Breaking News 2

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

हेटौंडा, असार २४ गते । लागूऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका र नख्खु कारागारबाट फरार भएका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २३–२४ गते भएको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जिल्ला मकवानपुर बकैया गाउँपालिका–६, ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवालाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले २०८३ असार २३ गते बिहान करिब १० बजे बकैया गाउँपालिका–४ स्थित जुरेली बजारबाट वाइवालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका वाइवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भीमफेदी कारागार पठाइएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ।
Read More
कर्रापुलमा दुई मोटरसाइकल ठोक्किँदा चार घाइते, दुवै चालकसँग लाइसेन्स नभएको खुलासा

कर्रापुलमा दुई मोटरसाइकल ठोक्किँदा चार घाइते, दुवै चालकसँग लाइसेन्स नभएको खुलासा

हेटौंडा, असार २३ गते । हेटौंडा उपमहानगरपालिका–१० स्थित कर्रापुल नजिक महेन्द्र राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुर्घटना आइतबार साँझ करिब ७ः३० बजे भएको हो। प्रहरीका अनुसार हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना ४५ प ५२१६ नम्बरको पल्सर मोटरसाइकलले कारलाई ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना २८ प ९७२ नम्बरको होन्डा साइन मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा पल्सर मोटरसाइकल चालक हेटौंडा–८ कमाने निवासी ३१ वर्षीय विवेक वाइबा दुवै हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्। सोही मोटरसाइकलमा सवार २६ वर्षीय शुसान रिजालको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको छ।…
Read More
मकवानपुर प्रहरी कार्यालयमा CAP निरीक्षण तथा अनुगमन सम्पन्न

मकवानपुर प्रहरी कार्यालयमा CAP निरीक्षण तथा अनुगमन सम्पन्न

हेटौंडा, असार २३ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा CAP निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा सोमबार उक्त निरीक्षण तथा अनुगमन कार्यक्रम गरिएको हो। निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, हिरासत कक्ष लगायत जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाहरूको अवलोकन तथा निरीक्षण गरेका थिए। कार्यक्रमका अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानका गतिविधि तथा वर्तमान सुरक्षा अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए। त्यस अवसरमा प्रहरी संगठनको कार्यसम्पादन, सेवा…
Read More
हराएको २२० सीसी पल्सर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझायो

हराएको २२० सीसी पल्सर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझायो

हेटौंडा, असार २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हिजो असार २१ गते जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ क्षेत्रबाट बागमती प्रदेश ०२–०६५ प ७०५८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल हराएको भन्दै कैलाश गाउँपालिका–१ निवासी २५ वर्षीय शुक्र घलानले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए। निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट तत्काल खोजतलास कार्य अघि बढाइएको थियो। खोजतलासकै क्रममा उक्त मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको हो। फेला परेको मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरी सम्बन्धित धनी शुक्र घलानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…
Read More
प्रेस स्वतन्त्रता र श्रम अधिकारका पक्षमा महासंघ आक्रामक, ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक

प्रेस स्वतन्त्रता र श्रम अधिकारका पक्षमा महासंघ आक्रामक, ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक

ललितपुर, असार २२ गते । नेपाल पत्रकार महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले प्रेस स्वतन्त्रता, श्रम अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि सरकारमाथि दबाब बढाउने घोषणा गर्दै ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक गरेको छ । सम्मेलनले नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति महासंघ प्रतिबद्ध रहेको पुनः स्मरण गराउँदै यी विषयमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ । घोषणापत्रमा पछिल्लो समय सूचना संकुचन, सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारमाथि हुने धरपकड, धम्की तथा विद्युतीय कारोबार ऐनअन्तर्गत हुने कारबाहीप्रति गम्भीर आपत्ति जनाइएको छ । महासंघले सरकारलाई सात दिनभित्र आफ्ना माग सम्बोधन…
Read More
७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

