Breaking News 2

विजयनगर गाउँपालिकामा तोडफोड–आगजनीमा संलग्न १६ जना पक्राउ

विजयनगर गाउँपालिकामा तोडफोड–आगजनीमा संलग्न १६ जना पक्राउ

कपिलवस्तु, भदौ २६ गते । विजयनगर गाउँपालिकामा तोडफोड र आगजनीमा संलग्न १६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको कुर्सी र केही कागजात बाहिर निकालेर जलाउँदै गर्दा इलाका प्रहरी कार्यालय गणेशपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये विजयनगर गाउँपालिका–७ का २१ वर्षीय विक्कु चौधरी, २८ वर्षीय विवेक चौधरी, ६० वर्षीय राजेन्द्र यादव, २१ वर्षीय लबुकस पाल र १८ वर्षीय महेन्द्र गिरी रहेका छन्। त्यस्तै, वडा नम्बर ७ लालपुरका २२ वर्षीय मुखलेस चौधरी, १६ वर्षीय मोनु पासी, २१ वर्षीय सुरेश कुर्मी, १९ वर्षीय जितेन्द्र चौधरी, २८ वर्षीय अभिषेक कुर्मी, २८ वर्षीय गोविन्द चौधरी र…
Read More
काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं, भदौ २६ गते । हालको सुरक्षा अवस्थाको विशेष विश्लेषणपछि राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएको हो। विज्ञप्तिअनुसार, भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ। त्यसपछि, त्यही दिन साँझ ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागु गरिने उल्लेख गरिएको छ। साथै, अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। सुरक्षाको दृष्टिकोणले…
Read More
GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

काठमाडौं, भदौ २६ गते । देशभर चलिरहेको GenZ Nepal आन्दोलन को नेतृत्वप्रति प्रश्न उठ्न थालेको छ। आन्दोलनको प्रारम्भकर्ता युवाहरूको आवाज अझै जनतासम्म पुग्न नसकेको तर पुराना नेताहरूका आफन्त तथा नातेदारहरूले आफूलाई GenZ नेताका रूपमा प्रस्तुत गर्दै भित्री चलखेल गरिरहेको आरोप लागेको छ। आन्दोलनको सुरुवात गर्ने मूल युवाहरूले भने आफूहरूको माग र विचारलाई प्रचार–प्रसारमा पाखा लगाइँदै आएको बताएका छन्। उनीहरूका अनुसार स्वतन्त्र पत्रकारहरूले समेत अन्तर्वार्ता वा प्रत्यक्ष धारणा लिन चासो नदेखाउँदा वास्तविक नेतृत्वको आवाज ओझेलमा पर्न पुगेको छ। “हाम्रो सानो प्रयासलाई सफल बनाउन र जनतासम्म साँचो आवाज पुर्‍याउन सबैको सहयोग र साथ आवश्यक छ,” उनीहरूले अपिल गरेका छन्। उनीहरू आशावादी छन्…
Read More
देशको परिस्थितिका कारण जसपा नेपाल बागमती प्रदेशको अधिवेशन स्थगित

देशको परिस्थितिका कारण जसपा नेपाल बागमती प्रदेशको अधिवेशन स्थगित

मकवानपुर, भदौ २६ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) बागमती प्रदेश समितिको एकताको ऐतिहासिक प्रथम अधिवेशन स्थगित भएको छ। मिति २०८२ साल भदौ २८–२९ गते मकवानपुरको हेटौडामा आयोजना गर्ने तय गरिएको अधिवेशन देशभरको असहज परिस्थितिका कारण अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो। बागमती प्रदेश अधिवेशन आयोजक समिति संयोजक जीवन लामा (जिमी)ले जारी गरेको सूचनामा उक्त अधिवेशन तथा प्रदेश अन्तर्गतका सबै कार्यक्रम हाललाई रोकिएको जनाइएको छ। साथै, नयाँ मिति तय भएपछि पुनः जानकारी गराइने उल्लेख गरिएको छ।
Read More
सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

सेनाको अस्वाभाविक सक्रियताप्रति आपत्ति, संवैधानिक मर्यादा पालन गर्न नेपाल पत्रकार महासङ्घ बागमतीको अपिल

