२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल, उर्लाबारी वडा नं. ६ ले आफ्नो आठौं वार्षिक उत्सव तथा चुनावी सभा बिहीवार भब्य रुपमा सम्पन्न गरेको छ। उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको सभा हलमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलले जेष्ठ नागरिकहरूको अनुपस्थितिमा कुनै पनि सभा वा समारोह अधुरो र अपूरो हुने भन्दै सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष पौडेलले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा वडाबाट प्राप्त रकम उल्लेख नभएको प्रति गुनासो गर्दै आर्थिक प्रतिवेदन पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए। अध्यक्ष धर्म भण्डारी अस्वस्थ भएका कारण उपाध्यक्ष दिलकुमारी शाक्यको…