Breaking News 2

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

हेटौंडा, भदौ २३ गते । हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले आजको नयाँ पुस्ताद्वारा गरिएको लक्षित आन्दोलनबारे राखेको अभिव्यक्तिप्रति मधेसी युवाहरूले गम्भीर आपत्ति जनाएका छन्। मधेसी युवाहरू माथि राखिएको विभेदपूर्ण भनाइ अस्वीकार्य भएको भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, उक्त अभिव्यक्ति मार्फत मधेसी विद्यार्थीहरूको सम्मानमा आघात पुगेको भन्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। युवाहरूले भनेका छन्, “स्थानीय तहका जनप्रतिनिधिबाट यस किसिमको विभेदपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति आउनु दुखद र निन्दनीय छ। यो व्यवहारले सामाजिक सद्भाव र सहअस्तित्वमा ठेस पुर्याएको छ।” साथै, उनीहरूले भविष्यमा कुनै पनि जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विभेदकारी विचार प्रकट नगरी सहिष्णुता, समानता र सहअस्तित्वलाई मजबुत…
Read More
सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

हेटौँडा, भदौ २३ गते । अनेरास्ववियु ग्रामीण आदर्श बि.क्याम्पस कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा विद्यार्थी र जनतामाथि गरिएको दमन, अत्याचार र अन्यायको घोर विरोध गर्दै विद्यार्थीहरूको पक्षमा उभिनुपर्ने संगठनलाई समेत दमनको मतियार बनाउन खोजिएको वर्तमान परिस्थितिमा मौन बस्न नसकिने स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीकाका दास होइनौँ। हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, जनताको न्याय र देशको भविष्यसँग मात्र हुनेछ।” आजदेखि कार्यसमिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षसहित सम्पूर्ण सदस्यहरूले सामान्य सदस्यता समेत नराख्ने गरी सामूहिक रूपमा राजीनामा दिएको जानकारी गराइएको हो। अध्यक्ष…
Read More
काठमाडौँमा विद्यार्थीमाथि भएको दमनप्रति जसपा नेपालको आपत्ति, शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्न माग

काठमाडौँमा विद्यार्थीमाथि भएको दमनप्रति जसपा नेपालको आपत्ति, शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्न माग

काठमाडौं, भदौ २३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले काठमाडौँमा शान्तिपूर्ण ढंगले भइरहेको विद्यार्थी आन्दोलनलाई सरकारले बलपूर्वक दमन गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। आज भदौ २३ गते राजधानीमा जनरेशन जेड (Gen Z) पुस्ताले राज्य संरचनामा देखिएको भ्रष्टाचार, बेरोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र समानताका सवालमा उठाएको आवाजलाई सरकारले दमन गर्न खोजेको भन्दै जसपा नेपालले कडा शब्दमा विरोध गरेको हो। जसपा नेपालका महासचिव रामकुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका घटनाप्रति पार्टीले गहिरो दुःख प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीले अघि सारेका मागहरूमाथि सरकारले ध्यान नदिइ…
Read More
“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

काठमाडौं, भदौ २३ गते । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमार्फत हालको पुस्ताले गर्ने प्रश्नप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। आचार्यले आफ्नै घर छेउको पिच गरिएको बाटो चाँडै भत्किएको उदाहरण दिँदै आफूले लामो समयसम्म मनभित्र मात्र प्रश्न गर्ने बानी रहेको तर अहिलेको पुस्ताले प्रश्नहरू सीधै उठाउने गरेको बताए। उनले भने, “आजको पुस्ता प्रश्न मनभित्र मात्र राख्दैन, बरु खुलाएर सोध्छ— जनताको करले बनेको बाटो किन भत्कियो? यसको जिम्मेवारी कस्को?” उनका अनुसार, यो आवाज कुनै व्यवस्था वा प्रणालीविरुद्ध होइन, बरु त्यहाँ बसेका जिम्मेवार पदाधिकारी र नेताहरूको कार्यप्रति जनताको प्रश्न हो। उनले जनतालाई अझ धेरै आशा भए पनि सरकारले सो अपेक्षा पूरा…
Read More
“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

काठमाडौं, भदौ २२ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी भोलि हुन लागेको जेन जेड पुस्ताको स्वतस्फूर्त र्‍यालीलाई आफ्नो समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै यो आन्दोलन कुनै पार्टी, सांसद वा स्वार्थी समूहले कब्जा नगर्न आफ्नो भनाइ राखेका छन्। शाहले भनेका छन्, “भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेन जेडको हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। म उमेर हदबन्दीका कारण जान मिल्दैन तर उहाँहरूको सोच, उद्देश्य बुझ्न चाहन्छु।” उनले युवापुस्ताको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “प्रिय जेन जेड, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ? म तपाईंहरूको पक्षमा छु।” भोलिको…
Read More
हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

