समाचार

मातातिर्थ औसीका अवसरमा उर्लाबारीमा ३० जना आमाहरूलाई सम्मान

मातातिर्थ औसीका अवसरमा उर्लाबारीमा ३० जना आमाहरूलाई सम्मान

उर्लाबारी। नेपाली संस्कृतिमा आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने विशेष दिन मातातिर्थ औसीको अवसरमा उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर व्यवस्थापन समितिले परोपकार वृद्ध चौतारीका ३० जना आमाहरूलाई विशेष सम्मान गरेको छ। आईतबार आयोजित सम्मान कार्यक्रममा आमाहरूलाई फलफूल खुवाई, दोसल्ला ओढार स्नेहपूर्वक सम्मान गरिएको थियो। कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरूबाट संकलित आर्थिक सहयोगमार्फत सम्पन्न गरिएको समितिका अध्यक्ष राजन रायमाझीले जानकारी दिनुभयो । रायमाझीका अनुसार, आमाहरूको सम्मान गर्नु नै मातातिर्थ औसीको सही अर्थ पुष्टि गर्नु हो भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शुशिला भगवत दासी, इन्द्र भट्टराई, चन्द्रिका घले, चन्द्र भट्टराई, शान्ता थापा बस्नेतलगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।…
Read More
झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापा। झापाको कनकाई नगरपालिका–३ स्थित सुरुंगा बजार आसपास नेपाल टेलिकमको तार चोरी गर्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र चोरीसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–५ का २८ वर्षीय रमेश चौधरी, गौरादह नगरपालिका–७ का ३० वर्षीय दिनेश भुजेल र अर्जुनधारा नगरपालिका–११ का २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन्। उनीहरूलाई मंगलबार राति करिब ११:३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुरुंगा क्षेत्र आसपास नेपाल टेलिकमले प्रयोग गर्दै आएको टेलिफोन तथा इन्टरनेट सेवा प्रवाह गर्ने तार काटेर चोरी गर्ने…
Read More
संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभा। संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट सोमबार दिउँसो करिब २:४५ बजे खाँदबारीबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। दुर्घटनामा को १ ज ३७४९ नम्बरको जीप सडकबाट अनियन्त्रित भई नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार,जीपले सुर्तीबारी नजिकै एक पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको हो। बेपत्ता भएका व्यक्तिहरू: सन्तोष बिस्वकर्मा (२५) – चालक, खाँदबारी नगरपालिका–९, संखुवासभा संगम श्रेष्ठ (२४) – खाँदबारी नगरपालिका–९ सदिक्षा श्रेष्ठ (२३) – संगम श्रेष्ठकी पत्नी समीर श्रेष्ठ (२ महिना) – संगम र सदिक्षाका छोरा प्रमेश थापा मगर (२४) – खाँदबारी नगरपालिका–९ खबरमान पिथाकोटे (२९) – खोटाङ जिल्ला उद्धार…
Read More
शिक्षक आन्दोलनमा झडप हुँदा पत्रकार सबिना कार्की घाइते

शिक्षक आन्दोलनमा झडप हुँदा पत्रकार सबिना कार्की घाइते

काठमाडौं। शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते भएकी छिन्। प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा गम्भीर चोट लागेको छ। अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जानकारी दिए।
Read More
उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

उर्लाबारी (मोरङ)। उर्लाबारी–९ स्थित राजघाट प्रहरी चौकीले शनिबार साँझ बरामद गरिएको प्रतिबन्धित भारतीय माछा नष्ट गरेको छ। उर्लाबारी–९ को जोरबाटो क्षेत्रमा गस्तीका क्रममा हवल्दार हेमचन्द्र लिम्बुको कमाण्डमा प्रहरी टोलीले बीआर ३७ जेड ७१४७ नम्बरको मोटरसाइकल फेला पारेको थियो। मोटरसाइकल चालक फरार भएपछि गरिएको जाँचमा करिब ८० किलो मरेको माछा बरफ लगाई दुई बोरा र दुई कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। बरामद गरिएको माछा आवश्यक अनुसन्धानपछि राजघाट प्रहरी चौकीको परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।
Read More
राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

उर्लाबारी। राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम रहनुभएको थियो। कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, वडा नं ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, यशोदा शाक्य, निरोज तिम्सिना, दीपक भट्टराई, मातृका धिमाल,बिशाल राई , तारा श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको…
Read More
सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

उर्लाबारी। "मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ" भन्ने नाराका साथ सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीले मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा उर्लाबारी–७ स्थित बरगाछी चोकमा शनिबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको अध्यक्षता संस्थाका नगर अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापा रहनुभएको थियो। विक्रम संवत् २०६२ सालमा स्थापना भएको संस्थाले विश्वका १०६ राष्ट्रमा सामाजिक कार्य गर्दै आएको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो। सरसफाइ, रक्तदानजस्ता विविध सामाजिक सेवामा संस्था अग्रसर रहँदै आएको उहाँले उल्लेख गर्नुभयो।…
Read More
उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

उर्लाबारी। राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलले अध्यक्षता गर्नुभएको थियो भने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको थियो। उहाहरुको सांगीतिक योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। त्यसै अवसरमा, उर्लाबारी–६ स्थित कुडोस सेन्ट्रल स्कुलका कक्षा ८ मा अध्ययनरत छात्र सुहान पाण्डेको "घाम सम्झिए आमा" शीर्षकको गीत पनि विमोचन गरिएको छ। उक्त गीतको…
Read More
गाँजासहित दुई जना व्यक्ति पक्राउ

गाँजासहित दुई जना व्यक्ति पक्राउ

धरान। सशस्त्र प्रहरी बल सुरक्षा बेस चतरा, बराहक्षेत्रबाट १७७ किलो गाँजासहित दुई जना व्यक्ति पक्राउ परेका छन्। चतरा सुरक्षा बेस र सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर, सुनसरीको संयुक्त टोलीले बराहक्षेत्र मन्दिरको पूर्व क्षेत्रमा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामा धनकुटा जिल्ला, सहिदभूमि गाउँपालिका–१ छिन्ताङका ५७ वर्षीय धनबहादुर राई र सुनसरी, बराहक्षेत्र नगरपालिका–१ शिलापखामा बस्ने ३० वर्षीय दीपक राई रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
Read More
भोलि हुने एकदिने चौथो धिमाल जात्री मेलाको तयारी पुरा

भोलि हुने एकदिने चौथो धिमाल जात्री मेलाको तयारी पुरा

उर्लाबारी। उर्लाबारी नगरपालिका वडा नं. ४, ५ र ६ धिमाल टोल समितिको आयोजनामा एकदिने चौथो धिमाल जात्री मेलाको सम्पुर्ण तयारी पूरा भएको छ । सनिवार उर्लाबारी–५ सिसौलीस्थित अरुण टोलमा हुने उक्त मेलामा पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.