Breaking News 2

रतुवामाई नगरपालिकाले नगरका ३ स्थानमा बृहत स्वास्थ्य शिविर गर्दै

रतुवामाई नगरपालिकाले नगरका ३ स्थानमा बृहत स्वास्थ्य शिविर गर्दै

रतुवामाई। मोरङको रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सिजुवाको आयोजनामा र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर टोलीसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरवासीहरूलाई लक्षित गर्दै नगरभित्रका ३ स्थानमा आयोजना गरिएको यस शिविरले विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ। शिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी रोग, नाक–कान–घाँटी, मुटुका रोग सम्बन्धी परीक्षण, प्रयोगशालामा रगत तथा पिसाब परीक्षण, रेडियोलोजिकल जाँच, साथै दन्त चिकित्सा जस्ता ११ प्रकारका सेवाहरू उपलब्ध हुनेछन् । नगरपालिकाले जनाएका अनुसार, शिविर परीक्षणको क्रममा गम्भीर रोग पत्ता लागेका बिरामीहरूलाई नोबेल अस्पताल, विराटनगरमा ५०% छुटमा शल्यक्रिया गरिनेछ भने…
Read More
उर्लाबारी–पथरी जोड्ने सुन्झोडा खोलामा मोटरेबल पुल निर्माणको शिलान्यास, स्थानीयमा उत्साह

उर्लाबारी–पथरी जोड्ने सुन्झोडा खोलामा मोटरेबल पुल निर्माणको शिलान्यास, स्थानीयमा उत्साह

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकालाई जोड्ने सुन्झोडा खोलामा बहुप्रतीक्षित मोटरेबल पुलको निर्माण कार्यको शिलान्यास गरिएको छ। वर्षौंदेखिको स्थानीय मागलाई सम्बोधन गर्दै शनिबार एक विशेष समारोहका बीच पुल निर्माणको औपचारिक सुरुवात गरिएको हो।शिलान्यास कार्यक्रममा संघीय सांसद डिकबहादुर लिम्बू (मोरङ–१) र शुनिल शर्मा (मोरङ–३) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरू, पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै सांसद लिम्बूले, "सरकार जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ," भन्दै पुल निर्माण त्यसको सजीव उदाहरण भएको…
Read More
मिक्लाजुङमा कर्णाली साकोसको सदस्य विस्तारित भेला सम्पन्न

मिक्लाजुङमा कर्णाली साकोसको सदस्य विस्तारित भेला सम्पन्न

मोरङ। कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्रअन्तर्गत सदस्य विस्तारित भेला सम्पन्न गरेको छ। शनिबार मिक्लाजुङ गाउँपालिका–५ स्थित मधुमल्लाको वृद्धवृद्धा सामुदायिक भवनमा सम्पन्न भेलामा संस्थाका बचत तथा ऋण नीति, सामाजिक सुरक्षा सम्बन्धी नीति, समसामयिक गतिविधि, वित्तीय अवस्था, समस्या र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। संस्थाले शेयर सदस्यहरूलाई साक्षर बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ। कार्यक्रममा ८० भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाकी कर्मचारी दिया थापाले दिइन। कार्यक्रमले सदस्यहरूको जागरुकता बढाउन र सहकारीप्रति विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्दा,सस्तियो हवाई इन्धन

पेट्रोलियम पदार्थको मूल्य बढ्दा,सस्तियो हवाई इन्धन

काठमाडौँ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। निगमले भारतबाट आयात हुने मूल्यमा वृद्धि भएकाले पेट्रोलियमको मूल्य बढाउनु परेको जनाएको छ। यद्यपि, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट खरिद हुने इन्धनको मूल्य प्रतिकिलोलिटर २२ अमेरिकी डलरले घटाइएको निगमले जानकारी दिएको छ।
Read More
बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

झापा । अविरल वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । झापाको विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको हो । निर्माणाधीन राजमार्गमा बनाइएका केही डाइभर्सन बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो ।काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने प्रयास भइरहेको उनले बताए । धुलाबारीनजिक कल्भर्ट बाढीले बगाएको छ । अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको पौडेलले जानकारी दिए । त्यस्तै बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ ।
Read More
झापाको माइखोला बस्तीमा बाढी पस्दा २२ परिवार विस्थापित

झापाको माइखोला बस्तीमा बाढी पस्दा २२ परिवार विस्थापित

झापा । अविरल वर्षासँगै माइखोलामा आएको बाढी बस्ती पसेको छ ।शनिबार बिहान माईखोलामा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पसेको झापामा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । उनका अनुसार २२ परिवार विस्थापित भएका छन् ।झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायत बस्तीमा बाढीको पानी पसेको हो । बाढी पसेपछि प्रहरी र जनप्रतिनिधिले स्थानीयलाई सुरक्षित स्थानमा सारेको उनले बताए । उनका अनुसार बाढी पानी बस्तीमा पसे पनि जोखिम भने छैन ।
Read More
बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्ग निबासी समाजसेवी तथा पुर्ब डिएसपी बलबहादुर मगरको निधन भएको छ। एक कार्यक्रमका लागि शुक्रबार धनकुटाको राजारानी पुगेका मगरको हार्टअटयाकका कारण निधन भएको जनाईएको छ । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ । बेलबारी ११ मा रहेको डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष,न्यू जनएकता साकोसका उपाध्यक्ष,माउण्ट एभरेष्ट ई.स्कुल ब्यबस्थापन समितिका अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा रहेर सामाजिक क्रियाकलापमा सक्रिय मगरको निधनले अपुरणीय क्षति पुगेको छ । ६८ बर्षिय मगरको छोरी लगायत आफन्त देशबाहिर रहेका कारण केही दिनपछि अन्त्येष्टि गरिने जनाईएको छ ।
Read More
लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

लेटाङ। मोरङको लेटाङ नगरपालिका–१ स्थित तेतिखोलामा एक अपरिचित पुरुषको शव फेला परेको छ। आज बिहान खोलाले बगाएर आएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुमान अनुसार, मृतकको उमेर करिब ५० वर्षको आसपास रहेको छ र मधेसी समुदायका व्यक्ति जस्तो देखिएको जनाइएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले मृतकको पहिचान खुल्ने प्रयास भइरहेको जनाउँदै शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाउने तयारी भइरहेको जानकारी दिएको छ।
Read More
उज्यालो टाईम्स मिडियाद्वारा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

उज्यालो टाईम्स मिडियाद्वारा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

भरतपुर। उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष, समाजसेवी एवम् युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यको साथ आयोजना गरेको यस पुण्य कार्यमा आफू पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू बर्षौदेखि सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा समेत मिडियासँग जोडिएर…
Read More
बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ। भवन निर्माणको काम पूर्णरूपमा सकिए पश्चात विदुर नगरपालिका–४ मा नवनिर्मित आधुनिक भवनबाट प्रशासकीय सेवाहरू सञ्चालनमा आएका हुन्। २०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि सोही स्थानमा नयाँ भवन निर्माण गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। कुल १७ करोड रुपैयाँको लागतमा चारतल्ले सुविधासम्पन्न भवन निर्माण गरिएको हो। यस नयाँ भवनबाट नगरवासीलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.