हेटौँडा, भदौ २२ गते । हेटौँडा उपमहानगरपालिका परिसरबाट भदौ २३ गते अर्थात भोलि सोमबार बिहान १०:०० बजे युवा पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्। "Gen Z Led Mass Protest in Nepal" नाम दिइएको उक्त प्रदर्शन पूर्णत: शान्तिपूर्ण र गैरराजनीतिक रहने आयोजकहरूले जनाएका छन्। उनीहरूले कुनै राजनीतिक दलसँग सम्बन्ध नराखी केवल राष्ट्रिय झण्डा बोकेर सहभागी हुन आग्रह गरेका छन्। प्रदर्शन हेटौँडा उपमहानगरपालिका परिसरबाट सुरु भई सानो पोखरा, बुद्धचोक हुँदै उपमहानगर रोडसम्म हुने कार्यक्रम तय गरिएको छ। मुख्य मागहरूमा भ्रष्टाचार अन्त्य, प्रशासनिक दुरुपयोगको विरुद्ध जनचेतना अभिवृद्धि, जवाफदेही र पारदर्शिता सुनिश्चित गर्ने लगायतका विषयहरू रहेका छन्। "भ्रष्टाचारविरुद्धको…
Read More
सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

काठमाडौं, भदौ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो पुस्ता अर्थात् Gen Z ले सामाजिक न्याय, स्वतन्त्रता र मौलिक हकका लागि गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई समर्थन जनाएको छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको श्रुतिलङ्घन र राज्यव्यवस्थाको दुरुपयोगविरुद्ध युवा पुस्ताले सडकमा निरन्तर आवाज उठाइरहेको भन्दै त्यसलाई लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ। विज्ञप्तिमा सरकारले युवापुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई प्रतिकूल रूपमा बुझेर दमनको नीति लिएको खण्डमा रास्वपा त्यसको कडा विरोध गर्ने चेतावनी दिइएको छ। साथै, प्रदर्शनमा सहभागी युवाहरुलाई कुनै पनि दलको झण्डा, नारा वा परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न आग्रह गरिएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको…
Read More
सरकारको कडाईपछि सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा, अनलाइनमार्फत कागजात बुझाउन सकिने

सरकारको कडाईपछि सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा, अनलाइनमार्फत कागजात बुझाउन सकिने

काठमाडौं, भदौ २० गते । पछिल्लो समयमा सरकारले दर्ता हुन नआएका सामाजिक सञ्जाललाई नेपालमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि विभिन्न एप र सामाजिक सञ्जाल कम्पनीहरू सूचीकरणको प्रक्रियामा आउन थालेका छन्। गएको बिहीबार सरकारको निर्देशनअनुसार २६ वटा सामाजिक सञ्जाललाई निस्क्रिय बनाउने कार्य अगाडि बढाइएपछि ‘हाम्रो पात्रो’ एपले सोही दिनको साँझभित्रै दर्ता प्रक्रियामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। त्यसैगरी केही सामाजिक सञ्जालहरूले नेपालमा सूचीकरण हुन आवश्यक कागजात इमेलमार्फत माग गरेका छन्। सूचीकरण गर्न चाहने कम्पनीहरूले नेपाल सरकारसमक्ष केही कागजात बुझाउनुपर्ने हुन्छ। ती कागजातहरूमा —निवेदन : सरकारलाई सम्बोधन गरी पेश गर्नुपर्ने आधिकारिक आवेदनपत्र। फोकल पर्सन : नेपालमै एक जना सम्पर्क व्यक्ति तोक्नुपर्ने,…
Read More
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको नेपाल पत्रकार महासंघद्वारा विरोध

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको नेपाल पत्रकार महासंघद्वारा विरोध

काठमाडौँ, भदौ १९ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाह र नागरिकको सूचना पाउने हकमा प्रहार भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल रोक्दा नागरिकको सूचना पाउने हक प्रभावित हुन्छ र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हुन्छ, त्यसैले सरकारले यस्तो कदम फिर्ता लिनुपर्छ।” महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएको भन्दै सामाजिक सञ्जाल नियन्त्रणको निर्णय तत्काल हटाउन माग गरेको छ। साथै, नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने प्रयास कुनै…
Read More
नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्रामसहित २६ सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन

नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्रामसहित २६ सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन

काठमाडौं, भदौ १९ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल भित्र प्रयोगमा रहेका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तत्काल निष्क्रिय गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले २०८२ साल भदौ १९ गते (२०८२ को मन्त्रिपरिषद्को निर्णयअनुसार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आदेशमा यो निर्देशन जारी गरेको हो। निर्देशनअनुसार नेपालमा अब फेसबुक, फेसबुक मेसेंजर, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, ट्विटर (X), लिंक्डइन, स्न्यापच्याट, रिडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रमबल, मीवी, भीके (VK), लाइन, आइएमओ (IMO), जालो (Zalo), सोल (Soul) र हाम्रापत्रो जस्ता सामाजिक सञ्जालहरू निष्क्रिय गरिने भएका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.