हेटौँडा, असार १९ गते । कृषि प्रधान देश नेपालमा कृषिलाई मुख्य व्यवसायका रूपमा स्थापित गर्दै किसानलाई सम्मान गर्न सके देश विकासमा ठूलो टेवा पुग्ने हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताएकी छन्। मेयर लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वजहरूले नेपाललाई कृषि प्रधान देश भन्नुको मुख्य कारण यहाँको माटोको अद्भुत उर्वर शक्ति रहेको उल्लेख गर्दै त्यसको सही उपयोग हुन नसक्दा आज देशले खर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात गर्नुपरेको बताएकी हुन्। उनले पछिल्ला केही वर्षदेखि संघीय सरकार तथा स्थानीय सरकारले कृषिकर्मलाई विशेष प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै हेटौंडा उपमहानगरपालिकाले रोजगार, स्वरोजगार र कृषिलाई जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। यसै…
Read More
हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

हेटौँडा, असार १९ गते । नेपालको गौरव तथा हेटौँडाको पहिचानका रूपमा स्थापित हेटौँडा–११ स्थित शहिद स्मारकभित्र नवनिर्मित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक पहिचान झल्किने प्रतिरुप (डम्मी) हस्तान्तरण गरिएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुर र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति मकवानपुरको संयुक्त पहलमा आयोजित विशेष कार्यक्रममा “मगर समुदायको गौरव र पहिचानको प्रतिरुप” लाई पूर्ण पारम्परिक पोशाकसहित सजाएर संग्रहालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा शहिद स्मारकका संस्थापक अध्यक्ष डोरमणि पौडेलले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको बहुजातीय, बहुसांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न संग्रहालयको महत्वपूर्ण भूमिका रहने बताए। उनले…
Read More
हेटौंडा–१० मा निर्माणाधीन घण्टाघरमा गौतम बुद्धको चित्र राख्ने तयारी, वडाध्यक्षद्वारा सुझाव आह्वान

हेटौंडा–१० मा निर्माणाधीन घण्टाघरमा गौतम बुद्धको चित्र राख्ने तयारी, वडाध्यक्षद्वारा सुझाव आह्वान

हेटौंडा, असार १९ गते । हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा निर्माणाधीन घण्टाघरको टुँडालमा भगवान गौतम बुद्धको चित्र राख्ने कार्यसहित अन्य आवश्यक निर्माण तथा सौन्दर्यीकरणका काम अगाडि बढाइने भएको छ। यस विषयमा वडा नं. १० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले सामाजिक सञ्जालमार्फत वडावासीसँग सुझाव तथा राय माग गरेका छन्। वडाध्यक्ष लामाले वडा नं. १० को धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सौन्दर्य पक्षलाई अझ समृद्ध, आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले घण्टाघरसँग सम्बन्धित विभिन्न निर्माण तथा सौन्दर्यीकरणका कार्य सञ्चालन भइरहेको बताएका छन्। उनले यी कार्यलाई प्रभावकारी, जनभावनाअनुकूल तथा दिगो बनाउन स्थानीयवासी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सरोकारवालाबाट रचनात्मक सुझावको अपेक्षा गरिएको उल्लेख गरेका छन्।…
Read More
धारिलो हतियार प्रहार गरी सुरक्षा गार्डलाई गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ

धारिलो हतियार प्रहार गरी सुरक्षा गार्डलाई गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ

हेटौंडा, असार १८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कशपमा कार्यरत एक सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ असार १६ गते राति करिब ११ः५५ बजे जय गणेश वर्कशपमा सुरक्षा गार्डको रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि हेटौंडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले कुटपिट गर्नुका साथै धारिलो हतियार ‘टाप’ प्रहार गरेका थिए। घटनामा तामाङ शरीरका विभिन्न भागमा गम्भीर घाइते भएका छन्। घटनापछि फरार रहेका प्रतिवादी सविन नेपालीलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असार…
Read More
पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

काठमाडौँ, असार १८ गते । अब उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही हुने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था लागू गरेको हो। हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमको डिपोबाट इन्धन नउठाएपछि देशभर पेट्रोल र डिजेलको आपूर्ति प्रभावित बनेको थियो। मंगलबारदेखि देखिएको उक्त समस्या बुधबार दिनभर विभिन्न स्थानमा देखिएपछि उपभोक्ताले सास्ती भोग्नुपरेको थियो। घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले तत्काल कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्। त्यसलगत्तै नेपाल आयल निगमको सञ्चालक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.