्राप्त भएको रोलेक्स घडीबारे हास्यात्मक प्रतिक्रिया दिएका छन्। उनका अनुसार अस्ती ताप्लेजुङ जिल्लामा किताब बिक्रीका क्रममा सुकेटारका एक वृद्ध दम्पतिले फुङलिङ बजारमा आफूलाई जबरजस्ती रोलेक्स घडी दिएका थिए। “मैले लिन नमान्दा पनि उहाँहरूले दिनुभयो, मैले लगाएको भए बरबादै हुने रहेछ, धन्न झोलामा राखेर बचिएछ,” उनले लेखेका छन्। डा. पुनले तीन वर्षअघि युकेमा बस्ने एक साथीले पनि आफूलाई रोलेक्स घडी दिएको तर त्यो घडी फेसबुकमै राखेर बेचिदिएको प्रसंग पनि स्मरण गरेका छन्। स्टाटसको अन्त्यमा उनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.