हेटौडा, भदौ २६ गते । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले पछिल्ला दिनहरूमा देखिएको सेनाको अस्वाभाविक सक्रियता र असम्बन्धित व्यक्तिहरूको हस्तक्षेप जन्य गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न सबै सरोकारवालालाई संयमित र संवेदनशील हुन आग्रह गरेको छ। महासङ्घले जारी गरेको विज्ञप्तिमा सेना संवैधानिक दायराभित्र रही राष्ट्रपतिको निर्णय र जेनजी नेतृत्वलाई सहयोग गर्नुपर्ने, गैरजिम्मेवार व्यक्तिहरूको स्वार्थपरक सक्रियतामा संलग्न नहुनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने वा नागरिकको अधिकार कुण्ठित गर्ने कार्यबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, आन्दोलनकारीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै प्रेसमाथि भएका आक्रमणहरूको कडा भर्त्सना गरिएको छ। महासङ्घले पूर्ण प्रेस…
Read More
असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा र पठनपाठन स्थगित

हेटौडा, भदौ २६ गते । देशभर विद्यमान असहज परिस्थितिका कारण मकवानपुर बहुमुखी क्याम्पस, हेटौडाले पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालद्वारा भाद्र २६ गते जारी सूचनाअनुसार कक्षा ११ र १२ तथा स्नातक तहका बाँकी आन्तरिक परीक्षा भाद्र २९ गतेबाट सुरु हुने भनिए पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। यद्यपि, प्रशासनिक काम कारबाही भने परिस्थिति अनुकूल रहे भाद्र २९ गते आइतबारदेखि सञ्चालन हुने क्याम्पसले जनाएको छ।
Read More
“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

गढी,बैतडी, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय गढी बैतडीले देशभर लागू गरिएको सुरक्षा व्यवस्थासम्बन्धी नेपाली सेनाको सार्वजनिक अपिलअनुसार जिल्लामा पनि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले जानकारी दिएको अनुसार आज भाद्र २६ गते बेलुकी ५ बजेदेखि भोलि बिहान ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। साथै, भाद्र २७ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी हुनेछ। प्रशासनले परिस्थितिको विश्लेषणको आधारमा आवश्यकतानुसार थप सूचना सार्वजनिक गर्ने जनाएको छ। आम सर्वसाधारणलाई आदेशको पालना गर्न र सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।
Read More
प्रदर्शनपश्चात भागेका अभियुक्त र कैदी–बन्दीलाई आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

प्रदर्शनपश्चात भागेका अभियुक्त र कैदी–बन्दीलाई आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै २०८२ साल भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड र आगजनी भएको घटनापछि अनुसन्धानको क्रममा रहेका केही अभियुक्त र अदालतबाट सजाय भुक्तान गरिरहेका कैदी–बन्दीहरू कारागारबाट भागेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालय नक्सालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ती अभियुक्त तथा कैदी–बन्दीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको कार्यालयमा तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूले यथाशीघ्र आत्मसमर्पण गर्नुपर्नेमा जोड दिँदै कानूनी कारबाही प्रक्रियाबाट बच्न नसकिने स्पष्ट पारेको छ।
Read More
नेपाल पत्रकार महासंघद्वारा शान्तिपूर्ण समाधान र प्रेस स्वतन्त्रता संरक्षणको अपिल

नेपाल पत्रकार महासंघद्वारा शान्तिपूर्ण समाधान र प्रेस स्वतन्त्रता संरक्षणको अपिल

काठमाडौं, भदौ २६ गते । नेपाल पत्रकार महासंघले हाल जेनजी पुस्ताको आन्दोलनले उत्पन्न गरेको विषम परिस्थितिमा संयमित र संवेदनशील हुँदै मुलुकलाई सुरक्षित निकास दिन सबै सरोकारवालालाई अपिल गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मको आन्दोलनमा २३ जनाले ज्यान गुमाएको र बालबालिका तथा सुरक्षाकर्मी सहित हजारौं घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। साथै आन्दोलनका क्रममा चार जना पत्रकार गोली लागि घाइते भएको र विभिन्न मिडिया हाउसमाथि आक्रमण तथा आगजनी हुनु दुःखद र आपत्तिजनक भएको भन्दै राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। विज्ञप्तिमा आन्दोलनका नाममा सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत लगायतका सार्वजनिक…
Read More
असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

काठमाडौं, भदौ २६ गते । मुलुकभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले अस्थायी रूपमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिविले आज जारी गरेको सूचनामा भदौ २९, ३० र ३१ गतेका साथै असोज १, २, ५ र ९ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ। यद्यपि, विश्वविद्यालयले हिउँदे विधामा हुने कक्षा कटौती गर्ने गरी यो निर्णय लिएको स्पष्ट पार्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराएको छ। यस सम्बन्धमा सबै सम्बन्धित विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला पक्षलाई सूचनाअनुसार अवगत रहन प्रमुख श्री दिल्ली थापा (क्षेत्री)ले आग्रह गरेका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.